समता माइक्रोफाइनान्सको हकप्रद सेयर असार २७ गते निष्कासन हुदै

<p>&nbsp; काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन १ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ८९ हजार ६०० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन साउन २९ गते बन्द हुने एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । [&hellip;]</p>

 

काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

संस्थाले चुक्तापुँजी बढाउन १ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ८९ हजार ६०० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन साउन २९ गते बन्द हुने एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद सेयर बाँडफाँडपछि संस्थाको चुक्तापुँजी बढेर ५ करोड ६८ लाख रुपैयाँ पुग्ने छ ।

असार ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबार भई कायम रहेको सेयरधनीले मात्र आवेदन दिन पाउने छन् ।

 

Share News