ज्योति लाईफका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट
काठमाडौँ । ज्योति लाइफ इन्स्यारेन्स कम्पनी र हरिसिद्धी, ललितपुर स्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरीय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र अस्पतालका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् भने उक्त कार्यक्रममा अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
बेलायतको रोयल कलेजले मेडिसिटीमा गर्यो प्रि–कन्फ्रेन्स, चिकित्सा शिक्षाका ६० जना सहभागी
काठमाडौँ । बेलायतको रोयल कलेज अफ फिजिसियनमा एमआरसिपी ग्रयाडुएट हुन इच्छुक चिकित्सहरुले नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको प्रि–कन्फ्रेन्समा सहभागिता जनाएका छन् । एमआरसिपी भन्नाले मेम्बर अफरोयल कलेज अफ फिजिसियनस हो । द रोयल कलेज अफ फिजीसियनस एडिन्ब्राका प्रमुख प्रा. डेरेक बेलको नेतृत्वमा नेपालमा पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो । बेरेकले एमआरसिपि ग्रयाडुएट हुन चाहनेहरुलाई यस किसिमका कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञता हासिल गर्न मद्दत पुुग्ने जानकारी गराइन् । संसारका विभिन्न स्थानबाट चिकित्सकहरुको परीक्षा लिइने प्रक्रिया सञ्चालन गर्दै आएको रोयल कलेज अफ फिजिसियनले यस पटक नेपालमा समेत यस किसिमको कार्यक्रमको आयोजना गरेको हो । ललितपुरमा स्थित नेपाल मेडिसिटी अस्पतालकमा रोयल कलेज अफ फिजिसियनले आयोजना गरेको प्रि–कन्फ्रेन्समा करिब ६० चिकित्सा शिक्षाका प्रशिक्षार्थी तथा चिकित्सकहरु सहभागी रहेका थिए ।
सिभिल बैंकका ग्राहकलाई ब्लू क्रस र मेडीसिटी हस्पिटलमा विशेष छुट
काठमाडौँ । सिभिल बैंक लिमिटेडले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलसंग सम्झौता गरेको छ । ब्लू क्रस हस्पिटलसंग बैशाख १७ गते मंगलवार र मेडीसिटी हस्पिटलसंग बैशाख १९ गते सम्झौता भएको हो । सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलको तर्पmबाट ब्यवस्थापन समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलको तर्पmबाट महाप्रबन्धक बिजय रिमालले छुट्टाछुट्टै कार्यक्रमका बीच हस्ताक्षर गरे । अब सिभिल बैंकका ग्राहकहरुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउने छन् ।