काठमाडौं । स्मार्ट डोकोले गर्मी मौसमको अवसर पारेर ‘समर डोको डिल्स’ नामक नयाँ अभियान सञ्चालन गरेको छ । उक्त अभियानमा कम्पनीले आफ्ना तोकिएका उत्पादनहरुमा ८२ प्रतिशतसम्मको छुट दिने भएको छ ।
यो अभियान जेठ २९ गतेदेखि असार २२ गतेसम्म लागु हुनेछ ।
कम्पनीले रिंग रोड भित्र आफ्ना सामानहरु निःसुल्क डेलिभरी गर्दछ । दिउसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।
स्मार्ट डोकोका १८ विभिन्न उत्पादन र उपउत्पादनहरु छन् । कम्पनीले हाल इलेक्ट्रनिकस्, वर्ल्डकप जर्सी, सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण, बच्चाको सामाग्री र अरु थुप्रै सामानहरुको उत्पादन गर्दै आएको छ ।