एनआइसी एशिया लघुवित्तमा रोजगारीको सुनौलो अवसर
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले ६ पदका लागि १५५ जना कर्मचारी माग गरेको हो । संस्थाले सहायक प्रबन्धकमा ७ जना, वरिष्ठ अधिकृत तथा अधिकृतका लागि १८ जना, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदका लागि ३० जना र प्रशिक्षार्थीमा १०० जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । संस्थाले केन्द्रीय कार्यालय, आफ्नो विभिन्न शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
आइएमई लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले चिफ मार्केटिङ अफिसरका लागि १ जना, हेड रिस्क डिपार्टमेन्टका लागि १ जना, सेमि क्वालिफाइड सिएका लागि केही, लिगल अफिसरमा १ जना, आईटी एक्सक्युटीभका लागि केही, डिजिटल मार्केटिङमा १ जनाका लागि कर्मचारी माग गरेको हो । त्यस्तै, कम्पनीले आफ्नो सातै प्रदेशका ब्रान्चहरुका लागि ब्रान्च म्यानेजर माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातक तह देखि स्नाकोत्तर तह उर्तिण गरेको हुनुपर्ने जनाएकाे छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २० गतेसम्म आवेदन दिन सक्ने छन् ।
हुलास स्टील–हिप्को रोजगारको लागि फारम खुल्ला
काठमाडौं । हुलास स्टील–हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुल्ला भएको छ । नेपालको श्रम बजारको प्रमुख चुनौतिहरुलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम अन्तरगत नेपालको लुम्बिनी र मधेश प्रदेशमा तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुल्न भएको हो । यस कार्यक्रमले ४५ हजार नेपालीहरुको जीविकोपार्जन उन्नत बनाउने काम गर्दै आईरहेको छ । यो कार्यक्रमलाई दिवाकर गोल्छा कर्परेशन अन्तर्गत हुलास स्टील उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आईरहेको हो । नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले साझेदारी गरेका छन् । यस कार्यक्रमले १ हजार ३४८ जनालाई श्रम बजारको माग अनुरुप तालिम र रोजगार दिन लागेको हो । यस तालिम सात दिनको अवधि भरि रहने छ । यो तालिम बिरगंज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो । यो तालिम बिशेष गरि स्टील / फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र बिपन्न वर्गलाई लक्षित गरिएको छ । यस तालिममा नेपाली नागरिकता भएका र मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेकाहरु सहभागी हुन सक्नेछन् । यो तालिम असार २०८० देखि कार्तिकसम्म लागु गरिनेछ । यस तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्दछ । हुलास स्टील उद्योग लिमिटेडको औद्योगिक यात्रा नेपालमा सन् १९८१ मा ग्रीनफिल्ड भेन्चर, कोमक्राफ्ट र गोल्छा समूहले संयुक्त रुपमा शुभारम्भ गरेको हो । हाम्रो उद्योगको ‘गुराँस’ छाप आज कर्कट जस्तापाता, अलुमिनियुम पाईप र स्टील संरचना उत्पादनको उच्च गुणस्तरताको पर्यायवाची नामको रुपमा चिनिने गरेको छ ।