सूर्यविनायक क्षेत्रका ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई
काठमाडौं। तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ । आज गरेको अनुगमनका क्रममा टोलीले अखाद्य वस्तु मिसाएर बनाएको मिठाई, ढुसी आएको, बिग्रिएको र पुरानो मिठाई तथा मिठाई बनाउन प्रयोग हुने तेल भारी मात्रामा नष्ट गरेको छ । सृजना नगरस्थित कन्हैया स्विट एण्ड चाट हाउस, सल्लाघारीको गणपति स्विट हाउस, लक्ष्मी स्विट एण्ड चाट हाउस, सूर्यविनायकको गणेश मिठाई भण्डार, सूर्यविनायक मिठाई भण्डार, पाण्डुबजारको जय माता दी स्विट एण्ड चाट हाउसमा अखाद्य वस्तु मिसाएर मिठाई बनाएको अनुगमनका क्रममा फेला पारिएको थियो । केहि पसल दर्ता नभएका र केही दर्ता भए पनि नवीकरण नगरिएको पाइएको छ । तिहारका लागि बनाइएको अधिकांश मठाई पकाउने तेल जाँच गर्दा रानसिड (एशिड) बढी भई गुणस्तरहीन भएको, तेलमा अखाद्य वस्तुको मिसावट भएको, म्याद नाघेको रंग प्रयोग गरेको, आवश्यकताभन्दा अत्यधिक बढी अखाद्य रंग प्रयोग गरिएको, बासी मिठाई र म्याद नाघेको सामानहरु ठूलो मात्रामा जफत गरी नष्ट गरेको अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जानकारी दिए। सूर्यविनायकस्थित लक्ष्मी मिठाई भण्डार एवं फुड क्याफे र सिद्धिलक्ष्मी मिठाई तथा दही भण्डार अन्यको तुलनामा राम्रो र सफा पाइएको थियो । त्यसैगरी दधिकोटस्थित मोर्डन दुग्ध डेरीमा गरिएको अनुगमनमा नगरपालिकामा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । नगरपालिकाका उपप्रमुख जुना बस्नेतसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक शिवप्रसाद भण्डारी, नवराज आचार्य, नगरपालिका शाखा अधिकृत अनिरुद्र नेपाल, कर्मचारीहरु पूर्णचन्द्र शर्मा, शोभा घिमिरे, सुमित्रा थापा, उपभोक्ता महासङ्घका प्रतिनिधि लक्ष्मी भण्डारी लगायतको टोलीले अनुगमन गरेको थियो । मानवीय जीवनमाथि खेलबाड गरी अखाद्य वस्तु मिसाउने व्यक्तिलाई रु पाँच हजार जरिवाना र ६ महीना कैद सजायको व्यवस्था गरिएको खाद्य प्राविधिक शिवप्रसाद भण्डारीले जानकारी दिए। मिठाई बनाउँदा पाँच केजीमा एक ग्राम मात्रै खान उपयुक्त भनेर प्रमाणित गरेको रङ राख्न पाइने भए पनि व्यापारीले पाँच किलो मिठाईमा १५ ग्रामसम्म रंग प्रयोग गरेको पाइएको उनले बताए। रासस
जन्मान्तर कति हुनु राम्रो ? नयाँ अध्ययनले यसो भन्छ
काठमाडौं। आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भधारण गर्नु उचित हुने एउटा नयाँ अनुसन्धानले जनाएको छ। ती अनुसन्धानकर्ताहरूका अनुसार हाल विश्व स्वास्थ्य संगठनले भन्ने गरेको जस्तो त्यसको निम्ति १८ महिनासम्म कुर्न भने जरूरी छैन। गर्भधारणमा उचित अन्तर नराखे त्यसले समय अगावै शिशुको जन्म हुने, साना आकारका शिशु जन्मने र मातृ तथा शिशु मृत्युदर बढाउने खतरा निम्त्याउन सक्छ। नयाँ अनुसन्धानका निष्कर्षले बढी उमेरका महिलाहरूलाई खुशी दिने अनुसन्धानकर्ताहरूले ठानेका छन्। ब्रिटिश कोलम्बिया विश्वविद्यालय तथा हार्भाड टिएच चान स्कूल अफ पब्लिक हेल्थद्वारा क्यानाडामा डेढ लाख सुत्केरीहरूमा गरिएको अनुसन्धानको निष्कर्ष जामा इन्टरनल मेडिसिनमा प्रकाशन गरिएको छ। सो निष्कर्ष अनुसार सुत्केरी हुनु र अर्को गर्भधारण गर्नुका बीच १२ देखि १८ महिनाको अन्तर राख्नु उत्तम हुन्छ। जबकि विश्व स्वास्थ संगठनको विद्यमान निर्देशिकाले त्यस्तो अन्तर कम्तीमा १८ महिनादेखि २४ महिना हुनुपर्ने भन्छ। बीबीसी
मुटूरोग पत्ता लगाउने नयाँ प्रविधी भित्रिदै, घरमै बसेर प्रयोग गर्न सकिने
काठमाडौं। स्वास प्रश्वासमा धिमा गती हुने लक्षण पछि अस्पताल आईपुग्दासम्म विरामीको उपचारको लागि धेरै ढिला भइसकेको हुनसक्छ यसर्थ यस्ता मुटूको रोगीहरुको जीवन सुरक्षणको लागि वारम्बार अस्पताल धाउन नपर्ने गरी घरैबाट उपचारको थालनी गरेर यस्ता रोगको लक्षण पत्ता लगाउने नयाँ प्रविधी बजारमा आउन लागेको छ। बजारमा छिटै आउन लागेको नयाँ प्रविधि भेस्टले विरामीको कपडाको माथि लगाएर फोक्सोमा भएको कृयाकलापलाई परिक्षण गर्ने गर्दछ । जब मुटूले राम्ररी रगत प्रवाह गर्न छोडछ, तब स्वास प्रश्वासको तथा अन्य कारणले फोक्सोमा तरल पदार्थ थुप्रिन थाल्छ । यो प्रकृया विरामीले चालै नपाई एक दुई हप्ता अघिनै शुरु भईसकेको हुन्छ तसर्थ उपचारको लागि हतारिनु भन्दा यो नयाँ प्रविधि फोक्सोमा भेस्ट प्रयोग गरेर ३ मिनेटमै लक्षणहरु थाहा पाउन सकिन्छ । जसको सहयोगमा सुचना प्रवाह गर्ने र औषधी उपचार, खानपिनमा सयमता लगायत सजगता अपनाउन सकिन्छ । हरेक मुटू रोगीले विशेषत पर्यावरणीय दुषितबाट जोगीनु पर्ने कुरामा विशेष जोड दिनपर्छ। भारत सरकारबाट पंजाब रत्नको उपाधीबाट सम्मानित भईसकेका विश्वविख्यात हृदय रोग विशेषज्ञ डा. रजनिश कपुर जटिल हृदय सम्बन्धि कार्यशाला गर्न नेपाल आएका थिए। उनको भनाई अनुसार सबै व्यक्तिहरु हृदयधातका कारण मर्दैनन् प्रायजसो ह्दय रोगका विरामीहरु हृदयले राम्रो संग रगत प्रवाह नगर्ने समस्याका कारण पिडीत छन् । उनले हरेक मनिसले तनाव रहित जीवनशैलि बाँच्नको लागि प्रसस्त फलफूल तथा सागसब्जी खाने, नियमित व्यायाम गर्ने धुम्रपान तथा मद्यपान त्याग्ने प्रसस्त झोलिलो पदार्थ पिउने, पर्याप्त मात्रा सुत्ने र तनाव रहित जीवन जिउनुपर्ने कुराको जोड दिएका छन् । अध्ययन अनुसार प्रत्येक बर्ष नेपालमा ४ मध्ये १ जना मृत्युको कारण हृदय रोग हुने गरेको छ । हृदय रोग जोखिम कारकहरुको बृद्धिले गर्दा २०३० सम्ममा यसले मृत्यु दरको ३५% ओगटने अनुमान गरिएको छ हृदय रोग बृद्ध उमेरका मानिसहरुमा बढि प्रभावित हुन्छन र मधुमेह र मोटोपनाको कारण पनि हृदयरोगको व्यापक बृद्धि भइरहेको छ भनेर डा. कपुरले भन्नु भएको छ । हृदय रोगको मूत्यु दर कम गर्नको लागि आधुनिक उपचार विधिद्वारा मेदान्त अस्पताल सधैनै प्रथम स्थानमा छ र रहिरहने छ भनेर डा.कपुरले भनेका छन्। एफ. एफ. आर. प्रविधिको प्रयोगले अनावश्यक स्टेन्टिङ रोक्दछ । २१ औं सताब्दीको नविनतम प्रविधि जसलाई ओसिटी हो र जसले स्टेन्ट्स हरुको सहि व्यवस्थापन गर्न सहायता गर्छ जसले गर्दा शत प्रतिशत मुटुमा रगतको प्रवाह गरी र उपचारमा ५ गुणासम्म दक्षता ल्याउँछ । वाईपास सर्जरी गरी जोखीमपूर्ण भएका विरामीहरुमा यो ज्यादै उपयोगी छ भनेर उनी भन्छन्। मिनिएचर प्रविधिको हृदय रोगीहरुका लागि एक वरदान हो भनेर डा. कपुर भन्छन् यस प्रविधिमा विरामीको विभिन्न हृदयको चेम्बरहरुमा थुप्रै सेन्सरहरु सटिक रुपमा राखिन्छ जसले मुटुको समन्वय बढाउँछ यी सेन्सरहरुले रगतमा अक्सीजनको मात्रा, शारिरिक गतिविधि, शरिरको तापक्रम, एडे«नलाइन र हार्मोनका स्तरलाई अनुगमन गरेर यसलाई स्वस्थ मुटुको गति सरह चलाउन मद्दत गर्दछ ।