काठमाडौं । एलजीले आफ्नो स्मार्ट टिभीको लागि नेट टिभी एप्स प्रस्तुत गरेको छ । जसबाट ग्राहकहरुले बिना सेटअप बक्स र बिनातार १२० भन्दा बढी च्यानेलहरु प्रत्यक्ष हेर्न सक्नेछन् ।
यो एप एनआईटिभी स्ट्रिमज् प्रालिले एलजीसंगको सहकार्य विकास गरेको हो । अहिलेसम्म नेट टिभी एप मोबाईल फोनमा मात्र उपलब्ध हुँदै आएकोमा अब ग्राहकहरुले यसको मज्जा टिभीमा पनि लिन सक्ने छन् ।
यसको लागि एलजीको कन्टेन्ट स्टोर माग गएर एप डाउनलोड गर्नुपर्नेछ । यो एप्स इन्स्टल गरेपछि सम्पूर्ण च्यानेलहरु एसडी र एच डी क्वालिटीमा हेर्न सकिन्छ । ग्राहकहरुले यस एप्सको सुरुवाती अफरको रुपमा निःशुल्क रुपमा सबै च्यानेलहरु हेर्न सक्नेछन् ।
साथै एलजी स्मार्ट टिभीका ग्राहकहरुले अब चाँडै नै नयाँ रिलिज भएको चलचित्र भिडीयो अन डिमाण्डको न्यूतम मूल्यमा मज्जा लिन सक्नेछन् । यो फिचर विकास गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।
नेपालका लागि एलजी ब्राण्डको आधिकारिक विक्रेता सिजी इलोक्ट्रोनिक्सले यस एप्सको माध्यमबाट ग्राहकहरुलाई आर्थिक फाइदाको साथ साथै तार र सेटअप बक्सको झनझटबाट मुक्ति पाइने बताएको छ ।