काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले नयाँ शाखा भकुण्डेबेंसीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले आइतबार एक समारोहका बीच गरेका छन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यस बैंकले नयाँ संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिने बताएका छन् ।
बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।