सिप्रदीको दुबई र अजरबैजनको भ्रमण सम्पन्न

<p>काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि अन्तर्गत एक्साइड ब्याट्रीले हालै आफ्ना डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक सुरेशकुमार तिवारीले आफ्ना डिलरको मानसिक र वौद्धिक विकासका साथै मनोरन्जनका लागि यस कार्यक्रमको आयोजना गरिएको बताएका छन् । उक्त भ्रमणमा कम्पनीले डिलर मिटको आयोजना गरी चण्डेश्वरी इलेक्ट्रिस एण्ड इलेक्ट्रोनिक्स सप्लायर्सलाई सर्वाधिक बिक्री गर्ने [&hellip;]</p>

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि अन्तर्गत एक्साइड ब्याट्रीले हालै आफ्ना डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक सुरेशकुमार तिवारीले आफ्ना डिलरको मानसिक र वौद्धिक विकासका साथै मनोरन्जनका लागि यस कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।


उक्त भ्रमणमा कम्पनीले डिलर मिटको आयोजना गरी चण्डेश्वरी इलेक्ट्रिस एण्ड इलेक्ट्रोनिक्स सप्लायर्सलाई सर्वाधिक बिक्री गर्ने बिधामा प्रथम, स्वस्तिक अटो इलेक्ट्रिक्स् कन्सर्नलाई द्धितीय र न्यु अटो इलेक्ट्रिक्स् सेन्टरलाई तृतीय उपाधिले सम्मानित गरेको छ ।

यस्ता कार्यक्रमले डिलरहरुमा थप उर्जा दिने काम गरेकाले अब आउने दिनहरुमा युरोप जस्ता विकसित देशको भ्रमण गराउने योजना कम्पनीको रहेको छ ।

Share News