कोरियामा जीमनी ट्रान्सको शाखा, सिटी एक्स्प्रेसको जुनसुकै शाखाबाट रकम भुक्तानी गर्न सकिने

<p>काठमाडौं । जीमनी ट्रान्सले नयाँ शाखा कोरियाको घिमहेमा विस्तार गरेको छ । कम्पनीले जेठ ३१ गते(भोलि)देखि उक्त शाखाबाट सेवा शुरु गर्ने भएको छ । यस अघि कम्पनीले अनसान र डनडागेमुनमा शाखा खोलिसकेको छ । अब नयाँ शाखाबाट सेवाग्राही लाभान्वित हुने कम्पनीको विश्वास छ । हाल कम्पनीले अटो डेबिट मोबाइल एप र अटो सेन्ड कार्डको सेवा [&hellip;]</p>

काठमाडौं । जीमनी ट्रान्सले नयाँ शाखा कोरियाको घिमहेमा विस्तार गरेको छ । कम्पनीले जेठ ३१ गते(भोलि)देखि उक्त शाखाबाट सेवा शुरु गर्ने भएको छ ।

यस अघि कम्पनीले अनसान र डनडागेमुनमा शाखा खोलिसकेको छ । अब नयाँ शाखाबाट सेवाग्राही लाभान्वित हुने कम्पनीको विश्वास छ । हाल कम्पनीले अटो डेबिट मोबाइल एप र अटो सेन्ड कार्डको सेवा दिँदै आएको छ ।

जीमनी ट्रान्स कोरियाबाट पठाएको पैसा नेपालमा सिटी एक्स्प्रेसका ५५०० भन्दा केन्द्रबाट रकम भुक्तानी गर्न सकिने छ । नेपालका सम्पूर्ण बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि तुरुन्तै पैसा जम्मा गर्न सकिने कम्पनीले बताएको छ ।

उक्त कम्पनीको मोबाइल एपबाट पनि दर्ता गर्न सकिने छ । साथै, अटो डेबिटको सुबिधा भएको हुनाले पैसा पठाउन एटिएम जानु नपर्ने र अतिरिक्त शुल्क पनि नलाग्ने कम्पनीले जनाएको छ ।

Share News