सत्यवती लघुवित्तको नयाँ शाखा मानपकडीमा, १५ वटा खोल्ने तयारी

<p>काठमाडौं । सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो ४औं शाखा शुद्धोधन गाउपालिका वडा नं. ५ मानपकडीमा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन शुद्धोधन गाँउपालिकाका अध्यक्ष किशुनचन्द चौधरी र सत्यवती लघुवित्त वित्तीय संस्थाका संचालक माधवप्रसाद आचार्यले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा गाँउपालिकाका अध्यक्षले विना धितो सहज सरल तरिकाले न्युन व्याजदरमा घरदैलो सेवा दिँदै [&hellip;]</p>

काठमाडौं । सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो ४औं शाखा शुद्धोधन गाउपालिका वडा नं. ५ मानपकडीमा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन शुद्धोधन गाँउपालिकाका अध्यक्ष किशुनचन्द चौधरी र सत्यवती लघुवित्त वित्तीय संस्थाका संचालक माधवप्रसाद आचार्यले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्षले विना धितो सहज सरल तरिकाले न्युन व्याजदरमा घरदैलो सेवा दिँदै महिलाहरुको आर्थिक, सामाजिक, शौक्षिक स्तरमा उकास्ने पवित्र उदेश्यले स्थापना भएको लघुवित्तलाई सँधै साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बावुलाल नेपालले लघुकर्जालाई उत्पादनशील क्षेत्रमा उपयोग गर्न सके बेरोजगारी न्युनीकरण भई मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताएका छन् ।

यही वर्ष वैशाख २ गतेबाट कारोबार शुरु गरेको यस वित्तीय संस्थाले हालसम्म ३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । साथै, संस्थाले आगामी बर्ष भित्रमा ७ वटा जिल्लामा १५ वटा शाखा मार्फत सेवा विस्तार गर्ने लक्ष्य लिएको नेपालले जनाएका छन् ।

Share News