माथिल्लो दरौंदी १ जलविद्युतमा लगानी जुट्यो, जनता बैंकको अगुवाइमा १ अर्ब ऋण लगानी हुँदै

<p>काठमाडौं । कालिका ग्रुप अन्तर्गत डायमण्ड हाईड्रो पावर प्रा.लिले प्रवर्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौंदी १ जलविद्युत आयोजनामा लगानी जुटेको छ । जनता बैंक नेपालको अगुवाईमा कुमारी बैंक र सेञ्चुरी कमर्सियल बैंकले १ अर्ब ३४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे रकन्सोर्टियम बैंकका तर्फबाट [&hellip;]</p>

काठमाडौं । कालिका ग्रुप अन्तर्गत डायमण्ड हाईड्रो पावर प्रा.लिले प्रवर्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौंदी १ जलविद्युत आयोजनामा लगानी जुटेको छ । जनता बैंक नेपालको अगुवाईमा कुमारी बैंक र सेञ्चुरी कमर्सियल बैंकले १ अर्ब ३४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे रकन्सोर्टियम बैंकका तर्फबाट जनता बैंकका काठमाडौं क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेका छन् ।

आयोजनाको निर्माण लागत १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । जसमा कुल लागतको ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्नेछन् ।

माथिल्लो दरौँदी १ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुनेछ । कालिका गु्रपबाट प्रवर्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौंदी एकोटेलरेसको पानी र दरौंदी खोलामा २० मिटरको बाँध बाँधी १४।९६ क्युसेक पानी करिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेनस्टक पाइपको माध्यमद्धारा विद्युत गृहमा जडित फ्रान्सिस् टरवाइन ९२वटा०को माध्यमले विद्युत उत्पादन गरेपछि सम्पूर्ण पानीपुनः दरौंदी खोलामा छोडिने कम्पनीले जनाएको छ ।

परियोजना प्रतिवेदन अनुसार आयोजनाबाट वार्षिक ५१,८३२,८८८ युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्रि सम्झौताअनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिनेछ ।

Share News