६ बैंकको वितरणयोग्य नाफा साढे १६ अर्ब ऋणात्मक, १० बैंकको लाभांश क्षमता दोहोरो अंकमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा आधा दर्जन वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार चैत मसान्तसम्म ६ बैंकको वितरणयोग्य नाफा १६ अर्ब ५९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ । यस अवधिमा हिमालयन बैंकको सबैभन्दा धेरै हिमालयन बैंकको ७ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । एनआईसी एशिया बैंकको ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ, प्रभु बैंकको ३ अर्ब ४० करोड २० लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ ।  यस्तै, कुमारी बैंकको १ अर्ब १३ करोड २९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) १ अर्ब १० करोड ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २ करोड २ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।  राष्ट्रिय वाणिज्य र प्रभु बैंकको वितरणयोग्य नाफा गत वर्षको चैतमा धनात्मक थियो भने हिमालयन, एनआईसी एशिया, कुमारी र एनआईएमबिको गत वर्ष पनि ऋणात्मक थियो ।  यी बैंक धनात्मक बने  माछापुच्छ«े बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । गत वर्षको चैतमा यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो ।  ग्लोबल आइएमईको ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, एनएमबिको १ अर्ब ३१ करोड १९ लाख रुपैयाँ, लक्ष्मी सनराइजको ७७ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकको ३० करोड ६२ लाख रुपैयाँ, सिद्धार्थको १८ करोड ८४ लाख रुपैयाँ र माछापुच्छ«ेको ७ करोड ७ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा सबैभन्दा वितरणयोग्य नाफा एभरेष्ट बैंकको रहेको छ । एभरेष्टको ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ वितरण गर्ने नाफा रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ अर्ब ५ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकको २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १६ करोड २६ लाख रुपैयाँ वितरणयोग्य नाफा छ ।  यस्तै, कृषि विकास बैंकको १ अर्ब ९१ करोड १० लाख रुपैयाँ, प्राइम बैंकको १ अर्ब ७३ करोड २३ लाख रुपैयाँ र नबिल बैंकको २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा छ । कुन बैंकको कति लाभांश क्षमता ? समीक्षा अवधिमा वितरणयोग्य नाफाका आधारमा एभरेष्टको लाभांश क्षमता प्रतिसेयर ३४.०९ रुपैयाँ रहेको देखिन्छ । जुन बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै हो । यस्तै, स्ट्याण्डर्ड चार्टर्डको १९.३५ रुपैयाँ, सानिमाको १८.९२ रुपैयाँ, नबिलको १२.६८ रुपैयाँ, कृषि विकासको १२.२५ रुपैयाँ, ग्लोबल आइएमईको १२.०४ रुपैयाँ, नेपाल एसबीआईको ११.१० रुपैयाँ, प्राइम बैंकको १०.५७ रुपैयाँ लाभांश क्षमता छ ।  यस्तै, एनएमबिको ६.६५रुपैयाँ, लक्ष्मी सनराइजको ३.१७ रुपैयाँ, नेपाल बैंकको २.७८ रुपैयाँ, सिद्धार्थको १.७५ रुपैयाँ, सिटिजन्सको १.६९ रुपैयाँ र माछापुच्छ्रेको ०.३६ रुपैयाँ लाभांश क्षमता राखेका छन् । 

विकास बैंक र फाइनान्सको नाफामा उल्लेख्य सुधार, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा सञ्चालनमा रहेका राष्ट्रियस्तरका ८ विकास बैंकले साढे ३ अर्बभन्दा बढी नाफा कमाएको छ ।  विकास बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका हुन् । ८ विकास बैंकले चालु आवको चैत्र मसान्तसम्ममा आर्जन गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ४.३५ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।  राष्ट्रियस्तरका विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । उक्त विकास बैंकले तेस्रो त्रैमाससम्ममा ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।  गरिमाले चालु आवको चैत्रसम्ममा आर्जन गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ६८ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।  धेरै नाफा कमाउने दोस्रो राष्ट्रियस्तरको विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । धेरै नाफा कमाउनेमा मुक्तिनाथ दोस्रो नम्बरमा रहेको भएता पनि उक्त बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा १६.८६ प्रतिशतले कम हो ।  मुक्तिनाथले गत आवको चैत्र मसान्तसम्मममा ८७ करोड १८ लाख २५ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिममा ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा कमाउने तेस्रो विकास बैंकमा शाइन रेसुँगा विकास बैंक रहेको छ । उक्त विकास बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ५१ करोड ४० लाख नाफा कमाएको छ । जुन नाफा गत आवको तुलनामा ०.१३ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्मममा उक्त बैंकले ५१ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  चालु आवको तेस्रो त्रैमासमा लुम्बिनी विकास बैंकको नाफामा पनि गिरावट आएको छ । चैत्रसम्ममा लुम्बिनी विकास बैंकले ४ करोड ९७ लाख ८३ हजार रुपैयाँको नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८५.४५ प्रतिशले कम हो । गत आवमा लुम्बिनी विकास बैंकले ३४ करोड २१ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो । कामना विकास बैंकको चालु आवको चैत्रसम्ममा नाफा ४८.८३ प्रतिशतले बढेको छ । उक्त विकास बैंकले चैत्रसम्ममा ४९ करोड ३१ लाख नाफा आर्जन गरेको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकले ९ महिनामा ४३ करोड ६५ लाख, सांग्रिलाले ४३ करोड ४२ लाख र ज्योति विकास बैंकले ३० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  अन्य विकास बैंकहरूमा सिन्धु विकासले ९ महिनामा ७ करोढ ८४ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सिन्धु विकास बैंकले गत आवको सोही अवधिमा ५ करोड ४० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।  त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले ९ करोड २४ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवमा उक्त कम्पनीको नाफा ६ करोड ८२ लाख ७८ हजार रुपैयाँ थियो । त्यस्तै, कर्पोरेट विकास बैंकको नाफा १ करोड ७७ लाख ८१ हजार, ग्रीन डेभलपमेन्टको २ करोड १२ लाख ८४ हजार र नारायणी डेभलपमेन्ट १ करोड २६ लाख नाफा आर्जन गरेको छ ।  आईसीएफसी फाइनान्सको नाफामा उछाल, अन्य वित्त कम्पनीको कस्तो ?  चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार आईसीएफसी फाइनान्सको नाफामा आक्रामक रुपले वृद्धि भएको छ । उक्त फाइनान्सले चालु आवको चैत्रमसान्तसम्ममा १९ करोड ५० लाख ९३ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत आवको सोही अवधिको तुलनामा ४८९ प्रतिशतले बढी  हो ।  कम्पनीले गत आवको सोही अवधिमा ३ करोड ३२ लाख ७५ हजार रुपैयाँ कमाएको थियो । धेरै नाफा कमाउने दोस्रोमा फाइनान्समा रिलायन्स रहेको छ । रिलायन्सले गत आवको तेस्रो त्रैमाासको तुलनामा २६९.७५ प्रतिशत बढी नाफा आर्जन गरेको छ । रिलायन्सले चालु आवको तेस्रो त्रैमासमा १७ करोड ४७ लाख ११ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ७२ लाख ५१ हजार रुपैयाँ थियो । मन्जुश्री फाइनान्सले ९ महिनामा १७ करोड ११ लाख १९ हजार नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.३३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ९ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।  चालु आवको ९ महिनामा जानकी फाइनान्सको नाफामा १८.१३ प्रतिशतले सुधार आएको छ । गत वर्षको चैत्रसम्ममा १० करोड ८६ लाख ३० हजार नाफा कमाएको जानकी फाइनान्सले चालु आवको सोही अवधिमा १२ करोड ८३ लाख २५ हजार नाफा कमाएको छ ।  त्यस्तै, प्रोग्रेसिभ फाइनान्सले ९ महिनामा ९ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको चैत्रसम्ममा ५ करोड ४९ लाख नाफा कमाएको प्रोग्रेसिभले चालु आवको सोही अवधिमा ६४.७३ प्रतिशतले नाफा वृद्धि गरेको हो । अन्य वित्त कम्पनीहरूमा बेष्ट फाइनान्सले ७ करोड ५२ लाख, गुर्खाजले ६ करोड २१ लाख, श्री इन्भेष्टमेन्टले ४ करोड ९१ लाख, मल्टीपर्पसले २ करोड १६ लाख र गुडवीलले १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  दुई वित्त कम्पनीको नाफामा गिरावट  वित्त कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ९ महिनामा गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको नाफामा गिरावट आएको छ । ९ महिनामा कम्पनीको नाफा गत आवको तुलनामा ४१.०२ प्रतिशतले घटेको छ ।  चालु आवको तेस्रो त्रैमासमा गुहेश्वरीले ३ करोड २४ लाख ९० हजार नाफा कमाएको छ ।  गत आवको सोही अवधिमा उक्त वित्त कम्पनीले ५ करोड ५० लाख ९३ हजार नाफा आर्जन गरेको थियो ।  पोखरा फाइनान्सको नाफामा पनि गिरावट देखिएको छ । पोखरा फाइनान्सले ९ महिनामा ३ करोड २४ लाख ९० हजार नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ५८.२४ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीहरूले १७ करोड २३ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

ग्लोबल आइएमईमा खुल्यो रोजगारीको अवसर, आवेदन कहिलेसम्म दिने ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न प्राविधिक पदमा कर्मचारी माग गर्दै रोजगारीको अवसर खुला गरेको छ । बैंकले सूचना प्रविधिसम्बन्धी क्षेत्रमा दक्ष जनशक्ति भर्ना गर्न आवेदन आह्वान गरेको हो । बैंकले डेटा साइन्टिष्ट, डेटा इन्जिनियर, बिआई ड्यासबोर्ड डेभलपर र इन्फरमेसन सेक्युरिटी एनालिस्ट पदमा योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ । यसले बैंकको डिजिटल सेवा सुदृढ पार्न मद्दत गर्ने विश्वास गरिएको छ । उक्त पदका लागि इच्छुक उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर विज्ञान वा सूचना प्रविधि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यस्तै, सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव समेत अनिवार्य गरिएको छ । बैंकले उम्मेदवारसँग बैंक वा वित्तीय संस्थामा कम्तीमा २ वर्ष, वा अन्य कुनै संस्थामा सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने जनाएको छ । कार्यानुभवसहित दक्ष जनशक्तिलाई प्राथमिकता दिइने बताइएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले वैशाख १३ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया र थप जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिनेछ ।