बर्जर पेन्ट्सको ‘बर्जर रङ्ग म्याजिकल अफर’ शुरु, विजेतालाई रेनल्ट क्वीड कार

काठमाडौं । बर्जर पेन्ट्सले एक नयाँ सिजनल उपहार योजना “बर्जर रङ्ग म्याजिकल अफर” शुरु गरेको छ । पेन्ट्सले प्रत्येक वर्ष झैं यस वर्ष पनि ग्राहकको घरलाई यो सिजनमा नगद पुरस्कारहरुले भरिपूर्ण बनाउन उक्त योजना शुरु गरेको हो । यस अभियानको लागि चर्चित नायक अनु्प विक्रमशाही र नायिका स्वस्तिमा खड्का सद्भावनादूत रहेका छन् । यस उपहार योजनामा बम्पर उपहारका एकजना भाग्यशाली विजेताले रेनल्ट क्वीड कार पुरस्कार प्राप्त गर्नेछन् । १०० भन्दा बढी विजेताहरुले नगद २५ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । विज्ञहरुको एक निर्णायक मण्डल र सेलिब्रेटीको सम्हले चयन गरेका ५ भिन्न क्षेत्रकाउत्कृष्ट १० वटा रङ्गाइएका घरका घरधनीहरुले नगद १ लाख रुपैयाँसम्म र सानाशहरका २० वटा घरका घरधनीहरुले नगद २० हजार रुपैयाँसम्मनगद पुरस्कार जित्न सक्नेछन् । यसैगरी एक्सपि उत्पादनहरु र सेवा खरीद गर्दा ग्राहकले १०० वर्गफिट सिल्कइलुसन डिजाइनर फिनिसका साथै थप पक्का रिवार्ड प्राप्त गर्नेछन् । अन्य प्रमो ब्राण्डका ग्राहकहरुले पक्का रिवाड वापत् १०० वर्गफिट सिल्कइलुसन डिजाइनको अवसर पाउँनेछन् । यस उपहार योजनामा सहभागी बन्न ग्राहकले आफ्नो घरको रङ्ग रोगनकार्य शुरु गर्नु अघि टोल फ्रि नं. १६६०–०१–२३४३४(एनटिसी) वा ९८०१५७१००१ (एनसेल) माफोन गरेर अथवा?बर्जरश्र टाइप गरी ३३३७७माएसएमएस पठाएर आफूलाई दर्ता गराउनु पर्नेछ । एकपटक दर्ता कार्य पूरा भएपछि हरेक घरको लागि छुट्टाछुट्ट्ै एक विशेष दर्ता कोड फोन सम्पर्कको समयमावा स्वचालितएसएमएस प्रणाली मार्फत् उपलब्ध गराइनेछ ।   साथै जुरीज च्वाइस र पब्लिक च्वाइस (बर्जर फेसबुक पेजमाअपलोड भएका घरहरु मध्ये सबैभन्दा बढी लाइक्स पाउने घर) ले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत दर्ता गर्ने अवधि यही भदौ १५ गतेदेखि मंसिर १५ सम्म कायम गरिएको छ । साथै, घर रङ्गाउने कार्य यही पुष १५ गतेसम्ममा पूरा गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।

गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोप निर्यात, ८० प्रकारका औषधि उत्पादन

गोरखा । सदरमुकामको हरमटारीमा सञ्चालित गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोपका बिभिन्न देशमा निर्यात हुने गरेका छन् । कम्पनीले आयुर्वेदिक औषधि र चियालगायत सामग्री उत्पादनलाई विशेष प्राथमिकता दिँदै आएको छ । जंगलमा खेर गएका विभिन्न जडीबुटी (कच्चापदार्थ) प्रयोग गरी विभिन्न रोग विरुद्धका ८० प्रकारका औषधि उत्पादन हुँदै आएको कम्पनीका गोरखास्थित इञ्चार्ज अर्जुन अर्यालले जानकारी दिए। अधिकांश औषधि, चिया युरोपका विभिन्न देशमा निर्यात हुन्छ । तुलसी चिया, गुडुची चिया, हर्बल चियालगायत चिया युरोपमा निर्यात हुने गरेको अर्यालले बताए । यहाँका वनजंगलमा पाइने जडीबुटीले उद्योग सञ्चालन भइरहेको छ । धादिङ, तनहुँ, लम्जुङ, चितवनलगायत जिल्लाबाट समेत कच्चापदार्थ ल्याइने गरिन्छ । जटामसी, कुड्की, चिराइतो, हर्रो, बर्रो, अमला, गुर्जो, घोरताप्रे, तेजपात, रुद्राक्ष, सिमली, असुरो, सर्पगन्धालगायत कच्चापदार्थ कम्पनीले खरिद गरी विभिन्न औषधि बनाउने गर्छ । सामुदायिक वन समूहको समन्वयमा जडीबुटी कम्पनीसम्म आइपुग्छ । निमपत्ता, टाँकीका पात र बोक्रा पनि औषधि बनाउन प्रयोग गरिन्छ । मरिच, सुकमेललगायत कच्चापदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ । जिल्लामै पाइने कच्चापदार्थले प्रायः उद्योगको माग धान्ने गरेको अर्यालले बताउनुभयो । पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त कम्पनीमा २७ जनाले रोजगारी पाएका छन् । कम्पनीका कविराज जीवन रेग्मी ग्यास्टिक रोगविरुद्ध खाने चूर्ण अइरपत्तिकर, पायल्स रोगविरुद्धको पिलारिन, उच्चरक्तचाप घटाउने केन्सारिनलगायत औषधिको बजारमा माग बढेपछि कम्पनीले उत्पादन बढाएको बताउछन् । रासस

ललीपप उद्योगबाट मनग्य फाइदा, मासीक ४५ हजार रुपैयाँ सम्मको आम्दानी

इलाम । थोरै लगानीमा यहाँका महिलाले ललीपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदकलगायत गाउँका महिला ललीपप उद्योगमा संलग्न छन् । ‘इलाम ललीपप उद्योग’ दर्ता गरी पाँच वर्षदेखि ललीपप बनाउँदै आएका साँखेजुङका दुर्गाकुमारी राई सीप र जाँगर भए स्वदेशमै आम्दानी गर्न सकिने बताउँछिन् । उनको उद्योगमा सात महिलाले मासिक ७ हजार रुपैयाँमा काम गर्दै आएका छन् । “मासिक ४५ हजार रुपैयाँ सम्म आम्दानी हुन्छ,” उनले भनिन् । अधिकांश महिलाले घरको काम सिध्याएर उद्योगमा काम गर्र्ने गरेका छन् । इलाम, फिक्कल र कुटीडाँडा ललीपपको मुख्य बजार हो । पूर्वाञ्चलमा भएको खाद्य वस्तु प्रदर्शनीमा उत्कृष्ट र राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दोस्रो भएको सो उद्योगलाई घरेलु तथा साना उद्योग विकास समितिले ‘प्याकेजिङ’ गर्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ । ९० हजार रुपैयाँ पर्ने उक्त मेसिन पाएपछि ललीपप प्याकिङ गर्न सजिलो भएको राईले बताईन् । यस वर्ष जिल्ला कृषि विकास कार्यालयले ‘प्याक्ट’ परियोजनाअन्तर्गत चार लाख ४५ हजार रुपैयाँ अनुदान सहयोग गरेको छ । ललीपप बनाउने आधुनिक मेसिन खरिदका लागि प्याक्टले सहयोग गरेको हो । यस्तै पाँच वर्षअघि खुलेको कोसेली ललीपप उद्योगबाट मुना आचार्यले मनग्य आम्दानी गर्दै आएकी छिन् । सो उद्योगमा सात महिलाले रोजगारी पाएका छन् । जिल्लामा सहकारी संस्था खोलेर ललीपप उद्योग स्थापना गर्ने क्रम बढ्दो छ । सहकारी संस्था मार्फत स्थापना भएका ललीपप उद्योगले निजीस्तरबाट खुलेका उद्योगको भन्दा धेरै महिलालाई रोजगारी प्रदान गरेका छन् । तीन वर्षअघि स्थापना भएको जनहित कृषि सहकारी संस्थाले आफ्नो उद्योगमा १६ महिलालाई रोजगारी प्रदान गरेको छ । उद्योगमा रोजगारी पाएका महिलाले मासिक ४ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका संस्थाका तोयानाथ भट्टराई बताउँछन् । बिहान क्याम्पस पढेर दिउँसो काम गर्न जाने महिलाको संख्या अत्यधिक छ । यहाँ उत्पादित ललीपप धरान, दमक, विराटनगर, काठमाडौँंसम्म पठाउने गरिएको छ । जिल्लामा आउने पर्यटकले ललीपप कोसेलीका रूपमा समेत खरिद गर्ने गरेका छन् । रासस