काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले २४औँ वार्षिकोत्सवको उपलक्ष्यमा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उदेश्यले उक्त कार्ड संचालनमा ल्याएको हो ।

जेठ २३ गते(आजै)बाट लागू हुने गरी बैंकले भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको हो । बैंकको भिसा क्रेडिट कार्ड स्वदेश तथा विदेशमा संचालन गर्न सकिने छ ।
यसअघि बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राखी स्वदेश तथा विदेशमा संचालन गर्न सकिने भिसा डेबिट कार्ड पनि ल्याइसकेको छ । अन्तर्राष्ट्रिय ब्राण्डको भिसा कार्डमा आबद्ध भएपछि बैंकको कार्ड सञ्जाल अझ बढी विस्तार हुने बैंकको विश्वास छ ।
बैंकले ७० शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।