सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन गर्ने भएको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोल र सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले, बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल गर्ने, फार्मेसीका लागि आवश्यक औषधिको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको हो । नागरिकको आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधि, स्वास्थ्य बिमाअन्तर्गतको औषधि र बिमामा आवद्ध नभएका नागरिकहरुका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्रीहरु ‘जेनेरिक फार्मेसी’को अभ्यासअनुसार उपलब्ध गराउनु सुलभ फार्मेसी सञ्चालनको उद्देश्य रहेको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । औषधि ब्राण्डका आधारमा नभइ औषधिमा भएका तत्वका आधारमा बिरामीलाई औषधि प्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो । यसलाई व्यवस्थापन गर्न कामपाले विसं २०८१ मा फार्मेसी सञ्चालन नियमन सम्बन्धी निर्देशिका जारी गरेको छ । यही निर्देशिकाअनुसार कामपाले औषधि पसलहरुको नियमन गर्ने भएको हो । कामपाका फार्मेसीहरु सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुखको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञमध्येबाट प्रमुखले मनोनयन गरेको विज्ञ सदस्य हुनुहुन्छ भने स्वास्थ्य विभागको प्रमुख सदस्य सचिव छन् । कामपाले एउटा केन्द्रीय फार्मेसी र अन्य पाँच ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
रेटिनोब्लास्टोमाबारे सचेतना अभियान तथा आर्क लाईट वितरण कार्यक्रम सम्पन्न
काठमाडौं । ओपन आइज नेपाल र निजगढ तिलगंगा सामुदाायिक आँखा अस्पतालको सहकार्यमा निजगढमा रेटिनोब्लास्टोमा (बालबालिकाकाे आँखामा हुने क्यान्स) बारे सचेतना अभियान तथा आर्क लाईट वितरण कार्यक्रम सम्पन्न भएको छ । ५० जना प्राथमिक स्वास्थ्य सेवा कार्यकर्ताहरूको लागि बालबालिकामा हुने रेटिनोब्लास्टोमाको प्रारम्भिक पहिचानको महत्व र प्रविधिबारे तालिम दिइएको हो । तालिममा आँखा क्यान्सर विशेषज्ञ डा.पूर्णिमा राजकर्णिकारले रेटिनोब्लास्टोमा बारेमा प्रकाश पारेकी थिइन् । रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो । यो नवजात शिशुदेखि पाँच वर्ष मुनिका बालबालिकामा देखा पर्दछ । १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पुुर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यान समेत जान सक्दछ । नेपाललगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५०% रहेको छ तर विकसित देशहरुमा भने ५% भन्दा कम पाइएको छ । रेटिनोब्लास्टोमा एउटा जटिल रोग भएता पनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामानै चिकित्सक कहाँ गई रोग पत्ता लगाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ । रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो । यस्तो लक्षण देखिएता पनि बालबालिका भने स्वस्थ नै देखिन्छन् । जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारको लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो । यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु,आखाँको आकार ठूलो हुदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन् । उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ । यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यान सम्म जाने जोखिम रहन्छ। यो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखमा देखा परेमा यो रोग वंशाणुगत हुने तथा शरिरका अन्य भागमा पनि क्यान्सर देखिने संभावना धेरै हुन्छ । यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने हुनाले अन्य सदस्यको पनि जाँच गराउनुपर्छ । यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी,थरमोथेरापी,क्रायथेरापी र रेडियोथेरापी इत्यादी प्रमुख उपचार पद्दतिमा पर्दछन् । प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखा सहित आँखा वरपरका हड्डी समेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारण मध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको देखिन्छ । तिलगंगा आँखा प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्षदेखि हुदै आईरहेको छ । विगत ६ वर्ष देखि आँखाको क्यान्सर रोग विभागबाट नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले उपचार गराउँदै आएकी छन् । बर्सेनि ३५ देखि ४५ नयाँ बिरामीको संख्या उपचारको लागि आउने गरेका छन् जसमध्ये १५ जनाको दुबै आँखामा रोग लागेको पाइएको छ । यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आईज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ ।
पाठेघरमा हल्का दुखाइ हुँदैछ ? तुरुन्तै अपनाउनूस् यो काम नत्र खतरा हुनसक्छ
काठमाडौ । पाठेघरमा हल्का दुखाइ महिनावारीसँग सम्बन्धित सामान्य लक्षण हुन सक्छ । तर जब पेटको दुखाइ पेट र खुट्टामा महसुस हुन्छ यस्तो अवस्थामा यो खतरा हुन जान्छ । धेरैजस्तो महिलाले यस्तो बेला पेनकिलर लिने गर्छन् । कहिलेकाहीं यस्तो समस्या हुँदा हटब्यागले सेक्दा पनि दुखाइ कम गर्छ । तर, यति गर्दा पनि दुखाइ कम भएन भने यो एक गम्भीर समस्या हुन सक्छ । धेरै रगत बग्ने र ज्वरो पनि आउने अवस्था भयो भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने यस्तो दुखाइ इन्डोमेटिओसिस, गर्भाशय फाइब्रोइड वा योनिमा सुन्निने कारणले पनि हुन सक्छ । पाठेघर दुख्नुको धेरै कारण हुन सक्छन् । यो ठाउँ हो जहाँ भ्रुणको विकास हुन्छ । अण्डाशयले अण्डा उत्पादन गर्छ, जुन फलोपियन ट्यूबको माध्यमबाट पाठेघरमा जोडिएको हुन्छ । महिलाको पाठेघरमा समस्या भएमा बच्चा जन्माउन समस्या हुन्छ । गर्भाशयको सुजन पाठेघरको सुजन ब्याक्टेरियल संक्रमणको कारण हुन्छ । यस्तो अवस्थामा महिलाको पेट दुख्ने, ज्वरो आउने वा योनिश्राव पनि हुन सक्छ । यस्ता समस्यालाई बेवास्ता गर्नुहुँदैन । पाठेघरमा पोलिप्स महिलामा पाठेघरको पोलिप पाठेघरको पर्खालमा देखिने समस्या हो । यस अवस्थामा महिनावारी समयमा आउँदैन । पेट दुख्ने, कुनै कारण बिना थकान वा योनिश्रावको समस्या हुन सक्छ । फाइब्रोइड यो पाठेघरसँग सम्बन्धित रोग हो । जसमा पाठेघर भित्र वा बाहिर गाँठो बन्ने गर्छ । यिनीहरूलाई ट्युमर भनिन्छ । यसबाट पीडित महिलाको महिनावारी प्रभावित हुन सक्छ र एनिमिया अर्थात् रगतको कमी हुन सक्छ । यदि यस्तो हो भने तपाईंले बाँझोपनको सामना पनि गर्नुपर्ने हुन सक्छ । यो समस्यालाई बेवास्ता गर्नु महँगो साबित हुन सक्छ । इन्डोमेट्रिओसिस यो रोगको पाठेघरसँग सम्बन्धित अस्तरलाई एन्डोमेट्रियम भनिन्छ । यो महिनावारीको समयमा रक्तश्रावको रूपमा शरीरबाट बाहिर निस्कन्छ । जब इन्डोमेट्रिओसिस हुन्छ, इन्डोमेट्रिअम ठाउँहरूमा बढ्छ जहाँ यो बढ्नु हुँदैन । यसमा रगत बाहिर निस्किनुको सट्टा नलीभित्र जम्मा हुन थाल्छ । जसका कारण गर्भावस्थामा समस्या आउन थाल्छ । धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि विश्वमा प्रत्येक १० मध्ये एक महिलालाई यो समस्या छ। यसले बाँझोपन जस्ता समस्या निम्त्याउन सक्छ । यदि तपाईंलाई पनि यी माथिका कुनै समस्या देखिएका छन् भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । यदि हामीले समयमै वास्ता गरेनौं भने यसले भोलि जोखिम अवस्था निम्त्याउन सक्छ ।