काठमाडौं । सनराइज बैंक लिमिटेडले रौतहटको चन्द्रनिगाहपुरमा आफ्नो ८५ औं शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक विरगंजका निर्देशक रविन्द्र महर्जन, बैंकका संचालक ई.बच्छराज तातेड र ज्योतिकुमार बेगानीले एक कार्यक्रमका बिच संयुक्त रुपमा गरेका हुन् ।
यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देथ्य लिएको छ ।