श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा अनिल जोशी नियुक्त
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल जोशी नियुक्त भएका छन् । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका जोशीलाई स्थायी रूपमा सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल फागुन २३ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि रहने कम्पनी सचिव खिम बहादुर कार्कीले जानकारी दिए ।
बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल नियुक्त
काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी छन् ।प्राधिकरणको फागुन ५ गते बसेको समितिको बैठकले निर्देशक पूजन ढुङ्गेल अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा भएको व्यवस्था अनुसार उनलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले जानकारी दिए । प्राधिकरणको प्रवक्ताको रूपमा निर्देशक ढुङ्गेलले अब प्राधिकरणका आधिकारिक धारणा सार्वजनिक गर्ने, सूचना प्रवाह गर्ने तथा सञ्चार माध्यमसँग समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछिन् ।
गुहेश्वरी मर्चेन्ट बैंकिङको सीईओमा जलज कुमार अधिकारी नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जलज कुमार अधिकारी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले अधिकारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनको नियुक्ति फागुन ११ गतेदेखि लागू हुने जनाइएको छ ।