एक वर्षमै सवा लाख भारतीयले बैंकको जागिर पाए

एजेन्सी । भारतीय बैंकहरूले रोजगारी प्रदान गर्न उल्लेखनीय प्रगति हासिल गरेका छन् । बैंकहरूले रोजगारी प्रदान गर्ने गति पछिल्लो दशकमा सबैभन्दा तीव्र भएको हो । सन् २०१२ पछि २०२३ मा बैंकिङ क्षेत्रमा सबैभन्दा बढी मानिसले रोजगारी पाएको तथ्यांक सार्वजनिक भएको छ । आगामी वर्ष २०२४ मा पनि यो क्रम जारी रहने बैंकिङ क्षेत्रका शीर्ष अधिकारीहरूले अनुमान गरेका छन् । इकोनोमिक टाइम्समा प्रकाशित समाचारअनुसार नयाँ नियुक्तिको प्रतिस्पर्धा गत वर्षको कीर्तिमानभन्दा बढी हुन सक्छ । यतिमात्र होइन, यो संख्या अहिलेसम्मकै उच्च स्तरमा पुग्न सक्छ । रिजर्भ बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष सार्वजनिक र निजी क्षेत्रका बैंकले मिलेर १ लाख २३ हजार कर्मचारीलाई रोजगारी दिएका छन् । यो संख्या पछिल्लो १० वर्षमा सबैभन्दा बढी हो । यस अवधिमा निजी बैंकहरूले द्रुत नियुक्तिहरू गरेका छन्। भर्ती विशेषगरी ग्राहक इन्टरफेस र प्रविधि प्रकार्यहरूमा गरिएको थियो । निजी बैंकहरूको उद्देश्य टायर ३ र ग्रामीण क्षेत्रमा आफ्नो शाखा सञ्जाल द्रुतरूपमा विस्तार गर्नु हो । २०१२ मा १ लाख २४ हजार रोजगारी सन् २०२२ को तुलनामा २०२३ मा कर्मचारी संख्या ६१ प्रतिशतले बढेको छ । यसको असर वार्षिक आधारमा ७.४ प्रतिशतले बढेर कुल कर्मचारी संख्या १७ लाख ६० लाख हजार पुगेको छ । बैंकिङ क्षेत्रले २०११ मा १ लाख २५ हजार नयाँ कामदारका साथमा अहिलेसम्मकै उच्च वार्षिक रोजगार वृद्धि देखेको थियो । त्यसपछि २०१२ मा १ लाख २४ हजारलाई बैंकले रोजगारी दिएको थियो । हरेक दिन ३ सय ५० नयाँ कर्मचारी थप इटीको रिपोर्टअनुसार निजी क्षेत्रको दिग्गज एचडीएफसी बैंक, आईसीआईसीआई बैंक, एक्सिस बैंक, कोटक महिन्द्रा बैंक, इन्ड्सइन्ड बैंक, आईडीएफसी फर्स्ट बैंक, बन्धन बैंक र एयू बैंकसहित १५ निजी बैंकहरूले २०२३ को हरेक दिन लगभग ३ सय ५० नयाँ कर्मचारी भर्ती गरेका छन् । यसमा बदली नियुक्तिको तथ्यांक पनि जोड्ने हो भने हरेक दिन ६ सय कामदारको संख्या पुग्छ । यसका आधारमा आगामी वर्ष कर्मचारी संख्याले २०११ को कीर्तिमानी आँकडा पार गर्न सक्ने छ । बैंकहरूले ग्रामीण विकासको फाइदा लिँदै एचडीएफसी बैंकका प्रमुख अर्थशास्त्री अभिक बरुआले खुद्रा कर्जा, आवासको माग र अर्थतन्त्रमा उछालका कारण बैंकहरूमा कर्मचारीहरूको माग बढेको बताउँछन् । एक्सिस बैंकका एचआर हेड राजकमल वेम्पती प्रत्येक बैंकले ग्रामीण क्षेत्रको वृद्धिको फाइदा लिन चाहने बताउँछन् । बैंकहरू तीव्ररूपमा अर्धससहरी र ग्रामीण क्षेत्रमा पुगेका छन् । बैंकमा जागिरको बढ्दो अवसरबीच बैंकहरूले पुराना कर्मचारीलाई कायम राख्न पनि समस्या भोगिरहेका छन् । बैंकहरूमा रोजगारी बढ्नुका कारण खुद्रा कर्जाको तीव्र वृद्धि, आवासको माग र अर्थतन्त्रको वृद्धिले पनि बैंकहरूमा जनशक्तिको ठूलो माग सिर्जना गरिरहेको छ । २०२२ को तुलनामा २०२३ मा कर्मचारी संख्या ६१ प्रतिशतले बढेको छ । यो संख्या चालू आवमा १ लाख २३ हजारबाट बढ्ने अनुमान छ । २०२३ अघि २०११ मा १ लाख २५ हजार र २०१२ मा १ लाख २४ हजार कर्मचारी नियुक्त भएका थिए ।

भारतका सर्वाधिक धनाढ्य अम्बानीले किन भारतीय अर्थतन्त्र ४ सय खर्ब डलर पुग्ने आशा राखे ?

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अर्थतन्त्रलाई ५० खर्ब अमेरिकी डलरबराबर पुर्‍याउने लक्ष्य राखेका छन् । तर, देशको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा भारतकै सर्वाधिक धनी मुकेश अम्बानीले कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिको गतिलाई ध्यानमा राख्दै यस दशकको अन्त्यसम्ममा भारतको ऊर्जा आवश्यकता दोब्बर हुनुपर्ने बताएका छन् । संसारका धनाढ्यमध्ये पर्ने अम्बानीले सन् २०४७ सम्ममा भारतको अर्थतन्त्रको आकार ४ सय खर्ब डलरबराबर पुग्ने दाबी गरेका छन् । अहिले भारतको अर्थतन्त्रको आकार ३५ खर्ब डलरबराबर छ । अम्बानीले भारत विश्वको तेस्रो ठूलो ऊर्जा उपभोक्ता भएको र यस दशकको अन्त्यसम्ममा भारतमा ऊर्जाको माग दोब्बर हुने गरी जीडीपी वृद्धिलाई समर्थन गर्ने बताएका छन् । ‘भारतको जीडीपी वृद्धिलाई समर्थन गर्न भारतमा ऊर्जाको ठूलो आवश्यकता छ । मानिसले स्वच्छ र हरित ऊर्जा प्रयोग गरेर प्रगति गर्नुपर्छ र प्रकृतिलाई संरक्षण गर्नुपर्छ,’ भारतको अर्थतन्त्रको वृद्धिबारे गुजरातको गान्धीनगरमा रहेको पण्डित दीनदयाल ऊर्जा विश्वविद्यालयमा अम्बानीले भने, ‘यो दशकको अन्त्यसम्ममा भारतको ऊर्जा आवश्यकता दोब्बर हुनुपर्दछ ।’ अम्बानीले आगामी २५ वर्षमा भारतले आर्थिक वृद्धिको हिसाबले ठूलो वृद्धि रेकर्ड गर्न सक्ने र यसका लागि भारतले स्वच्छ, हरित र दिगो ऊर्जा लागू गर्नुपर्ने बताएका छन् । भारतमा बलियो ऊर्जा पूर्वाधार निर्माण गर्न आवश्यक रहेको र यसले आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न सक्ने अम्बानीले बताए । यससँगै अम्बानीले देशका हरेक व्यक्ति र हरेक आर्थिक गतिविधिलाई कसरी सस्तो ऊर्जा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा काम गर्नुपर्ने पनि बताएका छन् । यसका साथसाथै अम्बानीले भारतमा जीवाश्म इन्धनबाट स्वच्छ र हरित ऊर्जामा तत्काल रूपान्तरण गर्नुपर्ने बताएका हुन् ।

भारतका आठ ठूला सहरमा आवासीय घर बिक्री २२ प्रतिशत बढ्यो

नयाँदिल्ली । उत्कृष्ट उपभोक्ता मागका आधारमा भारतका आठ ठूला सहरमा आवास बिक्री वार्षिकरूपमा २२ प्रतिशतले बढेको छ भने जुलाई–सेप्टेम्बरमा नयाँ परियोजनाहरू सुरु गर्ने दर १७ प्रतिशतले बढेको छ । रियल इस्टेट डिजिटल प्लेटफर्म प्रपटाइगर डटकमले यो जानकारी दिएको हो । आरईए भारतको स्वामित्वमा रहेको हाउसिङ ब्रोकरेज प्लेटफर्म प्रपटाइगरले आफ्नो रियल इनसाइट आवासीय जुलाई–सेप्टेम्बर २०२३ रिपोर्ट जारी गरेको छ । आरईए भारतसँग हाउजिङ डटकम र मकान डटकमको पनि स्वामित्व छ । रिपोर्टअनुसार आठ प्रमुख सहर दिल्ली–एनसीआर (राष्ट्रिय राजधानी क्षेत्र), मुम्बई महानगर क्षेत्र (एमएमआर), चेन्नई, कोलकाता, बेंगलुरु, हैदरावाद, पुणे र अहमदाबादमा आवासीय एकाइहरूको बिक्री तेस्रो त्रैमासिकमा बढेर १ लाख १ हजार २ सय २० युनिट पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा ८३ हजार २ सय २० युनिट थियो । चेन्नईबाहेक सबै सहरमा बिक्री वृद्धि रेकर्ड गरिएको छ । मुम्बई मेट्रोपोलिटन क्षेत्र ९एमएमआर० र पुणेको कुल बिक्रीमा निकै कम हिस्सा थियो । समीक्षा अवधिमा नयाँ आयोजना जारी गर्ने दर १७ प्रतिशतले बढेको छ । यस अवधिमा १ लाख २३ हजार ८० युनिट सञ्चालनमा आएका थिए भने अघिल्लो वर्षको सोही अवधिमा १ ला ४ हजार ८ सय २० युनिट बिक्री भएका थिए । आरईए इन्डियाका मुख्य वित्त अधिकारी एवं प्रपटाइगर डटकमका प्रमुख विकास वाधवानले भने, ‘शीर्ष आठ सहरको आवासीय बजार निरन्तर बुलिशमा छ। सकारात्मक उपभोक्ता भावनाले बलियो माग बढेको छ ।’ उनले बढेको खर्च गर्न सक्ने आम्दानी, स्थिर ब्याजदर र लगानीकर्ताको मागजस्ता कारण बिक्री बढेको बताए । जुलाई–सेप्टेम्बर २०२३ को तथ्यांकअनुसार हैदरावादमा बिक्री ३४ प्रतिशतले बढेर १० हजार ५ सय ७० एकाइबाट १४ हजार १ सय ९० एकाइ पुगेको छ । अहमदाबादमा घरको बिक्री गत वर्षको सोही अवधिमा ७ हजार ८ सय ८० इकाइको तुलनामा वार्षिकरूपमा ३१ प्रतिशतले बढेर १० हजार ३ सय युनिट पुगेको छ। बेंगलुरुमा बिक्री ७ हजार ८ सय ९० एकाइबाट बढेर १२ हजार ५ सय ९० एकाइमा अधिकतम ६० प्रतिशत वृद्धि भएको छ । दिल्ली (एनसीआर) मा बिक्री ५ हजार ४ सय ३० युनिटबाट ४४ प्रतिशतले बढेर ७ हजार ८ सय इकाइ पुगेको छ । कोलकातामा २ हजार ५ सय ३० युनिटबाट ३ हजार ६ सय १० युनिट बिक्रीमा ४३ प्रतिशत वृद्धि भएको छ । मुम्बईमा बिक्रीमा पाँच प्रतिशतमात्रै वृद्धि भएको थियो। वार्षिक आधारमा बिक्री २८ हजार ८ सय एकाइबाट ३० हजार ३ज सय एकाइमा बढेको छ। पुणेमा बिक्री १५ हजार ७ सय युनिटबाट १८ प्रतिशतले बढेर १८ हजार ५ सय ६० युनिट पुगेको छ । एजेन्सी