अब हरेक सरकारी अस्पतालमा स्तनपान कक्ष निर्माण हुने

काठमाडौं। स्वास्थ्य सेवा विभागले देशको हरेक सरकारी अस्पतालमा स्तनपान कक्ष निर्माण गर्ने भएको छ। चालु आर्थिक बर्षमा देशका बिभिन्न सरकारी अस्पतालमा  स्थनपान कक्ष स्थापना गराउने र त्यसपछि उधोग प्रतिष्ठान, सरकारी कार्यालयलगायत हरेक क्षेत्रमा पनि उक्त स्तनपान कक्ष निर्माण गरिने विभागले जानकारी दिएको छ। सरकारले युरोपियन युनियन र युनिसेफको सहयोगमा यो व्यवस्था हुन लागेको हो । स्तनपान दिवसको अवसर पारेर विभागले बुधबार आफ्नो कार्यलयमा स्तनपान कक्षको शुभारम्भ गरेकाे छ ।  कार्यलयमा कार्यरत कर्मचारी र सेवाग्राहीहरुलाई स्तनपान गराउन सजिलो होस् भनेर यस्ताे व्यवस्था गरिएकाे हाे । देशभरका अन्य कार्यलयमा  पनि यस्ताे कक्ष बनाउने लक्ष्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब सुशील प्याकुरेलले बताए। विभाग पेरिसअरमा स्तनपान कक्ष स्थापना भएपछि  नजिकै रहेको सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा लिना आउने महिला र उनीहरुको बालबालिकालाई पनि फाईदा पुग्ने प्याकुरेलले बताए। कार्यक्रममा हेलेन केलर स्वास्थ्य संस्थाको पोसनविद्हरुले स्तनपानको कारण बच्चा र आमामा हुने फाईदाको बारेमा जानकारी दिएका थिए। हालको श्रम एेन, २०६४ ले स्तनपान गराउने महिलाहरुलाई ९८ दिन सुत्केरी बिदा दिन प्रभाधान राखेकोमा सिसु तथा बाल्यकालिन पोसन रणनीतिलाई छ महिनासम्म बनाउन जोड दिएको छ।

मेगा बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा विशेष छुट, १५०० मै ११ वटा सेवाको प्याकेज पाउने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडको उपचार सेवामा विशेष छुट पाउने छन् । दुई कम्पनीबीच सेवा आदान प्रदान सम्बन्धी सम्झौता भएपछि बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् । सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मेगा बैंकका कर्मचारी, ग्राहक र उनीहरुका परिवारलाई विभिन्न स्वास्थ्य सेवा र सुविधा प्रदान गरिने उल्लेख छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले १५ सय रुपैयाँ तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने भएका छन् । प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, युरिन टेस्ट, एसजीओटी, एकजीपीटी, चेस्ट एक्सरे, इसीजी, चिकित्सक परामर्श र रजिष्ट्रेशन कार्ड रहेका छन् । यसैगरी, मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे ७ प्रतिशत छुट पाउने भएका छन् । ग्राण्डी अस्पतालले उपचारका लागि आकस्मिक रुपमा हेलिकप्टर प्रयोग गर्नुपर्दा मेगाका ग्राहकवर्ग र उनीहरुको परिवारलाई प्राथमिकता दिने सम्झौता भएको छ ।

एनआईसी एशियाका ग्राहकलाई ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार दुई संस्थाबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई हस्पिटलमा उपचार गराउँदा सो मात्राको छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलर हस्पिटलको तर्फबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।