काठमाडौं । सुबिसु केवलनेट प्रालिले विश्वकप २०१८ लाई लक्षित गरेर क्लियर टिभी सेवामा ‘क्लियर टिभी वर्ल्ड कप किक अफ’ अफर प्रस्तुत गरेको छ ।

यही शुक्रबारदेखि शुरु हुन गइरहेको विश्वकपकाे अवसरमा कम्पनीले ग्राहकहरुलाई मात्र २०१८ रुपैयाँको प्याकेज खरिदमा एचडी सेट-टप बक्स, जडान सेवा तथा २ महिनाको क्लियर टिभी प्रिमियम प्याकेज निशुल्क प्रदान गर्ने छ ।
कम्पनीले आफ्ना ग्राहकले हाई डेफिनेशन पिक्चर क्वालिटीमा विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्देश्यका साथ यस्तो योजना प्रस्तुत गरेको हो । योजनामा सर्त तथा नियमहरु लागू हुने कम्पनीले जनाएको छ ।