महालक्ष्मी विकास बैंकको थप दुई शाखा गोकुलेश्वर र पाटनमा

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले थप दुई शाखा दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा विस्तार गरेको छ । गोकुलेश्वर शाखाको उद्घाटन शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामी र पाटन शाखाको उद्घाटन सोही नगरपालिकाका नगरप्रमुख केशबबहादुर चंदले गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिनेका साथै, शाखा विस्तारको क्रमलाई [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले थप दुई शाखा दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा विस्तार गरेको छ । गोकुलेश्वर शाखाको उद्घाटन शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामी र पाटन शाखाको उद्घाटन सोही नगरपालिकाका नगरप्रमुख केशबबहादुर चंदले गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिनेका साथै, शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता गरेका छन् ।

हालसम्म बैंकले ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपँैया कर्जा प्रवाह गरेको कम्पनीले बताएको छ ।

Share News