काठमाडौं । एमभि दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाईल्स प्रालिकाे सव डिलर रोयल मोटर्स प्रालिले रोयल इन्फिल्ड कम्पनीको दुई नयाँ अन्तर्राष्ट्रिय स्तरको शोरुम उद्घाटन गरेको छ । रोयल मोटर्सले धरानमा र इटहरीमा नयाँ शोरुम तथा वर्कसप विस्तार गरेको हो ।

रोयल इन्फिल्डको धरानमा ३००० स्क्वायर एफ्टी र इमर्जिङ् सिटी इटहरीमा १९०० स्क्वायर एफ्टीको शोरुम तथा वर्कसप निर्माण भएको । धरान र इटहरीमा ७ वटा सर्भिस बे, स्पेर पार्टस् सेक्सन रहेका छन् ।
कम्पनीले एक कार्यक्रमबीच धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारी र रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघराज पौडेलले उक्त शोरुमो उद्घाटन गरेका हुन् । उद्घाटन पछि उपमेयरले भनिन्, ‘रोयल इन्फिल्ड बाईक क्लासिक तथा यूनिक फिचर भएका ब्राण्ड हुन् । यसले आन्तरिक पर्यटन प्रवद्र्वन गर्न विशेष भूमिका खेलेको छ साथै सुरक्षित यात्रा र सडक सुरक्षाको सन्देश फैलाएको छ ।’
साथै, यस अवसरमा रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघराज पौडेलले रोयल इन्फिल्ड राईडरहरुलाई उच्च स्तरीय सेवा सुविधा प्रधान गर्ने उद्देश्यका साथ थप सेवा पुर्याउन मद्दत्त पुग्ने बताएका छन् । नेपालमा रोयल इन्फिल्डले विगत ८ वर्षदेखि सेवा दिँदै आइरहेको छ ।