आजबाट मनकामना डोजोको प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिता
काठमाडौं। मनकामना डोजोद्वारा आयोजित प्रथम अन्तरराष्ट्रिय डोजो प्रतियोगितामा आज देखी सुरु हुने भएको छ। प्रतियोगिताको लागि नेपालबाट २ प्रतियोगी छानिएका छन्। प्रतियोगितामा भारत, भुटान तथा अन्य केही राष्ट्रको पनि सहभागिता रहेको छ। नेपालबाट महिला तर्फ ३५ केजी समुहका गोंगबु डोजोकी पाल्सँग गुरुङ र २५ केजी समुहका सानीश चौधरीले भाग लिदै छन्। प्रतियोगिता २ दिन संचालन हुने कार्यक्रम संचालक छत्र आलेले जानकारी दिएका छन्।
कोपा अमेरिकाबाट नेमार बाहिरिए, ब्राजिलमाथि थपियो ठूलो चुनौती
ब्रासिलिया । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ । एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ । नेमार विश्वकै सर्वाधिक सफल एवं महङ्गा खेलाडीमध्येका एक हुन् । बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रंगशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए । उनी हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनबाट खेल्छन् । नौ दिनपछि नै कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभिया विरुद्ध रहेको छ । कोपा अमेरिकाको आयोजक राष्ट्र पनि ब्राजिल नै हो । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन । रासस/एएफपी
दोस्रो धापासी कराँते चायम्पियनसिप सम्पन्न, धापासी डोजो र मनास्लु विद्यालय विजेता
काठमाडौं। दोस्रो धापासी कराँते चायम्पियनसिप सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको प्रतियोगितामा २८७ विद्यार्थीको सहभागिता थियो। प्रतियोगितामा कराँतेतर्फ धापासी डोजो पहिलो, गोंगबु डोजो दोस्रो, लुबु डोजोले तेस्रो स्थान हाँसिल गरेको छ । प्रतियोगितामा १० वटा कराँते क्लबको सहभागीता रहेको थियो। यस्तै सोही प्रतियोगितामा विद्यालयको तर्फबाट पहिलो स्थानमा मनास्लु विद्यालय, दोस्रोमा सिईए हाई स्कुल र तेस्रोमा महालक्ष्मी स्कुलले उपाधी हांसिल गरेको छ। यस्तै ईमर्जिग टिमको उपाधी एनआईसी एकेडेमी, सानोभर्याङले हात पारेको छ। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रा तर्फ धापासी डोजोकी ग्याल्मु सोमिका लामाले प्रथम स्थान र उत्कृष्ट हुँदै एनआईसी एकेडेमीकी समिक्षा भट्टराई र धापासी डोजोकी पाल्साङ गुरुङले पदक हात पारेकी छिन् । त्यस्तै छात्र तर्फबाट गोंगबु डोजोका सनिस चौधरीले प्रथम स्थान र उत्कृष्ट हुँदै धापासी डोजो करण थापा र विजेन्द्र जिसीले पदक हात पारेका छन् । कार्यक्रममा प्रमुख अतिथीको रुपमा शिभपुरी यातयातका अध्यक्ष प्रलाद थापा र बिशिस्ट अतिथीको रुपमा नेपाल शितो कराँते डोको प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठको उपस्थिती रहेको थियो।