अमेरिकी राष्ट्रपतिय निवार्चनमा ट्रम्पकाे भन्दा हिलारीकाे खर्च बढी, चन्दा संकलन ट्रम्पकाे बढी
वासिङ्गटन, २४ मंसिर । गत ८ नोभेम्बरका दिन सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा प्रचार, प्रसार अभियानसहित निर्वाचन सम्बन्धित खर्च बिबरणका नयाँ प्रतिबेदन बिहीबार त्यहाँको निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई बुझाइएका छन् । सो निर्वाचनमा कुन उम्मेदवारको खर्च बढी थियो भन्ने सम्बन्धमा रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक पार्टीकी प्रत्यासी उम्मेदबार हिलारी क्लिन्टनले उछिनेकि छिन । आयोगलाई बुझाइएको पछिल्लो प्रतिवेदनअनुसार २० अक्टोबरदेखि २८ नोभेम्बरका दिनसम्म भएका आयव्यय विवरणमा हिलारी क्लिन्टनको तुलनामा डोनाल्ड ट्रम्पको खर्च निकै कम रहेको छ । निर्वाचनको दिनसम्म हिलारी क्लिन्टनले लगभग तेह्र करोड बीस लाख अमेरिकी डलर सिध्याएकी छिन् भने डोनाल्ड ट्रम्पको खर्च करिब नौकरोड चालीस लाख अमेरिकी डलर मात्र रहेको खुलासा भएको छ । त्यसैगरी, राष्ट्रपतीय निर्वाचनका लागि प्राथमिक प्रक्रिया र मतदान सम्बन्धि खास चहलपहल शुरु भएदेखि अन्तिम समयसम्ममा बिभिन्न साङगीतिक तथा मनोरन्जनात्मक र चन्दा सङकलन कार्यक्रमहरु सञ्चालन गरी क्लिन्टनका प्रचारप्रसार अभियान शिविरहरुले कूल अन्ठाउन्न करोड दसलाख अमेरिकी डलर बटुलेका थिए । त्यस्तै, ट्रम्पका शिविरहरुले चौंतीस करोड अमेरिकी डलर बटुलेकामा छ करोड साठी लाख अमेरिकी डलर रकम त ट्रम्पले आफ्नै खल्तीबाट चन्दा दिएका छन् । निकै तामझामका साथ साङगीतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरी क्लिन्टनको प्रचार,प्रसार अभियान निकै लामो समयसम्म चलेको र पैसा पनि बढी नै उठेको थियो । तत्कालिन समयमा, राष्ट्रपति ट्रम्पले निर्वाचन आयब्ययको हिसाब किताब कम्युटर प्रणालीमा राख्न एकजना लेखा निर्देशकमा ब्राड पास्र्केललाई नियुक्त गरी के केमा कति कति खर्च गर्ने हो सबै निर्णय लिन जिम्मेवारी समेत सुम्पेका थिए । डिजिटल डाइरेक्टर ब्राडले मिसिगन, विस्कन्सिन, पेनसिल्भानिया, फ्लोरिडा जस्ता क्लिन्टनका प्रभावक्षेत्रमा मतदान हुनु अघिका अन्तिम दिनहरुमा ट्रम्पको प्रचार, प्रसार र बिज्ञापन अभियानहरुलाई तीब्रता दिन प्रचार रणनीतिमा परिवर्तन गरी गेट–आउट–द–भोट नामक शीघ्र टेलिभिजन कार्यक्रम सन्चालन, प्रायोजन गर्दा थप पचासलाख अमेरिकी डलर खर्च भएको र यस शीघ्र कार्यक्रमले ट्रम्पको पक्षमा राम्रै परिणाम ल्याएको एसोसिएटेड प्रेसलाई बताए । कुनै कुनै राज्यमा प्रचार प्रसार तथा बिज्ञापनमा ठूलो धनराशि खर्च गरे तापनि बडो मुश्किलले क्लिन्टनको भन्दा अलिकति मात्र बढी मत प्राप्त भएको, कुनै राज्यमा अन्तिम क्षण ९क्लोजिङग० टेलिभिजन प्रसारणको प्रायोजन गर्दा सत्तरी लाख डलर भन्दा बढी लगानी भएको पनि उनले खुलासा गरे । यत्ति नगरेको भए कहाँ जित्न सकिन्थ्यो र रु ब्राड बताउँछन् । राष्ट्रपतीय निर्वाचनपूर्व अर्थात् नोभेम्बर ८ देखि २८ सम्म बटुलिएका चन्दा र साङ्गीतक कार्यक्रमहरुबाट उठेका करोडौं डलरका रकम (फण्ड रेजिङग) बाट अझै पनि खर्च धानिँदै आएका छन् । यद्यपि, लाखौं डलर त स्वयंसेवक तथा कार्यकर्ताहरुको चिया नास्ता, पार्टी चिन्ह परिचायक झण्डा, ह्याट, कार्यकर्ता तथा मन्च, पण्डाल सजावटका सामाग्री जस्ता झिना मसीना खर्च र सर सामान खरीदमै सकिएका थिए । राष्ट्रपति ट्रम्पले ओहायो र आयोवा राज्यहरुमा गर्नु भएको गतः बिहिबारको धन्यबाद ज्ञापन यात्रा (थ्याङ्क यू टुर) को खर्च पनि फण्ड रेजिङगकै रकमले धानेको जनाइएको छ । रासस/एपी
सम्पत्तिमा अब तीनपुस्तेसम्मको मात्रै हक, सातापुस्ते हकको व्यवस्था परिवर्तन
काठमाडौं २२, मंसिर । मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पैतृक सम्पत्तिमा सात पुस्तासम्मले हकदाबी गर्न पाउने व्यवस्था परिवर्तन गर्दै तीन पुस्तामा झार्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयकअनुसार हजुरबुबाको सम्पत्तिमा नाति पुस्तासम्मले मात्र हकदाबी गर्न पाउने छ। त्यसपछिका पुस्ताले हकदाबी गर्न पाउने छैनन्। साबिक कानुनमा सात पुस्तासम्मले पैतृक सम्पत्तिमा हकदाबी गर्न पाउने व्वस्था छ। नागरिक दैनिकबाट ।
दश रुपैयाँमा सर्ट बेचेर दैनिक १५ सय आम्दानी, सेकेण्ड ह्याण्ड सामानको व्यापारबाट विद्यालय बनाउन २७ लाख सहयोग
काठमाडौं, २१ मंसिर । तपाइँलाई सुन्दा अचम्म लाग्ला, १० रुपैयाँमा सर्ट बेचेर दैनिक एक हजार ५०० रुपैयाँ आम्दानी हुन्छ भन्दा । तर काठमाडौंको सामाखुशीमा रहेको सुखावती स्टोरले १० रुपैयाँको सर्ट बेचेर दैनिक एक हजार ५०० आम्दानी गर्ने गरेको छ । जागिरको मोहले हङकङ हुँदै कोरिया छिरेका कास्कीका चीजमान गुरुङले छ वर्षे कामपछि स्वदेश फर्केर कोरियन खानाका स्वाद नेपालीलाई चखाउन पोखरामा ह्याङकुक सराङ रेस्टुराँ खोले । काठमाडौं ठमेलमा त्यसको विस्तार गरे । तर यतिमै उनको मन नेपालमै नरमाएपछि फेरि उनी कोरिया फर्किएर पाँचवर्ष बिताए । साढे दुईवर्ष ब्युटिफूल स्टोरमा काम गरे जहाँ एकचोटी प्रयोग भएका सामान सङ्कलन, छनोट, प्रशोधन, पुनःप्रयोग र त्यसको मूल्य निर्धारण गरी बेचिन्छ । यस्ता स्टोर कोरियामा १०० भन्दा बढी छन् । चीजमानले कोरिया पुगेर ब्युटिफुल स्टोरमा सिकेको त्यो सीप एवम् अनुभवलाई सामाखुशीको टाउन प्लानिङमा अहिले प्रयोगमा ल्याइएको छ सुखवती स्टोर खोलेर । “घर र अफिसमा कुनै सामान किफायती र धेरै समय मर्मत गरी पनि उपयोग गर्नुपर्छ, कुनै सामान आफूलाई पुग्यो भन्ने लागेपछि अरुका लागि मर्मत, सुधार वा प्रशोधन गरेर प्रयोग गर्न दान दिन सकिन्छ,” सुखवती स्टोरका अध्यक्ष चीजमान भन्छन् । सुखवतीको सार ‘एकको वेकार अरुको साकार ।’ तपार्इँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ । मायाँ बाडौँ, खुसी बढाऔँ । यही सोचअनुरुप भान्साका सामान, लत्ताकपडा, जुत्ता, गमला, विद्युतीय सामग्री, सिडी, किताब र बच्चाको खेलौनासहितका सामग्री संस्थाले दान लिन्छ । “कपडा आफैँ धुन्छौँ, सिउँछौँ र आइरन लगाएर चिटिक्क पार्छौं, अरु सामान मर्मत वा प्रशोधन गरी नयाँ बनाउँछौँ र नचिताएको सस्तो मूल्यमा बेच्छौँ,” उक्त स्टोरमा स्वयम्सेवा गरिरहेकी लक्ष्मीदेवी गुरुङले भनिन् । पति सिङ्गापुरको लाहुरे हुँदा उतै दुई दशक बसेकी गुरुङ जस्तै कमला गुरुङ, केशकुमारी राना, रञ्जना तामाङ, कल्पना गुरुङ, सङ्गु सुब्बासहितका महिला तथा अन्य गरी १३ जनाले त्यस स्टोरमा स्वयम्सेवा गरिरहेका छन् । सुखवती फाउन्डेसनबाट काम अघि बढाइएको यो अहिले सुखवती स्टोरका नामले अघि बढेको छ । सुरुमा यति धेरै दान आउला भन्ने सोचिएन । अहिले धेरै कपडा आउन थालेपछि मानिसले नभ्याउने भएकाले लुगाधुने मेसिनको आवश्यकता महसुस भएको स्टोरकी सचिव कमला गुरुङ बताउछन् । धोएर सिलाइएका टिसर्ट, बेल्ट, जुत्ताको मूल्य मात्र रु १० राखिएको छ । त्योभन्दा अलि राम्रा जिन्स पाइन्ट, सर्ट, टिसर्ट, कुर्ता, केटाकेटीका लुगा २०, ४०, ८०, १०० र २५० रुपैयाँ मूल्य राखिएको छ । “यति सस्तो मूल्यमा पनि कपडा र सामान पाइन्छ भनेर एकथरि विश्वास गर्दैनन्, अर्कोथरि हामीलाई जिस्काएको भनेर भन्छन्, किनकी १०/२० रुपैयाँमा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ! भनेर जिस्काउँछन्, कोषाध्यक्ष केशकुमारी राना अनुभव सुनाउछन् । सामाखुशी टाउन प्लानिङको बिक्रीकक्षमा पुनःप्रयोगका सामान कसरी नयाँ बनाउने, मूल्य निर्धारण गर्ने र कपडा किन सस्तो प¥यो भनेर सोध्न आउनेको भीड बढ्दै गएको स्टोरकी सदस्य रञ्जना तामाङ बताउछन् । कपडा, भान्सा र विद्युतीय सामान छिटो बिक्री हुन्छ । स्टोरले सामान दिने क्रम र बिक्री बढेपछि कलङ्की, जोरपाटी, फुटुङ हुँदै चक्रपथ बाहिर यस्तै कक्ष खोल्ने सोच राखेको अध्यक्ष गुरुङले बताए । “सामान किफायती ढङ्गले प्रयोग गर्ने र प्रयोग गरेपछि पुनःप्रयोगमा ल्याउने काम भोलि ठूलो मात्रामा हुन सक्यो भने देशकै स्रोतसाधनको समेत बचत हुन्छ, अरु देशको भर पर्नुपर्दैन,” सदस्य कल्पना गुरुङ भन्छन् । डेढ वर्षमा दुई हजार सामान सङ्कलन गरी पुनःप्रयोग योग्यको प्रशोधन गरी विक्री गरिएको छ । राजधानीका मेला महोत्सवमा १९ पटक स्टल राख्दा रु एक लाख २० हजार आर्जन भयो । असार यता रु दुईलाख बढीको बिक्री भएको छ । मेलामा किशोरकिशोरी बढी झुम्मिए पनि मध्यम र कम आयकालाई यसले मद्दत पुग्ने सदस्य राजेन्द्र लामाको भनाइ छ । विनाशकारी भूकम्पपछि संस्थाले भूकम्पपीडितलाई तत्काल खाद्यान्न, कपडा र अत्यावश्यक सामग्री वितरण गर्यो। कोरियाको ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा संस्थाले रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका १३ गाउँ विकास समितिका झन्डै पाँच हजार ८०० घरपरिवारलाई ८० लाख रुपैयाँ बराबरको आठ हजार सिरक वितरण गर्यो । ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा संस्थाले नुवाकोट हिलेखर्कमा २७ लाख रुपैयाँमा गारबेँसी निमाविको भवन पनि बनाएको छ । काभ्रेको दोलालघाटमा छकोठे विद्यालय भवन र शौचालय तथा सिन्धुपाल्चोकको बतासेमा दुईकोठे नयाँ विद्यालय भवन तथा तीनकोठे विद्यालय भवन मर्मत गरिने पनि सो संस्थाले जनाएको छ । रासस