स्वास्थ्य बजेट ५६ अर्ब ४१ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेकाे छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ३ अर्ब, विदेशबाट फर्किनेलाई १० लाख ऋण

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ३ अर्ब बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री युवराज खतिवाडाले संसदमा बजेटबारे जानकारी दिदैं सो कुरा बताएका छन् ।   विदेशबाट फर्किनेले व्यवसाय गर्न १० लाख रुपैंया ऋण पाउने भएका छन् ।

हेटौंडाबाट-काठमाडौं सुरुङ मार्ग कार्यान्वयनमा उच्च प्राथमिकतामा

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको समृद्धिका लागि प्रदेश सरकार सधैँ क्रियाशील रहने बताएका छन् । मुख्यमन्त्री पौडेलले ११औँ गणतन्त्र दिवस समारोह समितिद्धारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरिने छ बताए । उनले प्रदेशका १३ जिल्लामा राष्ट्र गौरवका आयोजना सञ्चालन गर्न जिल्ला समन्वय समिति र स्थानीय तहलाई योजना सिफारिस गरी पठाउन आग्रह गरिएको बताउँदै हेटौंडाबाट काठमाडौं जोड्ने सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने विश्वास दिलाएका छन् । दिवसका उपलक्ष्यमा हेटौंडास्थित बुद्धचोकबाट मंगलबार बिहान निस्केको पदयात्रा कान्ति राजपथ हुँदै जिल्ला समन्वय परिषद्को प्राङ्गणमा पुगेपछि विसर्जन गरिएको थियो । रासस