दुग्ध विकास बोर्डले लोगो प्रदान गर्दाका केही झलक (फोटो फिचर)

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दुध तथा दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधनलाई प्रतिक चिन्ह(लोगो) प्रदान गर्न सुरु गरेको छ । दुग्धजन्य पदार्थको ढुवानीको क्रममा सवारी साधनलाई रोक्ने तथा अवरोध गर्ने भएपछि यसबाट बच्नको लागि राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्धजन्य पदार्थ बोकेको सवारी साधनलाई अत्यावश्यक मान्दै लोगो मार्फत सहजरुपमा आवतजावत गर्न सकिने अवधारणा अनुरुप सरकारी तथा नीजि सवारी साधनलाई लोगो प्रदान गर्न शुरु गरेको हो ।

देशभर बाढीपहिराे (फाेटाेफिचर)

काठमाडाैं । मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ । भारी वर्षाकाे कारण हाल देशकाे धेरै भागहरु डुबानमा परेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । पछिल्लो २४ घण्टामा धेरै पानी पर्ने स्थानको पहिलो नम्बरमा पोखरा दरिएको छ । महाशाखाका अनुसार, यहाँ ११०.५ मिलिलिटर पानी परेको छ । पोखरापछि भैरहवामा सबैभन्दा धेरै ८२.२ मिलिलिटर पानी पर्याे । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ ।   पहिरोले अवरुद्ध बागलुङ-पोखरा राजमार्ग अन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ ।   काठेखोलामा आएको बाढीले क्षति पुर्याएको बागलुङ नगरपालिका- १ मालढुंगामा रहेको पक्की पुल क्षति । पुलमा क्षति पुगेसँगै जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।   निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका-६ कालेफाँटका घर । पहिरोका कारण यहाँका दुई घर जोखिममा परेको छ ।   राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत गलुवामा खसेको पहिरो .। पहिरोले करिडोर अवरुद्ध छ ।