१० महिनामा राष्ट्र बैंकले डलर बेचेर ४२७ अर्ब भारु किन्याे

<p>काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा भारतीय रुपैयाँ भारु खरिद बढेको छ ।  नेपाल राष्ट्र बैंकले ४ खर्ब २७ अर्ब ४० करोड भारु खरिद गरेको छ । राष्ट्र बैंकले भारतीय रिजर्व बैंकलाई अमेरिकी डलर, युरो र पाउण्डस्र्टलिङ बिक्री गरेर सो भारु खरिद गरेको हो । समीक्षा अवधिमा अमेरिकी डलर ४ अर्ब , यूरो ४ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा भारतीय रुपैयाँ भारु खरिद बढेको छ ।  नेपाल राष्ट्र बैंकले ४ खर्ब २७ अर्ब ४० करोड भारु खरिद गरेको छ । राष्ट्र बैंकले भारतीय रिजर्व बैंकलाई अमेरिकी डलर, युरो र पाउण्डस्र्टलिङ बिक्री गरेर सो भारु खरिद गरेको हो ।

समीक्षा अवधिमा अमेरिकी डलर ४ अर्ब , यूरो ४ करोड र ६ कराेड पाउण्ड  खरिद गरेकाे हाे । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ३८ करोड र यूरो ११ करोड बिक्री गरी ३ खर्ब ७४ अर्ब ३८ करोड बराबरको भारु खरिद भएको थियो ।

भारतसंग वस्तु तथा सेवा खरिद गर्दा भारुमा भुक्तानी हुने भएपछि केन्द्रीय बैंकले आफुसंग भएको डलर, युरो र पाण्डस्र्टलिङ बिक्री गरी भारु खरिद गर्दै आएको छ । भारतसंग व्यापार घाटा बढदै गएपछि भारु खरिद बढेको हो ।

Share News