काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले रिनल्ट ब्राण्डका विभिन्न मोडेलका सवारी साधनमा लगानी गर्ने भएको छ । बैंकले रिनल्ट कम्पनीको सवारी साधनको अधिकृत विक्रेता विशाल ग्रुपअन्तर्गतको एडभान्सड अटोमोबाइल्स प्रा.लिसँग गाडी खरिद मूल्यको ६५ प्रतिशतसम्म लगानी गर्ने सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एडभान्स अटोमोबाइल्सको तर्फबाट प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकले रिनल्ट कम्पनीको गाडी खरिद मूल्यको ६५ प्रतिशतसम्म लगानी गर्ने भएको छ । साथै, बैंकले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने बताएको छ । त्यस्तै, कर्जा लिने ग्राहकहरुले अग्रिम रुपमा कर्जा भुक्तानी गर्नुपर्दा बैंकबाट लिइने कर्जा भुक्तानी शुल्क नलिने व्यवस्था गरेको बैंकले जनाएको छ ।