गोल्छा अर्गनाईजेसनद्धारा मल्टिब्राण्ड शोरुम ‘स्वीच अन’ संचालनमा

काठमाडौं, २७ भदौ । गोल्छा अर्गनाईजेसनले मल्टिब्राण्ड शोरुम स्वीच अन सञ्चालनमा ल्याएको छ । उक्त स्टोर काठमाडौंको नक्साल, नारायणचौरमा सञ्चालनमा आएको छ । कम्पनीले उपभोक्ताहरुलाई एकै छानामुनी सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल उत्पादनहरु उपलब्ध गराउने उदेश्यका साथ उक्त स्थानमा यो स्टोरको शुरु गरेको हो । स्वीच अनमा विभिन्न किसिमका इलेक्ट्रोनिक्स कन्ज्यूमर ड्यूरेबल गुड्स तथा होम अप्लायन्सेसहरु उपलब्ध छन् । सामसंग, हिमस्टार, बजाज इलेक्ट्रिकल, टाइमेक्स, ओस्राम, अहुजा, इण्डोएशियनका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, एलईडी लाइट्स, घडिहरु तथा अन्य इलेक्ट्रोनिक्स ( इलेक्ट्रिकल सामाग्रीहरु स्टोरमा उपलब्ध छन् । स्वीच अनका एक प्रतिनिधिले भने, “निकै व्यस्त समयले मानिसको जिवनलाई जटिल बनाएको छ , स्वीच अनले कम्तिमा किनमेललाई सहज बनाउन आफ्नो स्टोरबाट सेवा संचालनमा ल्याएको हो । हाम्रो प्रमुख उद्देश्य भनेको व्यक्तिगत तथा संस्थागत उपभोक्ताहरुलाई उच्च गुणस्तरको हरेक किसिमको सामाग्रीहरु प्रतिस्पर्धि मूल्यमा उपलब्ध गराउनु हो । ”

क्यान कमटेकमा अवलोकनकर्ताहरुको भीड, आईटी कम्पनीबीच आकर्षक योजना दिन प्रतिस्पर्धा

काठमाडौं, २४ भदौ । बिहीवारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को दोस्रो दिन पनि अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता देखिएको छ । दोस्रो दिन ४९ हजार ५ सय ११ जनाले अवलोकन गरेको क्यानले जनाएको छ । मेलाको अहिलेसम्म ८८ हजार ६ सय ७८ जनाले अवलोकन गरेका छन् । प्रदर्शनीमा सहभागि कम्पनीहरुले नयाँ नयाँ उत्पादनहरु सार्वजनिक गरेका छन् । आकर्षक अफर हरु सार्वजनिक गर्न कम्पनीहरुबीच तिव्र प्रतिस्पर्धा चलेको पाइएको छ । ‘कम्पनीहरुले प्रदान गरेको सहुलियत र विभिन्न आकर्षक स्किमहरुले अवलोकनकर्ताहरुलाई राहत दिलाएको हामीले अनुभूति गरेका छौं’ क्यान महासंघका महासचिव विश्व राम बलामी भने । कमटेकको शिर्ष प्रायोजक सुविसु केवलनेटले क्लियर टिभी तथा इन्टरनेटमा विशेष अफर ल्याएको छ । प्रदर्शनीमा सुविसुले केवल इन्टरनेट र क्लियर टिभीको आकर्षक अफर घोषणा गरेको हो । जस अनुसार २ हजार ९ सय ९९ रुपैंयामा क्लियर टिभी र ५ हजार ९ सय ९९ रुपैंयामा केवल इन्टरनेट उपलब्ध गराएको छ । त्यस्तै सुविसुले केवल इन्टरनेट र क्लियर टिभी कम्वो अफरहरु पनि सार्वजनिक गरेको छ । यि अफरहरुमा एचडी सेटअप बक्स र वायरलेस केवल मोडियम निःशुल्क प्रदान गरिरहेको छ । त्यस्तै कमटेकको एशोसियत स्पोन्सर सामसुङले ल्याएको विभिन्न उत्पादनहरुमा अवलोकनकर्ताको ध्यान केन्द्रित भएको पाइयो । सामसुङले ल्याएको फ्ल्यागसिप नोट सेभेन आकर्षणको केन्द्र बन्यो । यो फोन आधा घण्टासम्म पानीमा डुबे पनि केही नहुने कम्पनीले दावी गरेको छ । यसका साथै सामसुङले एस बाइक मोड, अल्टा डेटा सर्भिस मोड, टर्वाे स्पिड टेक्नोलोजी, अल्टा पावर सेभिङ मोड भएका जे सेरिजका फोनहरु उपलब्ध गराएको छ । साथै भर्चुअल रियालिटी डिभाइसको रोचक अनुभव लिन सकिने सुविधा पनि दिएको छ । कमटेकको डायमण्ड स्पोन्सर नेपाल टेलिकमले ५० रुपैंयामा ५० रुपैंया नै ब्यालेन्स भएको जिएसएम प्रिपेड सिमकार्ड वितरण गरिरहेको छ । त्यस्तै प्रदर्शनीमा फाल्कोन इन्टरनेशनलले थ्रिजी, फोरजी र डुअल ब्यान्ड गिगाबाइट राउटरहरु सार्वजनिक गरेका छन् । कम्पनीले कुनै पनि उत्पादनको खरिदमा बुलगार्ड इन्टरनेट सेक्यूरिटी निःशुल्क उपलब्ध गराएको छ । कम्पनीले १९ सयदेखि ४ हजार रुपैंयासम्मका राउटरहरु प्रदर्शनीमा राखेको छ । यी राउटरहरुबाट वायरलेस एक्सेसका साथै फाइल सेयरिङ, मिडिया स्ट्रिम गर्न तथा एफटिपी सेट गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै जेडटिईले बी २, बी ३ र ब्लेड एस ५ फोन सार्वजनिक गरेको छ । कम्पनीले हरेक फोनको साथमा सेल्फी स्टिक निःशुल्क प्रदान गरिरहेको छ । सागर डिष्टीब्युसनले एनइसी ब्राण्डको १००० मोडलको नयाँ पीबीएक्स सिष्टम ल्याएको छ । भिओआइपी सपोर्ट गर्ने यसले ८ देखि १२८ ओटासम्म एक्सटेन्सन पोर्ट सपोर्ट गर्छ । त्यस्तै मर्कन्टाइल अफिस सिष्टमले एस ब्राण्डको कन्भर्टेवल डिभाइस स्विच अल्फा १२ ल्यापटप र ट्याब्ल्लेट ल्याएको छ । त्यस्तै बेल्ट्रोनिक्सले वाइफाइ राउटरको ब्याकअप ल्याएको छ । जसको प्रयोगबाट लोडसेडिङमा पनि ५ घण्टासम्म इन्टरनेट चलाउन सकिने कम्पनीको दावी छ । माइक्रोलाइफले ल्याएको स्वास्थ्य परिक्षण मेसिनहरु पनि अवलोकनकर्ताहरुको नजरमा प¥यो । त्यस्तै ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले जडान शुल्क निःशुल्क गर्नुका साथै सेट अप बक्स र फाइवर राउटरमा सहुलियत दिएको छ । त्यस्तै अर्काे कम्पनी भायनेटले पनि फाइवर होम क्यान अफर ल्याएको छ । भायनेटले निःशुल्क जडान सुविधाका साथै एक महिना निःशुल्क इन्टरनेट सुविधाको अफर सार्वजनिक गरेको छ । वेबसर्फरले पनि जडान शुल्क र वाइफाइ राउटर निःशुल्क गर्नुका साथै दुई महिनाको बोनस र नगद छुटको अफर ल्याएको छ । ब्रोडलिंकले पनि निःशुल्क जडान, फ्रि भ्वाइस कल, फ्रि डिभाइस लगायतका स्किमहरु ल्याएका छन् । त्यस्तै मेलामा राखिएको जीपीएस भेहिकल ट्रयाकिङ सिष्टमले पनि धेरैको ध्यान खिचेको पाइयो । कमटेकमा ब्रडर ब्राण्डका नयाँ प्रिन्टर तथा फोटोकपी मेसिनहरु विशेष छुटसहित उपलब्ध गराएको छ । प्रदर्शनीमा ल्यापटप, स्मार्टफोन, पावरबैंक, पेनड्राइभ, मेमोरी, चार्जर लगायतका स्टलहरुमा अवलोकनकर्ताहरुको भरिभराउ देखियो । प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, इलेक्टिोनिक्स सेक्यूरिटी तथा सेप्mटी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय वटा स्टलहरु रहेका छन् । कमटेकको अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० रुपैंया र विद्यार्थीहरुलाई २५ रुपैंया तोकिएको छ । एक लाख ५० हजारले अवलोकन गर्ने अपेक्षासहित आयोजित प्रदर्शनी आगामी २६ गतेसम्म संचालन हुनेछ ।

नेपाल एसबिआई बैंकले फेवाताल सफा गर्ने

काठमाडौं, २० भदौ । नेपाल एसबिआई बैंक लिमिटेड र पोखरा उपमहानगरपालिकाबीच पोखराको फेवातालको सौन्दर्यकरण तथा सरसफाई सम्बन्धि समझदारीपत्र सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रमकाबीच बैकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत विजयकुमार त्यागी र पोखरा उपमहानगरपालिका कार्यालयका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत ओमराज पौडेलले उक्त समझदारीपत्र अदान प्रदान गरेका छन् । समक्षदारीपत्र बमोजिम बैंकले फेवातालको किनार (बाराहीघाट देखि गैह्राको चौतारासम्म) मा हाल निर्माण भएको फुट ट्रयाकमध्ये १०० देखि २०० मिटर क्षेत्र वरिपरी अधिकतम १५ वटा विश्राम स्थल/अवलोकन सेड निर्माण गर्नेछ । साथै, बैंकले सो वरिपरि आकर्षक बगैँचा तयार पार्ने र हरियालीको विकास गर्ने कार्य गर्नेछ । सोही समझदारीपत्र अन्तर्गत बैंकले उक्त स्थानमा स्थानीय एवं बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखी महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, स्वच्छ पिउने पानी वितरण कक्ष, बैंकिङ् टर्मिनल कक्षको समेत निर्मा/विकास गर्ने विज्ञप्तिमा उल्लेख छ । हाल बाराही घाटमा निर्मित उद्धार टावरको सौन्दर्यकरण तथा सोको वरपर न.पा.ले तोकेको क्षेत्रफलसम्मको ल्यान्ड स्केपिङ् समेत बैंकले गर्नेछ । संरचना निर्माणका अतिरिक्त बैंकले निर्माण गरेको एवं सौन्दर्यकरण गरेको सम्पुर्ण संरचनाको ५ वर्षसम्स मर्मत संभार गर्ने जिम्मेवारी समेत बैंक स्वयंले निर्वाह गर्नेछ । उपरोक्त कार्यहरु आरम्भ गर्न बैंकलाई आइतबार देखिनै कार्यादेश समेत प्रदान भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत उक्त क्रियाकलापहरु गर्ने भएको हो ।