निर्वाचनका बेला प्रतिवद्धता गरेका कामहरु पुरा गर्न सफल भएको छु- अध्यक्ष शाक्यसँगको कुराकानी

नेपालको बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो ‘नेत्रावती डबजोङ गाउँपालिका’ । ५ ओटा वडाहरु रहेको यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल मानिन्छ । वाइवा राजाको नामबाट चिनिएको डबजोङ दरबारको नाम र मार्पाकको बेसी हुँदै बगेको नेत्रावती खोलाको नामलाई जोडेर यस गाउँपालिकाको नाम नेत्रावती डबजोङ जुराइएको हो । यस गाउँपालिकाको सिमाना पूर्वमा नुवाकोटको मेघाङ गाउँपालिका, पच्चिममा त्रिपुरासुन्दरी र गंगा जमुना गाउँपालिका, उत्तरमा खनियाबास गाउँपालिका र दक्षिणमा निलामण्ड नगरपालिका सम्म फैलिएको छ । यस गाउँपालिका भित्र धार्मिक महत्वका क्षेत्रहरु जस्तै विन्दुकेशर महादेवस्थान कुण्डला देवी मन्दिर, बाराही मन्दिर र दोश्रो नवबुद्ध क्षेत्र वकाराहा रहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कसरी भूमिका खेलेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर तथा हाल त्यहाँको अवस्थाका वारेमा पनि छोटकरीमा बताइदिनुस् न विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्यायो । सो कालमा हामीले गाउँपालिकाका सबै वडाको विद्यालयमा क्वारेन्टिन स्थापना गरेका थियौं । एउटै विद्यालयमा ६० जनासम्म बस्न सक्ने क्वारेन्टिन निर्माण गरेका थियौं । शिक्षाका साथै विकास निर्माणका कामहरु पनि त्यो वेला प्रभावित भएका थिए । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । सर्वसाधारणहरु पनि त्रासरहित भएर आफ्नो काम गरिरहनु भएको छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले कृषि विकासका क्षेत्रमा धेरै नै काम गर्दै आइरहेका छौं । कृषि विकासकै लागि भनेर हामीले ‘एक घर एक टनेल’ को पनि व्यवस्था मिलाएका छौं । हामीले गाउँपालिकामा कृषि कार्यक्रम पनि राख्दै आएका छौं । समय समयमा कृषकहरुलाई कृषि तालिम पनि दिने गरेका छौं । कतिपय कृषकहरु पशुपालन पनि गरिरहनुभएको छ । पशुपालन सम्बन्धी पनि हामीले केही कार्यक्रमहरु राखेका छौं । पकेट क्षेत्र छुट्याइएको छ भने त्यसमा फरकफरक तरकारीहरुको उत्पादन हुने गरेको छ । उन्नत जातको बाख्रा पनि हामीे वितरण गर्दै आईरहेका छौं । कृषि विकासका लागि भनेर वार्षिक ९० लाख रुपैयाँ बराबरको बजेट छुट्याउँदै आएका छौं । गाउँपालिकाको तर्फबाट फलफुल र तरकारीको विउ निःशुल्क रुपमा वितरण पनि गर्ने गरेका छौं । गाउँपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् होला ? हाम्रो गाउँपालिकामा १५ सय बेडको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । ५ करोड रुपैयाँ बराबरको बजेटमा सो अस्पतालको निर्माण भइरहेको छ । त्यसैगरी गाउँपालिकाको भवन बनिरहेको छ भने ३ करोड ३५ लाख रुपैयाँको बजेटमा वडा भवनको निर्माण हुन लागेको छ । यसका साथै स्वास्थ्य भवनहरु चाहिँ कतै निर्माण हुने क्रममा छने भने कतै निर्माण भइसकेका छन् । त्यसैगरी, सडक निर्माणका कामलाई पनि तिव्रता दिएका छौं । २ करोड रुपैयाँ बराबरका सडक निर्माणका कामहरु यहाँ धेरै छन् । पालिका भित्र २ करोड रुपैयाँसम्मको खानेपानी योजनाहरु चलिरहेको छ । ठाउँठाउँमा विद्यालय भवनहरु निर्माण गर्ने काम पनि भइरहेको छ । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? प्रभावकारी नै भएको छ भन्नुपर्छ । हामीले ‘एक घर एक धारा’ अभियान पनि चलाएका छौं । यो वर्ष गाउँपालिका भित्रका ३ हजार घरधुरीमा खानेपानी पुग्ने छ । विकासका कामहरु सोचेझैं भएकोले होला जनताहरु पनि मसँग खुसी नै छन् जस्तो लाग्छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? पहिलाको तुलनामा अहिले धेरै परिर्वतन आएको छ । म निर्वाचित हुनु अगाडि गाउँपालिकाको सबै ठाउँमा सडक पुगेको थिएन । अहिले गाउँपालिकामा बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । पहिला खोलामा झोलुङ्गे पुल पनि नरहेको अवस्था थियो भने हाल झेलुङ्गो पूलको स्थापना भएको छ । खानेपानीको राम्रो व्यावस्था भएको छ । टनेल खेतीको व्यवस्था मिलाएका छौं । सिँचाईको काम पनि हामीले गरेका छौं । बाख्रा पकेट क्षेत्र पनि छुट्याएका छौं । अपाङ्ग नागरीकहरुलाई विभिन्न किसिमका तालिम दिई रहेका छौं । विकास निर्माणको काम पनि धेरै गरेका छौं । विद्यालय भवन निर्माण भएको छ । गुणस्तरीय शिक्षातर्फ ध्यान दिएका छौं । मठ, मन्दिर अनि गुम्बाको निर्माण गरेका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हामीले युवालाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु राखेका छौं । हातमा सिप भएका युवालाई सहकारीसँग समन्वय गरेर ऋणको व्यवस्था मिलाएका छौं । यदी कुनै युवा केही गर्न चाहन्छ भने गाउँपालिकाको तर्फबाट १ लाख रुपैयाँ र सहकारीबाट १ लाख रुपैयाँ गरी जम्मा २ लाख रुपैयाँ ऋण पाउन सक्छ । अदक्ष कामदारको लागि श्रम बैंकको पनि व्यवस्था मिलाएका छौं । हामीले श्रमदानमार्फत युवाहरुलाई रोजगारी पनि दिने गरेका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा रहेको छ । सो कार्यक्रममा छनोट भएका युवालाई हामीले रोजगारी पनि दिने गरेका छौं । केही समय अगाडि ग्रामीण कृषि कार्यकर्ता भनेर पनि हामीले कार्यक्रम चलाएका थियौं । त्यसैगरी, विकास निर्माणको काममा लगाएर भएपनि रोजगारको सृजना गरेका छौं । बागमती प्रदेशले सवलोनको व्यवस्था गरेको छ । उत्पादनमा काम गर्ने समुहलाई ऋण चाहिएमा ३ प्रतिशत व्याजदरमा विना धितो ५ लाख रुपैयाँ ऋण दिने र यदी व्यक्तिगत रुपमा ऋण चाहिएको छ भने चाहिँ धितो राखेर १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाएका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिका भित्रका पर्यटन क्षेत्रहरुको प्रचारप्रसारमा राम्रो ध्यान दिएका छौं । एसै त हाम्रो गाउँपालिकाले पर्यटन तर्फ प्रचूर सम्भावना बोकेको छ । पर्यटन क्षेत्रका रुपमा यहाँ डबजोङ दरबार रहेको छ । यसको संरक्षण गर्नका लागि १० लाख रुपैयाँ केन्द्र सरकारबाट आएको छ । विन्दुकेशर महादेव भएको स्थानमा चैत महिना भरी मेला पनि लाग्ने गरेको छ । पिक्निक स्पटहरु पनि टन्नै छन् । सेमजोङ भन्ने ठाउँ पूर्वको ईलामजस्तै सुन्दर र रमणीय छ । नव बुद्ध क्षेत्र पनि आकर्षणको केन्द्रका रुपमा रहेको छ । हामीले पर्यटन पुर्वाधारको विकास पनि गरिरहेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ ? गाउँपालिकाले शैक्षिक विकासका लागि धेरै काम गर्दै आएको छ । यहाँका सम्पूर्ण विद्यालयहरुमा पक्की भवन निर्माण भएको छ । विद्यालयमा खानेपानीको तथा लाइब्रेरीको व्यावस्था मिलाएका छौं भने यसका अलावा माध्यमिक विद्यालयमा कम्प्युटरको व्यवस्था गरेका छौं । विज्ञान प्रयोगसालाको व्यवस्थापन गरका छौं । गाउँपालिकाका विद्यालयहरुमा १–१ ओटा स्मार्ट टीभी वितरण गरेका छौं । विद्यालयलाई गाउँपालिकाको तर्फबाट स्मार्ट बोर्ड पनि दिने कुरा भइरहेको छ । शिक्षकहरुलाई बेला बेलामा तालिम दिने गरेका छौं । तपाईंको पालिकामा सवैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? ठुलो उद्योग त हाम्रो गाउँपालिकामा छैन भन्दा पनि हुन्छ । बरु कृषि उद्योग चाहीँ धेरै संख्यामा छन् । गाउँपालिका भित्र मझौला उद्योग पनि सञ्चालन भएको छ । कृषकहरुले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायत गर्दै आएका छन् । गाउँपालिकामा हाल कस्तो योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? हामीले भौतिक पूर्वाधारको कामलाई नै अगाडी सारेका छौं । युवाहरुको क्षमता अभिवृद्धिका कुराहरु पनि प्राथमिकतामा छ । विद्युत विस्तार कार्य सबै वडामा पुर्याउनुपर्छ भनेर जोड गरेका छौं । जनताको आधारभुत आवश्यकतालाई पनि अगाडी सारेका छौं । सडकको विकासका लागि पनि हामीले जोड दिएका छौं । यसका साथै कृषि, सिँचाई तथा विद्यालयको पूर्वाधार लगायतका कामलाई पनि प्रथामिकतामै राखेका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय तह र प्रदेश सरकारबीच राम्रो समन्वय भएको छ । स्थानीय तहमा ठुलो बजेटमा विकास निर्माण गर्नुपरेको अवस्थामा डीपीआर गरेर प्रदेश सरकारलाई पठाउने गरेका छौं । विकास निर्माणको काममा पनि प्रदेश सरकारसँग समन्वय हुने गरेको छ । गाउँपालिकाले सोचे अनुसारको नै बजेट तथा योजनाहरु आईरहेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् नि ? स्थानीय तहमा काम गर्दा सामान्य किसिमका समस्याहरु देखा पर्ने गर्दछन् । केही समय अगाडी कर्मचारीहरुको अभाव थियो । पहिला गाविस भएको कारणले गर्दा बजेट पनि थोरै आउने गरेको थियो । हाल यो समस्याको सामाधान भइसकेको छ । उपभोक्ता समितिमा पनि समस्या रहेको छ । कहिलेकाहीँ विकास निर्माणको काममा पनि समस्या देखापर्ने गरेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ त ? केन्द्र सरकारले हामीलाई सहयोग गरेकै छ । विशेष अनुदानको रुपमा हामी केन्द्र सरकारसँग पनि काम गरिरहेको छौं । केन्द्र सरकारबाट वार्षिक १० करोड रुपैयाँ बराबरको बजेट आउने गरेको छ । विभिन्न क्षेत्रमा बजेट छुट्याएर केन्द्र सरकारले पठाउने गरेको छ । तपाईंले गरेको विकास निर्माणका कार्यप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म त एकदम सन्तुष्ट छु । विगतमा कुनै पनि संरचना थिएन । विगतकोभन्दा अहिले धेरै नै विकास निर्माणका कामहरु भएका छन् । निर्वाचनमा बोलेका कुराहरु पूरा गर्न सफल पनि भएका छौं । जनताको गुनासोलाई सम्वोधन गर्न सकिएको छ । म मात्र होइन विकास निर्माणको काम प्रभावकारी भएकाले यहाँको नागरिक पनि सन्तुष्ट भएको नै पाएको छु । सायद उहाँहरुको सन्तुष्टीले नै मलाई पनि सन्तुष्टि मिलेको हुनुपर्छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मूख्य योजना भनेकै जनताको आधारभुत आवश्यकतालाई पुरा गर्ने हो । गाउँपालिकाको प्रत्येक घरमा विद्युत पुर्याउने लक्ष रहेको छ । खानेपानीको उचित व्यवस्था गर्ने, सबै वडामा स्वास्थ्य भवनको निर्माण गर्ने, आधारभुत अस्पतालको निर्माण गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने, पुर्वाधारको विकासतर्फ कम्मर कसेर अघि बढ्ने मैले योजना बनाएको छु ।

पूर्वाधार निर्माणका क्षेत्रमा केन्द्र सरकारले खासै सहयोग गरेको छैन – गाउँपालिका अध्यक्ष सुब्बासँगको कुराकानी

प्रदेश नं १ अन्तर्गत संखुवासभा जिल्लामा पर्ने ‘सभापोखरी गाउँपालिका’ कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा पनि निक्कै चर्चित एवं रमणीय गाउँपालिका हो । यो गाउँपालिकाले ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक विविधता बोकेको त छ नै साथै प्राकृतिक रुपले पनि निक्कै सुन्दर छ । वि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १० हजार ४ सय ९२ जनाको वसोवास रहेको छ भने यहाँ ६ ओटा वडाहरु रहेका छन् । सभापोखरी, बन्दुके तिर्थस्थल, गोजरुजुरे हिमाल, रानीढुङ्गा लामालमिन गुफा, महादेवथान लगायतका स्थानहरुले यस गाउँपालिकालाई विशेष बनाएको छ । यस गाउँपालिकाबाट नेपालको छोटो नाका किमाथांकासँग जोड्ने वैकल्पिक मार्गको समेत संभावाना देखिएको छ । सभापोखरीजस्तो प्रमुख तिर्थस्थलमा केवलकार सञ्चालन गरी पर्यटकलाई गाउँपालिकामा तान्न सके मात्र पनि सिङ्गो नेपालको आर्थिक विकासमा पक्कै पनि टेवा पुग्ने थियो । यस गाउँपालिका भित्र कार्ज, तामा, कुरिङ, तुर्मालिङ लगायतका खानी रहेका छन् । यस गाउँपालिका भित्रबाट बग्ने नदीनालाहरुमा सभाखोला, लंखुवाखोला, धुपूखोला, भोटीखोला, याक्सुवाखोला, ठगुवाखोला आदि रहेका छन् भने उक्त खोलाहरुबाट यस क्षेत्रलाई धान्न सक्ने विध्युत उत्पादन हुने कुरा पनि अध्ययन बाट देखिएको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रित हुँदै सो गाउँपालिकाका अध्यक्ष रतन वहादुर सुब्बासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे छोटकरीमा बताइदिनुस् न विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर गर्यो । कोरोनाकालमा हामीले ४० जनासम्म राख्न मिल्ने क्वारेन्टिन स्थापना गरेका थियौं भने १४ बेडको आइसोलेसन कक्षको निर्माण गरेका थियौं । अप्ठ्यारो वेलामा सहज होस् भन्ने हेतुले हामीले कोरोना कोषको पनि स्थापना गरेका थियौं । कोरोना कोषको लागि ३० लाख रुपैयाँ बजेट छुट्याएका थियौं । हामीसँग दक्ष स्वास्थ्यकर्मीको अभाव थियो । स्वास्थ्यकर्मीको अभाव कारण संक्रमितहरुलाई नजिकैको सदरमुकाम खाँदवारीमा पठाएका थियौं । कोरोनाले शिक्षाका साथै विकास निमार्णको कामहरु ठप्पप्रायः नै भए । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । सर्वसाधारणहरु पनि त्रास रहित भएर आफ्नो काम गरिरहनु भएको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के छन् ? ठुलो योजनाको रुपमा त सडक नै रहेको छ । हामीले धेरै बजेट सडक निर्माणको लागि भनेरै छुट्याएका छौं । गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडकको स्तरोन्नतीका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएका छौं । त्यस बाहेक गाउँपालिका भित्रका सडक निर्माणको लागि भनेर वार्षिक ६ करोड रुपैयाँ बजेट छुट्याएका छौं । त्यसैगरी खानेपानी व्यवस्थापनको लागि पनि बजेट छुट्याएका छौं । यसका साथै गाउँपालिकाको भवन टेन्डर प्रक्रिया बाट ठेक्का लगाएर निर्माण भइरहेको छ । २ करोड ८६ लाख रुपैयाँ बराबरको बजेटमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । यतिवेला ४ र ५ नं वडामा मात्र विद्युत पुग्न बाँकि छ भने सडक चाहिँ सबै वडामा पुगिसकेको छ । उक्त २ ओटा वडामा विद्युत पु¥याउन विद्युत प्रविधिकरणलाई हामीले ठेक्का लगाएका छांै । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् त ? धेरै नै प्रभावकारी भएको छ जस्तो लाग्छ मलाई । हामीले मिहिनेत पनि कम्मर कसेरै गरिरहेका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि पनि प्रचूर संभावना बेकेको ठाउँ हो । धार्मिक क्षेत्रका रुपमा हामीले सभापोखरीलाई विशेष जोड दिएका छौं । त्रिवेणी धाम जसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि हामीले १२ करोड रुपैयाँ माग गरेका थियौं । जसमा ३ करोड रुपैयाँ पर्यटन मन्त्रालय बाट बजेट विनियोजन भएको छ । पर्यटन क्षेत्रको विकासको लागि हामीले वार्षिक ३० लाख रुपैयाँ बजेट छुट्याउँदै आएका छौं । यहाँका सभाखोला तथा लंखुवाखोलाका असला माछा नेपालभित्रको मात्र नभएर विभिन्न वैदेशिक मुलुकहरुसम्म पनि चर्चित रहेको छ । त्यसैगरी पर्यटकहरुका लागि भनेर हामीले होमस्टेको पनि अवधारणा बनाइरहेका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । यहाँका धेरै मानिसहरु खेतीकिसानी गर्छन् । कृषिलाई अधुनिकिकरण गर्नका लागि हामीले विशेष जोड दिएका छौं । केहि बजेट हामीले कृषि क्षेत्रलाई पनि छुट्याएका छौं । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमतर्फबाट २४ लाख रुपैयाँ बजेट अनुदानको रुपमा आएको छ । हावापानी सुहाउँदो विउविजन पनि लगाएका छौं । हामीले गाउँपालिकामा धान, तरकारी र मकैको विउ ७५ प्रतिशत अनुदानमा दिँदै आएका छौं । नगदे वालीको रुपमा अलंैची तथा रुद्राक्ष उत्पादन हुने गरेको छ भने खाद्यान्न तर्फ भने धान, मकै, कोदो, गहुँ, आलु आदिको उत्पादन हुने गरेको छ । किवि खेती पनि केही मात्रामा हुने गरेको छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? म निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा धेरै परिर्वतन आएको छ । यहाँको सबै वडामा आधारभुत स्वास्थ्य सेवा सञ्चालन भएको छ । स्वास्थ्य भवनको निर्माण पनि भइसकेको छ । वडा कार्यालयको भवन निर्माण भएर जनतालाई सेवा दिने काम भएको छ । सबै वडामा सडक पुर्याउने तथा निर्माण हुने काम भइरहेको छ । बाह्रविशे बजारमा ढलान भएको छ । गुणस्तरीय शिक्षालाई अगाडि बढाई रहेका छौं । स्थानीय तहमा कामगर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? स्थानीय तहमा कामगर्दा सामान्य किसिमका समस्याहरु देखा पर्ने गर्छन् । केही समय अगाडि कर्मचारीको अभाव थियो । सेवाग्राहिलाई समयमै सेवा दिन समस्या थियो । हाल यो समस्याको समाधान भइसकेको छ । कहिलेकाहीँ विकास निर्माणको काममा पनि समस्या देखापर्ने गरेका छन् । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय तह र प्रदेश सरकारबीच समन्वय भइरहेकै छ । प्रदेश सरकारबाट आउने बजेटलाई हामीले विभिन्न क्षेत्रमा विनियोजन गरेका छौं । स्थानीय तहमा हुन लागेका विकास निर्माणको काममा पनि हाम्रो समन्वय भएको छ । स्थानीय तहमा ठुलो बजेटमा विकास निर्माण गर्नुपरेको अवस्थामा डीपीआर गरेर प्रदेश सरकारलाई पठाउने गरेका छौं । प्रदेश सरकारले भने विकास निर्माणका क्षेत्रमा धेरै ठुलो परामर्श नगरेको महशुस गरेको छु । प्रदेश सरकारले ल्याउनु पर्ने कार्यक्रमहरु खासै ल्याएको पनि छैन । त्यसोभए केन्द्र सरकारबाट चाहिँ कत्तिको सहयोग मिलेको छ नि ? गाउँपालिकाको सडक, झोलुङ्गे पुल लगायतको निर्माणका लागि हामीले केन्द्र सरकारको सहयोग मागेका थियौं तर यस काममा सहयोग पाउन सकेनौं । केन्द्र सरकारबाट सामान्य बजेट मात्र आउने गरेको छ । त्यो भनेको समपुरक अनुदानको रुपमा वार्षिक १४ करोड रुपैयाँ बजेट आउने गरेको छ । गाउँपालिकाले युवाहरुका लागि रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ । हामीले युवा लक्षित विभिन्न कायक्रमहरु पनि ल्याएका छौं । कृषि विकास र क्षमता विकास अन्तर्गत युवालाई हामीले बजेट छुट्याएका छौं । युवाको क्षमता विकास गर्ने काम गरिरहेका छौं । हामीले युवालाई विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेका छौं । गाउँपालिकामा धेरै युवाहरु कृषि पेशामा लागेका छन् । यहाँ उद्योगधन्दाको विकास गर्न खासै सकिएको चाहिँ छैन । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? ठुलो उद्योग हाम्रो पालिकामा रहेको छैन भन्दा पनि हुन्छ । तरपनि यहाँ विभिन्न उद्योगहरु सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना भने रहेको छ । हाल गाउँपालिका भित्र ५ मेगावट बराबरको लंखुवा हाइड्रो सञ्चालनमा छ । हाम्रो गाउँपालिकाका नागरिकहरुको मुख्य पेसा भनेको खेती किसानी नै हो । कृषकहरुले खेती, कुखुरा पालन, पशुपालन लगायतका कामहरु गर्दै आइरहेका छन् । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषि र पशुपालनलाई नै जोड दिनेछु । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म सन्तुष्ट नै छु । गाउँपालिकाको स्रोत र साधनले भ्याए अनुसार सक्दो कार्य गरेका छौं । विगतको भन्दा धेरै विकास पनि भएको छ । मुख्य कुरा त यहाँका नगारीकहरु सन्तुष्ट भएको पाएको छु । र सायद उहाँहरुको सन्तुष्टीले नै मलाई पनि सन्तुष्टि मिलेको हुनुपर्छ । गाउँपालिकामा मानिसहरु प्रयाः के कस्ता समस्याहरु लिएर आउने गर्छन् ? गाउँपालिकामा मानिसहरु विभिन्न किसिमका समस्या लिएर आउने गरेका छन् । कोही आवासको समस्या लिएर आउने गरेका छन् । प्रदेश सरकारले दिएको सहरी विकास अन्तर्गतको जनता आवास कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आउन सकेन । त्यसका अलावा विकास निर्माणको काममा अलि बढि बजेट छुट्याउनुप¥यो भन्ने जस्तो गुनासो लिएर आउनेहरु पनि छन् । गाउँपालिकाले हाल कस्तो योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ? हामीले भौतिक पूर्वाधारका कामलाई नै अगाडी सारेका छौं । विद्युत विस्तार कार्य सबै वडामा पुर्याउनु पर्छ भनेर जोड गरेका छौं । त्यसका साथै कृषि, सिँचाई तथा विद्यालयको पुर्वधार लगायतका कामलाई पनि प्राथमिकतामा राखेका छौं । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा यहाँका सम्पूर्ण वडाका कुनाकाप्चासम्मै सडक तथा विद्युत पुर्याउने योजना बनाएको छु । खानेपानीको व्यावस्था गर्ने, सबै वडामा स्वास्थ्य भवनको निर्माण गर्ने, आधारभुत अस्पतालको निर्माण गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने, युवालाई सिप सिकाएर आत्मनिर्भर बन्न सघाउने समेत योजना बनाएको छु ।

दुध उत्पादक किसानलाई प्रतिलिटर ४ रूपैयाँ अनुदान दिएका छाैं–अध्यक्ष एकराज उप्रेती

‘मनहरी गाउँपालिका’ बागमती प्रदेश अन्तर्गतको मकवानपुर जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा निक्कै चर्चित छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न समेत सफल यस गाउँपालिकाको क्षेत्रफल १ सय ९९ दसमलव ५ वर्ग कि. मि. रहेको छ । वि. सं. २०६८ को जनगणना अनुसार यो पालिकामा ३८ हजार ३ सय ९९ जनसंख्या रहेको छ भने गाउँपालिकामा ९ ओटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्वमा हेटौंडा उपमहानगरपालिका, पश्चिममा राप्ती नगरपालिका, उत्तरमा राक्सिराङ्ग गाउँपालिका र दक्षिणमा भने पर्सा जिल्लामा पर्ने पर्सा राष्ट्रिय निकुञ्ज रहेको छ । गाउँपालिकाका ठूला योजना तथा परियोजनाहरु केके हुन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्ने लगायतका विषयमा केन्द्रित हुँदा सो गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? म निर्वाचित भएर आईसकेपछि गाउँपालिकामा धेरै परिर्वतन आएको छ । सडकको विकास भएको छ । गाउँपालिकाको सबै ठाउँमा यातायात बाट सजिलै पुग्न सक्ने अवस्था भएको छ । ग्राबेल पनि नभएका सडहरु धमाधम पिच हुन थालेको छ । पक्की पुलको निर्माण भएको छ । गाउँपालिका भित्रको सबै ठाउँमा बिजुली पुगेको छ । खानेपनीको राम्रो व्यवस्था भएको छ । विद्यालय भवनको निर्माण भएको छ । गुणस्तरीय शिक्षा सिकाई प्रक्रिया अगाडि बढेको छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? ५ वर्षको कार्यकालमा एकदमै धेरै परिर्वतन त नहुन सक्छ । तरपनि विगतको तुलनामा गाउँपालिकामा भएको परिर्वतनलाई उल्लेख्य नै मान्नुपर्छ । हामीले गाउँपालिका भित्र टोल सुधार समितिको गठन गरेका छौं । डम्पीङ साइटको व्यवस्थापन मिलाएका छौं । विद्यालय भवनको निर्माण भइरहेको छ । यति हुँदाहुँदै पनि मेरो कार्यकालमा गाउँपालिका अझ संबृध बनोस् भन्ने चाहेको छु । धेरै विकास निर्माण गर्ने, स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा सुधार गर्ने, सबै वडामा सडक पुर्याउने लगायतका योजान मैले बनाएको छु । गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरु के–के हुन् ? गाउँपालिका भित्र ५ ओटा पुलको निर्माण भइरहेको छ । ५३ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रियाबाट ठेक्का लगाएका छौं । यो ५ ओटा पुल निर्माण हुँदा गाउँपालिकाको ४ ओटा वडाका नागरिकले ठुलो लाभ प्रप्त गर्नेछन् । पुल निर्माण नहुँदा पानी परेको समयमा विद्यार्थीहरु विद्यालयमा बस्नु पर्ने अवस्था थियो । यातायात सञ्चालन हुन पनि कठिन अवस्था थियोे । नेपालको ४ सय ६० गाउँपालिका मध्ये आफ्नै स्रोतबाट ५ वटा पुल एकैपटक ठेक्का लगाउने एक मात्र गाउँपालिकाका मनहरी नै हो भनेर चिनिन्छ । खानेपानीको योजना पनि हाम्रो गाउँपालिकामा रहेको छ । पालिका भित्र ८ करोड रुपैयाँ सम्मका खानेपानी योजनाहरु चलिरहेको छ । ४ हजार घरधुरीका नागरिकले शुद्ध खानेपनी पाउने छन् । यो सेवा लिनको लागि नगरिकले सामान्य विद्युत र मिटरको पैसा तिर्नुपर्ने हुन्छ । गाउँपालिकामा धेरै सडकहरु कालोपत्रे हुन थालेका छन् । सडक विकासको सवालमा हाम्रो गाउँपालिका निकै अगाडि बढेको छ । प्राथमिक स्वास्थ्य केन्द्र सबै वडामा सञ्चालन भएको छ भने गाउँपालिकामा ५३ जना स्वास्थ्यकर्मी रहेका छन् । १५ सय बेडको अस्पातल निर्माणको लागि टेन्डर प्रक्रिया अगाडि बढिरहेको छ । अस्पताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट रहेको छ । विद्यायलको भवन निर्माण गर्ने काम पनि भइरहेका छ । ५४ करोड रुपैयाँ बराबरको मदन भण्डारी स्मृती खेल मैदान निर्माण गर्ने भनेर २० बिघा जमीनलाई संरक्षण गरिरहेका छौं । यसमा प्रदेश र केन्द्रको सहयोग रहेको छ । तपाईंको पालिकामा सबैभन्दा ठूलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा पानी र जुस उत्पादन गर्ने उद्योग रहेको छ । फलाम उद्योग रहेको छ । औद्योगिक क्षेत्र बनाउने भनेर जमीन पनि छुट्याएका छौं । कागज कारखाना विकास गर्ने हाम्रो योजना रहेको छ । सानासाना उद्योग विकास गर्नतर्फ पनि हामी लागिपरेका छौं । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ? सबैभन्दा बढि कर तिर्ने भनेको क्रसर उद्योगले हो । गत साल ५२ लाख रुपैयाँ बराबरको कर तिरेको थियो । यस कम्पनीले बढि कर तिरेको भएर गाउँपालिकाको तर्फबाट सम्मान पनि पाएको छ । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै बढि जोड दिन्छु । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? गाउँपालिका भित्र कृषि विकासको लागि धेरै काम हुँदै आएको छ । हाम्रो गाउँपालिका कृषिमै आत्मनिर्भर बन्दै गएको छ । गाउँपालिका भित्रका ९ ओटा वडालाई पकेट क्षेत्रका रुपमा छुट्याएका छौं । वडा अनुसार बाख्रा, माछा, फलफुल, तरकारी, धान लगायतका पकेट क्षेत्रको घोषणा गरेका छौं । विशेष गरेर विषादी रहित तरकारी खेतीको उत्पादन पालिका भित्र सुरु भएको छ । यसको लागि आवश्यक पर्ने पूर्वधार तयारी गर्दै आएका छौं । समय अनुसारको तरकारी तथा धानको विउ खरीद गरेर हामीले ७५ प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउने काम पनि गरेका छौं । हामीले ‘मुल विउ’ भन्नाले विउ उत्पादन गर्ने र ‘उन्नत विउ’ भन्नाले चाहिँ बढि उत्पादन गर्नेको निम्ति गत साल २० टन धानको विउ किसानलाई वितरण गरेका थियौं । त्यतिखेर नेपालमा लकडाउन भएको अवस्था थियो । जसको कारणले किसानले उत्पादन गरेको तरकारी बेच्ने ठाउँ समेत थिएन । यस्ता समस्या आई परेको बेला हामीले किसानलाई पनि सहयोग गर्यौं । बाख्रा पालन कार्यक्रम पनि सञ्चालनमा रहेको छ । गाई प्रवद्र्धन कार्यक्रमको बिज्ञापन निकालेका छौं । दूधलाई डेरीमा लगेर जस्ले बिक्रि गर्छन् त्यस्ता किसानलाई प्रति लिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउने कार्यक्रम पनि रहेको छ । प्रदेश सरकारले पनि २ रुपैयाँ दिएको छ । सहकारीमा दूध बेच्ने किसानले ४ रुपैयाँसम्म सरकारी कमिसन पाउँछन् । गाईवस्तु पाल्ने किसानलाई घाँस काट्ने मेशिन पनि बितरण गरेका छौं । गाई वस्तुलाई गरिने कृतिम गर्वाधान पालिकाले निःशुल्क रुपमै गर्दै आएको छ । गाउँपालिकामा कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ? हाम्रो पालिकामा करिव ९० प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् । राम्रो कृषि उत्पादन गर्ने कृषकलाई गाउँपालिकाले पुरस्कारको व्यावस्था मिलाएको छ कि छैन ? राम्रो कृषि उत्पादन गर्र्ने कृषकलाई सामान्य पुरस्कारको व्यवस्था मिलाएका छौं । गाउँपालिकामा धेरैजसो कृषि उत्पादन राम्रो हुने गरेको छ । कसको राम्रो भनेर छुट्याउन समस्या हुने गरेको छ । हाते ट्रयाक्टर तथा कृषि औजार हामीले ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिका भित्रको पर्यटन क्षेत्रको प्रचार प्रसार गरिरहेका छौं । पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको हाम्रो गाउँपालिकामा सम्झन लायक धेरै कुरा छन् । पर्यटन क्षेत्रको लागि हामीले समितिको गठन गरेका छौं । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज हाम्रो गाउँपालिका भित्र रहेको छ । मनहरी पिस पार्कको पनि निर्माण गरेका छौं । आमा घरको निर्माण भएको छ । बुद्ध गुम्बा पर्यटक क्षेत्र भित्र पारेर ६५ फिट अग्लो बुद्ध मुर्ती निर्माण गर्ने काम गरिरहेका छौं । धार्मिक पर्यटकिय क्षेत्रलाई पनि ध्यान दिएर सार्वजानिक सम्पतिहरुलाई घेरबार गरेका छौं । पर्यटकहरुका लागि होमस्टोको पनि व्यवस्था मिलाएका छौं । हाम्रो गाउँपालिका भित्र मठ, मन्दिरहरु पनि रहेका हुनाले आन्तरीक पर्यटकहरुको पनि बाक्लो उपस्थिति हुने गरेको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवा रोजगारको लागि भन्दै लघुउद्यम कार्यक्रम सञ्चालन गरेका छौंं । धेरै युवाहरु कृषि पेशामा आवध रहेका छन् । कृषि गरेका युवाहरुलाई अनुदानमा प्लास्टीक टनेल वितरण गरेका छौं । युवा लक्षित गर्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रम ल्याएका छौं । तालिम अनुसारको युवालाई उत्पादनसँग पनि जोड दिएर तरकारीहरुलाई बजारीकरण गर्ने गरी यो बर्ष ५० जना दक्ष कृषक उत्पादन गर्ने भनेका छौं । गाउँपालिकाले सहकारीलाई अनुदानमा दिने छ भने सहकारी मार्फत युवाले विउ ५ प्रतिशत व्याजदरमा ऋण प्रप्त गर्नसक्ने छन् । प्रदेश सरकारको तर्फबाट साना किसान विकास बैंक मार्फत ३ प्रतिशत व्याजदरमा गाउँकै कृषि सहकारी मार्फत १० लाख रुपैयाँसम्म ऋण पनि पाउँछन् । कृषि विकास बैंक मार्फत् २० लाख रुपैयाँ सम्म उद्योग गर्नको लागि युवाले ऋण लिन सक्छन् । गाउँपालिकामा गरिएका विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? म जनप्रतिनिधिको रुपमा गाउँपालिकामा आईसकेपछि गरेका विकास निमार्णको कामहरु सबै नै प्रभावकारी छन् । जनताको जीवनमा ठुलो परिर्वतन हुने काम भई रहेको छ । विकास राम्रो भएकाले जनताहरु मसँग खुसी नै छन् जस्तो लाग्छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय सरकार र प्रदेश सरकारबीच हाम्रो समन्वय भएको छ । हाम्रो गाउँपालिका प्रदेश सरकारको नजिकै रहेको छ । प्रदेशबाट गाउँपालिकामा योजनाहरु पनि आउने गरेको छ । प्रदेश सरकारसँग समन्वय गरेर नै विकास निर्माणको कामहरु पनि गरिरहेका छौं । गाउँपालिकाले सोचे अनुसारको नै बजेट तथा योजनाहरु आइरहेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? स्थानीय तहमा काम गर्दा सबै भन्दा बढि कानुनी समस्या छ । साना साना कानुनी अड्चनले विकास निर्माणमा समस्या आउने गर्छ । माननीय भन्नाले विधान, कानुन बनाउने हो । कानुनले कहाँ–कहाँ समस्या प¥यो भनेर माननीयहरुले हामीलाई कहिल्यै पनि सोधेनन् । विकास गर्ने मात्र भनेको छ तर विकास गर्नको लागि कानुनी अवरोध कहाँ छ भन्ने कुराको पहिचान नै भएको छैन । यस्ता कुरालाई चाँडै समाधान गर्नुपर्छ जस्तो मलाई लाग्छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ? केन्द्र सरकारले हामीलाई सहयोग मिलेको छ । मूल बजेटनै केन्द्र सरकारले बाट आउने गरेको छ । हामीलाई विभिन्न क्षेत्रको विकास गर्नको लागि भनेर केन्द्र सरकारले ३० करोड रुपैयाँको वार्षिक बजेट पठाउने गरेको छ । गाउँपालिका भित्रको स्थानीय स्रोत ३० करोड रुपैयाँ बराबरको हुने गरेका छ ।