काठमाडौं । कलाइस्डकोप अखिल नेपाल आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिता २०१७-२०१८को विजेताहरु घोषणा भएका छन् । नेपालका सम्पूर्ण आर्किटेक्चरल कलेजका २०६९ ब्याचका ३० जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

२०७४ साल पुस ८ गतेबाट शुरु भएको उक्त प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस, काठमाण्डु इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज र कान्तिपुर इन्टरनेशनल कलेजका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रतियोगीहरुलाई प्रोजेक्ट अन्तर्गत युनिभर्सिटि स्टुडेन्ट सेन्टर, त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको डिजाइन गर्ने जिम्मेवारी दिइएको थियो । उक्त प्रतियोगिता एशियन पेन्ट्सले आयोजना गरेको थियो ।
सहभागी ३० विद्यार्थी मध्ये १५ जनालाई अघिल्लो चरणका लागि छनौट गरिएको थियो र ती १५ जना विद्यार्थीहरुले निर्णायक मण्डल समक्ष आफ्नो परिकल्पना र धारणाहरु प्रस्तुत गरेका थिए । निर्णायक मण्डलमा आर्क समाजमा प्रसिद्ध व्यक्तित्वहरु आर्किटेक्ट सुमन मेहेर श्रेष्ठ, आर्किटेक्ट सुमननन्द बैद्य, आर्किटेक्ट अन्जन राज श्रेष्ठ, आर्किटेक्ट ईला श्रेष्ठ, आर्किटेक्टपोसन थापा रहेका थिए ।
उक्त प्रतियोगिताका विजेताहरु यस प्रकार रहेका छन् :
प्रथम पुरस्कार विजेता: काठमाडौँ इन्जिनियरिङ कलेजका निकेश महर्जन
द्वितीय पुरस्कार विजेता: आइओइ पुल्चोक क्याम्पसका अनिल वाइबा
तृतीय पुरस्कार विजेता: आइओइ पुल्चोक क्याम्पसका गोपीनाथ अधिकारी
सान्त्वना पुरस्कार विजेता: नेपाल इन्जिनियरिङ कलेजका एलिजा श्रेष्ठ
सान्त्वना पुरस्कार विजेता:काठमाडौँ इन्जिनियरिङ कलेजका सान्त्वना मालाकार