काठमाडौं । प्रभु बैंकले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ईलाम जिल्लाको सन्दकपुर र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

बैंकले संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा खोलेको हो ।
सन्दकपुर शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले गरेका हुन् । त्यस्तै, मुखियापट्टी मुसहरिमिया शाखा कार्यालयको उद्घाट मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले गरेका हुन् ।
यी दुई शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने बैंकले बताएको छ । त्यस्तै, दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।