वैज्ञानिकहरु भन्छन्-‘पाँच वर्षमुनिका बालबालिकाले दूध र पानी मात्र पिउनुपर्छ’

न्यूयोर्क । वैज्ञानिकहरुको एक प्यानलले बालबालिकाहरुको लागि नयाँ पौष्टिक मार्गनिर्देशन जारी गरेको छ । वैज्ञानिकहरुको प्यानलले बुधबार बालबालिकाहरुले जन्मेको पहिलो बर्षमा के खानुहुन्छ र के खानुहुदैन भनेर नयाँ मार्गनिर्देशन जारी गरेको हो । प्यानलले जन्मको पहिलो बर्षका शिशुहरुले दूधमात्र पिउनु पर्ने बताएको छ । उनिहरुले बालबालिकाको खानामा ६ महिनापछि पानी थप्न र १२ महिनापछि गाईको दूध बदल्न सकिने बताएका छन् । मार्गनिर्देशनको अनुसार जन्मिएको पाँच बर्षसम्म बालबालिकाले दूध र पानी मात्र पिउनु उपयुक्त हुन्छ । साथै ५ बर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरी युक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन । यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ । गाईको दूधको विकल्प चाहने आमाबुवाहरूको लागि भने सोया दूध रुचाइएको विकल्प हो । नयाँ मार्गनिर्देशन ‘हेल्दी ईटिङ समुह’ का पोषण अधिवक्ता समूहले बनाएका हुन् । मार्गनिर्देशन अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स, एकेडेमी अफ न्यूट्रिशन एण्ड डायटेटिक्स, अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक डेन्टिस्ट्रीले बनाएको कारण दिईएका सुझावहरु निकै नै प्रभावकारी हुने बताईएको छ ।गुलियो पेय पदार्थहरुबाट बालबालिकाहरुलाई टाढा राख्नुको कारण बालबालिकामा सानै पनि देखिने अत्याधिक मोटोपना हो, जसले आजीवन दीर्घकालीन रोगहरुलाई निम्ताउने गर्दछ । विश्व स्वास्थ्य संगठन अनुसार संसारभरमा ४ करोड बालबालिका मोटोपनको शिकार भएका छन् । नयाँ मार्गनिर्देशनलाई यसरी उमेर समुहमा विभाजित गरिएको छ : जन्मेदेखी ६ महिनासम्म बालबालिकाहरुले दूधको मात्र सेवन गर्नुपर्छ। बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरीयुक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन । यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ । ६ महिनादेखी १ बर्षसम्म बालबालिकाहरु अझै पनि आमाको दुधमै निर्भर हुनुपर्दछ। एकपटक बालबालिकाले ठोसकुरा खाना थालेपछी उनिहरुले पानी पिउन सुरु गर्न सक्छन् । बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरी युक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन । यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ। १२ देखी २४ महिनासम्म बालबालिकाहरुले दैनिक १ देखी ४ कप पानी पिउनु पर्नेछ । उनिहरुलाई एकदमै थोरै मात्रामा मात्र जुस पिउन दिनुपर्छ । २ बर्ष देखी ३ बर्षसम्म बच्चाले दैनिक एक वा चार कप पानी र फ्याट-फ्रि वा कम फ्याट (१ प्रतिशत फ्याट) दूध पिउनु पर्दछ । उनिहरुले १०० प्रतिशत जुसको चार अंश भन्दा बढी पिउनु हुँदैन र अन्य पेय पदार्थ पनि सेवन गर्नुहुँदैन। ४ देखी ५ बर्ष यी बच्चाहरूले दिनको एक कप देखी पाँच कपसम्म पानी पिउनुपर्दछ। यसका साथै थोरै मात्रामा जुस र त्यस बाहेक अन्य गुलियो पेय पदार्थको सेवन गर्नु हुँदैन । (न्यूयोर्क टाईम्सबाट उल्था गरिएको  । )

दैनिक घट्दै डेङ्गुका बिरामी

चितवन । भदौको तेस्रो र चौथो साता अत्याधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घटेको छ । साउन पहिलो साताबाट क्रमशः बढ्दै गएको डेङ्गु रोगको सङ्क्रमण पछिल्लो एक साता दैनिक रुपमा घट्दै आएको चिकित्सकले जनाएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत भदौ २२ गते एकै दिन एक हजार ९२२ जना बहिरंग सेवामा आएकामध्ये ९०० मेडिकल विभागमा रहेकामा धेरैलाई डेङ्गु सङ्क्रमण देखिएको पौडेलले बताएका छन् । सोही दिन अघिल्ला दिनहरुका ३०० बिरामीले पुनः मेडिकल बहिरङ्ग सेवामा स्वास्थ्य परीक्षण गराएका थिए । मेडिकल विभागका प्रमुख डा.प्रकाश खतिवडाका अनुसार त्यस दिन एक हजार २३० जना बिरामी हेरिएको थियो । त्यसपछिका दिनहरुमा क्रमशः बिरामी घट्दै गएको उनले जानकारी दिए । बिहीबार अस्पतालको बहिरंग सेवामा एक हजार ३०० बिरामी आएकामध्ये ५०० हाराहारी मात्रै मेडिकल वार्डमा आएका थिए । तिनीहरुमध्ये ३०० जतिलाई ज्वरोको सङ्क्रमण रहेकामा केहीलाई मात्र डेङ्गुको सङ्क्रमण देखिएको डा. खतिवडाले बताएका छन् । भदौ चौथो सातापछि क्रमशः सङ्क्रमितको सङ्ख्या घट्दै गएको केसीले बताए । पछिल्ला दिनहरुमा सङ्क्रमण भएका बिरामी घटेको भन्दै उनले वर्षा बन्द भएसँगै आइतबार र सोमबार हेरेर सङ्क्रमण दर भन्न सकिने बताए । आगामी कात्तिकसम्म डेङ्गुको सङ्क्रमण देखिने उनले जानकारी दिएका छन् । अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले भर्ना भएका १०० जना बिरामीमध्ये ६० जना ज्वरोका हुन् र तिनीहरुमध्ये ६० प्रतिशतसम्म डेङ्गुका हुने गरेकामा अहिले घटेर १५ देखि २० प्रतिशतमा झरेको बताए । यद्यपि मौसमी ज्वरो भने रहिरहेको उनको भनाइ छ । लगातार परेको वर्षाले तापक्रम घटेका कारण डेङ्गुको सङ्क्रमण पनि घट्ने अपेक्षा गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन यता बिहीबारसम्ममा जिल्लामा बिरामीको सङ्ख्या दुई हजार ५१५ जना पुगेको छ । आठ हजार २२१ जनाको रक्त परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । रासस

न्यूरो स्पाइन च्याप्टरद्वारा मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेलन

काठमाडौं । सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन् । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिएका छन् । नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । आज यहाँ शुरु भएको मेरुदण्ड, नशा र मांशपेशी (स्पाइन कन्फ्ररेन्स) सम्मेलनका सहभागी चिकित्सकले सो कुरामा जोड दिँदै यस विधामा सरकारको लगानी बढाउन आवश्यक रहेको औँल्याए । मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ । हाल मुलुकभर ८० जना मात्र मेरुदण्ड, नशा र मांशपेशीका विज्ञ चिकित्सक रहेको बताइएको छ । न्यूरो शल्यचिकित्सक समाज नेपाल (नेसोन) अन्तर्गत न्यूरो स्पाइन च्याप्टरद्वारा आयोजित सो दुईदिने सम्मेलनमा नेपालसहित भारत, अमेरिकाका न्युरो सर्जन, अर्थोपेडिक्स, फिजियोथेरापिष्ट, न्युरो ट्रमा विशेषज्ञ, बालनशा रोग विशेषज्ञलगायत १२५ भन्दाबढी स्वास्थ्यकर्मीको सभागिता रहेको छ । सम्मेलनमा ती क्षेत्रका २० वटा कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनको शुभारम्भका अवसरमा नेसोनका अध्यक्ष चिकित्सक निलमकुमार खड्काले मेरुदण्ड, नशा र मांशपेशीका जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिन, तल्लो तहका अस्पतालमा नशा रोग चिकित्सकको व्यवस्था गर्न आग्रह गर्दै मेरुदण्ड, नशा र मांशपेशीका बिरामीका लागि पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्छ भनेका छन् । अन्नपूर्ण न्युरो अस्पतालका मेडिकल डाइरेक्टर डा. समीर आचार्यले पछिल्लो समयमा हड्डी खिइने, नशा च्यापिने, हड्डीमा मासु पलाउने रोगीका सङ्ख्या तथा सडक दुर्घटनाका कारण मेरुदण्ड भाँचिने क्रम वृद्धि भइराखेको उल्लेख गरेका छन् । रासस