काठमाडौंको ३६० दृश्यको आनन्द लिन सकिने ताहिना टेरेस चैत ३१ गतेदेखि खुल्दै

काठमाडौं । काठमाडौं म्यारियट होटलको नयाँ पूर्वी मेडीटेरियन रेस्टुरेन्ट, ताहिना टेरेस अप्रिल १३ अर्थात आगामी चैत ३१ गतेदेखि खुल्ने भएको छ । यो टेरेस सो दिनदेखि साँझ ४ बजेदेखि रातीको १० बजेसम्म सार्वजनिक रुपमा खुला हुन लागेको हो । उक्त टेरेसबाट हिमालको काठमाडौं शहरको ३६० दृश्यको आनन्द लिन सकिनेछ । साँझको लागि भर्खरको बनाइएको पूर्वीय मेडीटेरियन स्नाक्स, सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । मेज्जे प्लेटर र रमाईलो बारबेक्यु र कबाबहरु खानेहरुको लागि यो एउटा उत्तम स्थल हो । काठमाडौं शहरको पूर्ण सौन्दर्यता महसुस गर्न सकिने यस ताहिना टेरेसबाट पहाडको सूर्यास्त देख्न सकिने छ । ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्दछ । यस भेन्यूको केही मुख्य हाइलाटहरु भनेका यसका क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथ ताजा बेक्ड मानकिश र अठेन्टिक अरबीक ग्रीलहरु हुन् ।

यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटो फिचरसहित)

काठमाडाैं । डिएफएसकेको अधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई-अटो नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले सो गाडी बुधबार सार्वजनिक गरेको हो । यसअघि ग्लोरी सिरिजका ५ सय ६० र ५ सय ८० एसयूभी विक्री गर्दै आएको कम्पनीले अब नयाँ मोडल आई-अटो थप भएको छ । आई-अटोलेएक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । ग्लोरी आई-अटोले ७ सिटर इन्टेलिजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभिहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेको एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् । इन्टेलिजेन्ट एसयूभी ग्लारी आई-अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालका कार्य गराउन सकिन्छ । यसको प्रयोगले मुख्य फोन कल एसेस सिस्टम, मिडिया कामण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ । यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटोफिचर) सम्बन्धित समाचार डिएफएसके ग्लोरी आई-अटो सार्वजनिक, यस्ता छन् गाडीका विशेषता  

होटल र्‍याडिसनमा तीन दिने ट्रेड फेयर सूरू, उपराष्ट्रपति पुनले गरे उद्घाटन (फोटो फिचर)

काठमाडौं । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा तीन दिने ट्रेड फेयर सञ्चालनमा आएको छ । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रेड फेयरको उद्घाटन गरेका छन् । यस ट्रेड फेयरमा नेपाली उद्यमी महिलाहरूले उत्पादन गरेका कपडा, अचार, हस्तकला लगायत बिभिन्न सरसामानहरु राखिएका छन् । सोमबार उप–राष्ट्रपति नन्दबहादुर पुन मगरले स्टल भिजिट गरेर महिला उद्यमीहरुलाई प्रोत्साहन गरेका थिए । नेपालका लागि युरोपियन डेलिगेसनका प्रमुख नोना डेप्रेज, श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियन राजदूत फेलिसिटी जेनिभल्कले मेलाको अवलोकन गरेका थिए । सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ । सबै तस्विरहरु : प्रकृति अर्याल