वसन्तमय तिलोत्तमा (तस्बिरहरू)

रुपन्देही । तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो । यो देशकै उत्कृष्ट नगरपालिकाहरूमा छनोट पनि भएको थियो । तिलोत्तमा नगरपालिकाको भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक पनि नेपालकै नमुना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्द्धनका कार्यक्रमले छ लेन सडकमा थप आकर्षण बढेको छ । सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बिच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्य । बुटवलको योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसँगै सडकको दायाँ र बायाँ दुबैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ । मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्मे फुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका बिरुवाहरू लगाइएका छन् ।

सातु र सर्वत खाएर मनाइँदै अक्षय तृतीय (तस्बिरहरू)

काठमाडौं । शुक्रबार वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ । यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले आफू सर्वत र जौको सातु खाने पर्वको रुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । शङ्ख बिनायक महिला जागरण समुहले अक्षय तृतीयको अवसर पारेर शङ्खमुल चोकमा सातु र सर्वत बाढदै गरेको दृश्य ।  

फ्लाईओभरका अव्यवस्थित निर्माण सामग्री हटाइयो (तस्बिरहरू)

ललितपुर । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको अव्यवस्थित ढंगले राखिएका निर्माण सामग्री हटाइएको छ । केही दिनअघि नेपाल फोटो लाइब्रेरीले गरेको फोटो फिचरपछि यहाँको अव्यवस्थित निर्माण सामग्री हटाइएको हो । अव्यवस्थित निर्माण सामग्री राखिँदा सर्वसाधारणले हैरानी खेप्नुपर्ने बाध्यता थियो । निर्माण सामग्रीका कारण सवारीजामले सर्वसाधारण सास्ती खेप्नु परेको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निर्देशनमा निर्माण कम्पनी आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले अव्यवस्थित निर्माण सामग्री व्यवस्थित गरेको सिनियर डिभिजन इन्जिनियर राकेश महर्जनले जानकारी दिए । ‘निर्माण कम्पनीले पहिलो प्राथमिकता सडकमा ओहोर दोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउनु नै हो,’ उनले भने, ‘निर्माण सामग्री व्यवस्थित गर्ने विषयमा तत्काल कार्यान्वयन गर्न लगाइएको छ ।’ अव्यवस्थित निर्माण सामग्री राखिदा ग्वार्को चोकबाट सातदोबाटोतर्फ करिब सय मिटर सडकमा जोगिएर हिड्नु पर्ने थियो । फ्लाइ ओभर निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामको रडहरुले जोखिम मोलेर हिड्नु पर्ने बाध्यता थियो । जाम खुल्दा सार्वजनिक सवारीहरु पेलिएर आउँदा सर्वसाधारण डराउदै हिड्नु पर्ने हुन्थ्यो । साना सवारी साथै ठुला सवारी त्यसरि नै जोगिदै हिड्नु पर्ने बाध्यता थियो । रड मात्र नभैइ फ्लाइ ओभर निर्माण स्थल ढाकिएका जस्ताबाट निस्किएका निर्माण सामग्रीले गर्दा जोगिएर हिड्नु पर्ने बाध्यता रहेको सवारी चालकहरुको गुनासो रहेको थियो । निर्माण स्थलमा फलाम र जस्ताले ढाकिएको थियो । निर्माण स्थल ढाकिएका ठुला डिभाइडर भित्रबाट रड निस्किदा थप समस्या बेहोर्नु परेको सर्वसाधारण सुमन तामाङले बताए । सडकमै निस्किएको उक्त रडले ठुलै दुर्घटना निम्तयाउन सक्ने र जोगिएर हिड्नु पर्ने बाध्यता थियो । कतै भने ढाकिएका पुराना जस्ता फुत्किएका र भित्रका निर्माण सामग्री बाहिर सडकमा निस्किएका दृश्य समेत देख्न पाइन्थ्यो । निर्माण क्रममा सडकबाट निकालिएका फलामेबारहरु पनि बेबारिसे अवस्थामा फालिदा थप हैरानी खेप्नु परको सर्वसाधारण यात्रु तामाङले बताए । काठमाडौं चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य गरिरहेको हो । फ्लाइ ओभर निर्माणको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ ।