काठमाडौं । मुक्तिनाथ विकास बैंकले माछापोखरीमा आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र यस विकास बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा सभाध्यक्ष तथा संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले विभिन्न वित्तिय तथा गैरवित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस विकास बैंकको हालसम्म कुल ७८ वटा शाखाहरु औपचारिक रुपमा संचालनमा छन् । काठमाडौं उपत्यकाभित्र महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील र भक्तपुरको कमलविनायकमा शाखाहरु संचालनमा आई सकेका छन् । साथै, जोरपाटी, ठमेल, कोटेश्वर, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।