
काठमाडौं । नेपाल राष्ट्र बैंकले खुलाबजार कारोबारका विभिन्न उपकरणमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ ।
निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको १४ दिने निक्षेप संकलन बोलकबोलमार्पmत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पmत् ८४ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १ अर्ब १० करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत ६९ अर्ब ७२ करोड र सोझै खरिद बोलकबोलमार्फत् ३७ अर्ब ६२ करोड गरी कुल १ खर्ब ७ अर्ब ३४ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६१ अर्ब रुपैयाँ तरलता प्रवाह भएको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ३३ करोड रुपैयाँ स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ६२ अर्ब ३९ करोड रुपैयाँको उपयोग गरेका थिए ।
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार वाणिज्य बैंकबाट ३ अर्ब ५० करोड डलर खरिद गरी ३ खर्ब ६२ अर्ब २१ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ ।