हाम्रो विकास बैंक १० वर्षमा, डेढ अर्ब निक्षेप परिचालन

<p>नुवाकोट । हाम्रो विकास बैंक बुधबारदेखि १० औं वर्षमा प्रवेश गरेको छ । विसं २०६६ सालमा २ करोड रुपैयाँ पुँजीबाट सञ्चालनमा आएको बैंकले एक दशकको अवधिमा १ अर्ब ५० करोड रुर्पैयाँ निक्षेप संकलन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसराज कँडेलले जानकारी दिए। उनका अनुसार यो अवधिमा बैंकले १ अर्ब ४९ करोड रुपैयाँ [&hellip;]</p>

नुवाकोट । हाम्रो विकास बैंक बुधबारदेखि १० औं वर्षमा प्रवेश गरेको छ । विसं २०६६ सालमा २ करोड रुपैयाँ पुँजीबाट सञ्चालनमा आएको बैंकले एक दशकको अवधिमा १ अर्ब ५० करोड रुर्पैयाँ निक्षेप संकलन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसराज कँडेलले जानकारी दिए।

उनका अनुसार यो अवधिमा बैंकले १ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ करोड ८७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।बैंक सञ्चालनको नौ वर्षमा जिल्लाको बट्टारमा मुख्य कार्यालयसहित त्रिशूली, छहरे, रातमाटे, सामरी, रानीपौवा, समुन्द्रटार र देउरालीमा शाखा कार्यालय स्थापना गरी सेवा दिँदै आएको छ ।

नुवाकोटमा मात्र कार्यक्षेत्र रहेको बैंकले अबको चार महिनाभित्र थप चार जिल्ला धादिङ, चितवन, तनहुँ र कास्कीमा आफ्नो सेवा विस्तार गर्न लागेको सीइओ कँडेलले बताए ।

गत आव विसं २०७३/०७४ मा मुनाफाबाट बैंकले सरकारलाइ १ करोड ८२ लाख आयकरबापत भुक्तान गरेको थियो । विसं २०७२/०७३ मा जिल्लाबाट बढी कर भुक्तान गर्ने करदाताका रुपमा सरकारले उक्त बैंकलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको थियो ।

बैंकले आधुनिक बैंकिङको क्रममा मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ । आगामी दिनमा एटीएमलगायतका सेवा शुरु गर्न लागेको बैंकका अध्यक्ष हरिप्रसादले जानकारी दिए। रासस

Share News