काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष सुशिल गौचनले सपथ लिएका छन् । गौचनले सोमबार(आज) नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठबाट सपथ ग्रहण गरेका हुन् ।

बैंकको दशौँ बार्षिक साधारणसभा पश्चात बसेको संचालकहरुको बैठकले गौचनलाई बैंकको संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
बैंकको दशौँ बार्षिक साधारणसभा गत जेठ २५ गते भएको थियो । उक्त सभाले सुशिल गौचन, पद्मप्रसाद पौडेल, किशोर ओझा, नारायणबहादुर बानिया, कृष्णबहादुर थापा र बासुदेव त्रिपाठीलाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको थियो ।