म्याराडोनाले भने-‘अब अर्जेन्टिनाको प्रशिक्षक मै बन्छु’

काठमाडौं । फुटबलका राजा भनेर चिनिने डिएगो म्याराडोनाले आफु अर्जेन्टिनाको प्रशिक्षक बन्न चाहेको बताएका छन् । उनले बिना पारिश्रमिक नै प्रशिक्षक बन्न चाहेको बताएका हुन् । सामाजिक सञ्जालमा अर्जेन्टिनाका पत्रकारसँग रिसाउदै भनेका छन् “मेरा दाजुभाई म अझै अर्जेन्टिनाको प्रशिक्षक बन्न सक्छु र दाबेदार पनि हुँ, म सम्झन्छु जब मैले खेलेको, मलाई अझै पनि त्यो शक्ति कायमै छ । तर मलाई किन कसैले पनि बुझ्न चाहदैनन् । मलाई धेरै दुख लागेको छ ति पत्रकार जसले मलाई प्रशिक्षकको सूचिमा राखेनन्, म उनिहरुलाई भन्न चाहान्छु हामी अर्जेन्टाइन हौं ।” म्याराडोनाले सन् २०१० को विश्वकप खेलाएका थिए । अफ्रिकामा भएको प्रतियोगितामा अर्जेन्टिना जर्मनीसँग ४ गोल खादै क्वाटरफाइनलबाटै बाहिरिएको थियो । हाल म्याराडोना बेलारुसको डाइनामो फुटबल क्लबसँग ३ वर्षे सम्झौता गरेका छन् ।अर्जेन्टिनाको फुटबल एशोसिएसनले जोर्जे साम्पोलीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको छ ।

पशु उपर निर्दय व्यवहार गर्न नदिन सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पशुहरुको ढुवानीका क्रममा निर्दयी व्यवहार नगर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायधिश ईश्वर प्रसाद खतिवडाको इजलासले निर्दयी तरिकाले पशुहरुको ढुवानी नगर्न अन्तरिम आदेश जारी गर्दै १५ दिन भित्र कारणसहित उपस्थित हुन पशु सेवा विभागलाई आदेश दिएको हो । अधिवक्ता प्रकाशमणि शर्मा, पदम बहादुर श्रेष्ठ, शोभा कार्की, सुलोचना धिताल र बिष्णु कुमार थोकरले दायर गरेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएको हो ।

बुहारी भगाएर गुरु न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँगै आधा सम्पत्ति मागिन् पुजाले

काठमाडौं । जलविद्युत, बैंक, रियलस्टेट लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका गुरुप्रसाद न्यौपानेको सम्पत्तिमा तेस्रो पक्षले पनि आँखा गाडेको छ । काठमाडौंको व्यापारमा फ्लप खाएपछि अष्ट्रेलियामा बसोबास गर्दै आएका किरणमान जोशीमाथि न्यौपानेको सम्पत्ति हत्याउने प्रयास गरेकाे आरोप लागेको छ । न्यौपानेको आधा सम्पत्ति हत्याउने योजनासहित जोशीले गुरु न्यौपानेकी जेठी बुहारी पुजा दाहालसँग साँठगाँठ मिलाएको बताइएको छ । जोशीसँग प्रेम सम्बन्ध प्रगाढ भएपछि दाहालले सतिश न्यौपानेसँग सम्बन्ध विच्छेद मागेकी छिन् । उनले  दुई छाेरा र अाफ्नाे लागि कानुन अनुसार सम्पत्तिको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छिन् । गुरु न्यौपानेको दुई छोरा मध्ये सतिश जेठा छोरा हुन् । सतिश र पुजाबीच १८ वर्षअघि परम्परागत शैलीमा विवाह भएको थियो । उनीहरुबाट जन्मिएको जुम्लिया २ छोराहरु छन् । दुबै छाेरा पुजाले अष्ट्रेलिया लगेकी छिन् । ठूलो जिम्मेवारी: ठूलै घात जानकारहरुका अनुसार कडा स्वभावकी पुजा र नरम स्वभावका सतिशबीच बेलाबखत विवाद हुँदै आएको थियो । राम्रो पढाई, खरो स्वभाव र मिल्दो कार्यशैली भएकाले छोरा-बुहारीको विवादमा गुरुले बुहारीलाई साथ दिने गरेका थिए । पुजाले पनि घरका अन्य सदस्यलाई होच्याएर व्यवहार गर्दै आएकी थिइन भने ससुरालाइ धेरै माया गर्थिन् । कम्पनीमा पनि त्यस्तै थियो । लामो समय न्यौपानेको लगानी रहेका कम्पनीमा काम गरेका एक जना पूर्वकर्मचारीले भने–‘पुजा कर्मचारीप्रति अति रुखो रुपमा प्रस्तुत हुन्थिन तर ससुरालाइ माया गर्थिन । पुजाले ससुरालाई गर्ने व्यवहार बनावटी र चाकडी शैलीको देखिन्थ्यो ।’ नेपाल इन्जियिरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ, काठमाडौं विश्वविद्यालयबाट इएमबीए गरेकी पुजा दाहालप्रति गुरुले पनि  धेरै विश्वास गर्दथे । उनले बुहारीलाई अरुण भ्याली हाइड्रोपावर लिमिटेड, सिद्धकालि पावर लिमिटेड, मकालु डेभलपर्स लिमिटेड, कंचङजंगा हाउजिङ लिमिटेड, लगायत कम्पनीमा सञ्चालक बनाएका थिए । ७२ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउदै गरेको सिद्धकालि पावर लिमिटेडमा बुहारी पुजालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा समेत दिएका थिए । सबै कम्पनीबाट पद मुक्त पुजा दाहालको फेसबुक प्रोफाइलमा उनी पब्लिक कम्पनीहरुको सञ्चालक तथा प्रबन्ध निर्देशक छिन् । उनले तिनै कम्पनीको सेयर अर्थात श्रीमान सतिश न्यौपाने तथा ससुरा गुरुप्रसाद न्यौपानेको सम्पत्ति दावी गरेर मुद्दा हालेकी छिन् । यसले ती कम्पनीको व्यवस्थापन र सेयर स्वामित्वमा विवाद ल्याउने देखिन्छ । यस विषयमा कुरा गर्दै पुजाले विकासन्युजसँग भनिन्–‘मैले सबै कम्पनीबाट राजीनामा दिएको छु र कम्पनीहरुले मेरो राजीनामा स्वीकृत गरिसकेका छन् ।’ दाहालले श्रीमान सतिश न्यौपानेसँग सम्बन्ध विच्छेद गर्न र कानुन अनुसार मानापाथि भराईदिन माग गर्दै गत फागुन २० गते जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । सम्बन्ध विच्छेद गर्नु पर्ने कारण के थियो ? विकासन्युजको प्रश्नमा पुजाले टेलिफाेन सम्बादमा भनिन्–यो मेरो निजी मामिला हो ।’ पुजाको पक्षमा वकालत गर्दै आएका बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पनि सम्बन्ध विच्छेदको कारणबारे बताउन मानेन् । ‘क्लाइन्टको सेक्रेसीको कुरा आउँछ । मेरो प्रोफेशनल इथिक्सले पनि भन्न मिल्दैन’ भण्डारीले भने । पुजाले आफूलाई धोका दिएको, डिभोर्स माग्नुपूर्व ठूलो सम्पत्ति नोक्सान गराएको र अदालतमा डिभोर्स माग्दै सम्पत्ति पनि माग गरेकोले आफू पीडित बन्न पुगेको सतिशले बताए । को हुन् किरणमान जोशी किरणमान जोशी काठमाडौंका रैथाने नेवार हुन् । उनको पहिलो विवाह डा. सुन्दरमणि दिक्षीतको छोरीसँग भएको थियो । त्यो विवाह अन्तरजातीय प्रेम विवाह थियो । स्रोतका अनुसार जोशी र दिक्षितबीचकाे दाम्पत्य जीवन लामो समय टिकेन । दुई छोरा जन्माएपछि जोशी र दिक्षित बीचको सम्बन्ध विच्छेद भएको छ । छोराहरु हाल रातो वंगला स्कूलमा पढ्छन् । जोशीले पाटनको धनाढ्य दिक्षित परिवारसँग नाता जोडेर ठूलो आर्थिक लाभ लिएका थिए । भनिन्छ अर्काको धनले कोही ठूलो हुँदैन । ससुराली जति धनी भएपनि उनी व्यापारमा सफल भएनन् । पछिल्लो समय शेर्पा महलमा खोलेको रेष्टुरेन्ट व्यापार पनि फ्लप खाएपछि जोशी विरक्तिएर विदेशीएका थिए । अष्ट्रेलियामा बसेर उनले जनता बैंकको विजनेश पार्टनर तथा पछिल्लो समय व्यवसायमा जम्दै गएको गुरु न्यौपानेको बुहारी भगाउन सफल भएका छन् । न्यौपाने र जोशी दुबै जनता बैंकका प्रवद्र्धक हुन् । स्रोतका अनुसार जोशी र दाहालबीचको प्रेम सम्बन्ध पहिले देखिनै टुसाएको थियो । पछिल्लो समय पुजा दाहाल पीएचडी गर्ने भनेर बारम्बार अष्ट्रेलिया पुग्थिन र लामो समय उतै बिताउँथिन् । सतिशसँगको सम्बन्ध विच्छेदपछि दुबै जना विवाह गर्न राजी भएको बताइएको छ । तर यो विवाद जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत पुगेर अन्तिम टुङ्गोमा पुग्न ५/७ वर्ष लाग्ने एक बरिष्ठ अधिबक्ताले बताए ।