दुईदिने इको प्यानल जडान तालिम शुरु, आठदस कोठे भबन बनाउन लगाइने

<p>काठमाडौं । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको आयोजनामा दुईदिने इको प्यानल जडान तालिम सोमबारदेखि भक्तपुरमा शुरु भएको छ । इटाको विकल्पमा कारखानामा पहिला नै तयार पारिएको प्रिफ्याब प्यानल जडान गर्ने प्रविधिबारे जानकारी दिन तालिम दिइएको हो । तालिममा काठमाडौं, भक्तपुर, बुटवल, पोखरालगायतका विभिन्न ठाउँंहरुबाट २४ जना प्रशिक्षार्थी सहभागी रहेका कम्पनीले जनाएको छ । इन्जिनियर, डकर्मी, [&hellip;]</p>

काठमाडौं । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको आयोजनामा दुईदिने इको प्यानल जडान तालिम सोमबारदेखि भक्तपुरमा शुरु भएको छ । इटाको विकल्पमा कारखानामा पहिला नै तयार पारिएको प्रिफ्याब प्यानल जडान गर्ने प्रविधिबारे जानकारी दिन तालिम दिइएको हो ।

तालिममा काठमाडौं, भक्तपुर, बुटवल, पोखरालगायतका विभिन्न ठाउँंहरुबाट २४ जना प्रशिक्षार्थी सहभागी रहेका कम्पनीले जनाएको छ । इन्जिनियर, डकर्मी, फलामको काम गर्ने, आल्मुनियममा काम गर्ने युवाहरु तालिममा सहभागी थिए ।

प्रालिका प्राविधिक सिनियर ओभरसियर एवं प्रशिक्षक निरज ह्याेंगजूले तालिमपश्चात रोजगारीको ग्यारेन्टी भएकोले प्रशिक्षार्थीहरु उत्साहित रहेको बताए । तालिममा प्यानल जडान गर्ने तरिका, प्यानलको प्रोडक्ट, प्रिकाष्ट आदिबारे सैद्धान्तिक ज्ञान दिइएको थियो ।

साथै तालिमको अन्तिम दिन मंगलबार अभ्यास गराइने जनाइएको छ । गोर्खा इको प्यानलको मध्यपुर थिमिको राधेराधेको कार्यालय निर्माणमा प्रशिक्षार्थीलाई अभ्यास गराइने जनाइएको छ । त्यहा उनीहरुलाई विहान १० बजेदेखि ६ बजेसम्म आठदस कोठे दुईतल्ले भबन बनाउन लगाइने कम्पनीले जनाएको छ । इको प्यानल जडानमा काम गर्नेहरुले प्रतिव्यक्ति प्रतिमहिना ३० हजार भन्दा बढी आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।

Share News