कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश दिने, स्वीकृतिका लागि राष्ट्र बैंकमा प्रस्ताव

<p>काठमाडौं । कामना सेवा विकास बैंकले लगानीकर्तालाई १२ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ५.५ प्रतिशत अर्थात १३ करोड ४ लाख रुपैयाँ बराबरको नगद लाभांश र ६.५ प्रतिशतले हुन आउने १५ करोड ४१ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको छ । लाभांश स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले लगानीकर्तालाई १२ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ५.५ प्रतिशत अर्थात १३ करोड ४ लाख रुपैयाँ बराबरको नगद लाभांश र ६.५ प्रतिशतले हुन आउने १५ करोड ४१ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

लाभांश स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा प्रस्ताव गरिएको बैंकले जनाएको छ । बैंकको चुत्तापुँजी २ अर्ब ३७ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि न्युनतम चुक्तापुँजी पुग्ने छ ।

Share News