आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र लुम्बिनी केवलकार प्रालिबीच सहकार्य भएको छ । सहकार्यपछि अब बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । सम्झौताअनुसार बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाएर, तथा अभिकर्ता र कर्मचारीहरूले आधिकारिक परिचयपत्र प्रस्तुत गरेर छुट सुविधा प्राप्त गर्न सक्नेछन् । टिकट भने लुम्बिनी केवलकारको काउन्टरमा नै खरिद गर्नु पर्नेछ । कम्पनीका अनुसार यस प्रकारको सहकार्यले ग्राहक, अभिकर्ता र कर्मचारीहरूलाई थप सकारात्मक अनुभव र ऊर्जा दिने अपेक्षा गरिएको छ । भविष्यमा छुट सुविधालाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रिभिलेज कार्ड प्रणाली सुरु गर्ने लक्ष्य लिइएको छ ।
सानिमा रिलायन्सको टप परफर्मर नमिता न्यौपाने, धनपति योजनाको प्रतिनिधित्वमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रोडक्ट एडभोकेटमा नमिता न्यौपाने (नियुक्त) कार्यरत छिन् । उनी सानिमा रिलायन्स धनपति जीवन बीमा योजनाको एडभोकेट बन्न सफल भएकी कम्पनीले जनाएको हो । सानीमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आबद्ध न्यौपाने कोशी प्रदेश योजना आयोग सदस्य, राजनीतिकर्मी, समाजसेवी साथै होटेल र मेडिकल व्यवसायी समेत हुन् । उनले आफू विभिन्न भूमिकामा असाधारण योगदान पुर्याएकी छिन् । न्यौपाने सानीमा लाइफ इन्स्योरेन्सबाट टिओटी २०२५, टिओटी २०२४, एमडीआरटी २०२३, टिओटी २०२२, सीओटी २०२१, एमडीआरटी २०२० बन्न समेत सफल भएकी छिन् । लगातार सानीमा रिलायन्सबाट आफ्नै कोड र टिम बिजनेसबाट नेपालमा शीर्ष स्थान प्राप्त गर्न सफल भएको उनको प्राय कम्पनीका सबै महत्वपूर्ण योजनाहरूमा विजेता बन्न सफल भएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ । सानिमा रिलायन्स लाइफले उक्त बीमा योजना आफ्नो भिन्न उत्पादन रहेको जनाएको छ । सोही बीमा योजनामा नागरिकहरुले प्रवेश गर्न पाउने उमेर हद, बीमा अवधि, उक्त बीमा योजनाका बारेम समेत जानकारी दिएको छ । नेपाली बीमा बजार अनुसार उक्त बीमा योजना ग्राहकहरुको उत्कृष्ट रोजाई बन्ने विश्वास कम्पनीले लिएको हो । धनपति बीमा योजनका बारेमा : धनपति बीमा योजनामा बीमालेख चालु रहेको अवस्थामा निश्चित समयको अन्तरालमा बीमांकको निश्चित प्रतिशत भुक्तानी हुने समेत कम्पनीले जनाएको छ । सोही योजनामा तीन विशेष वर्षलाई लक्षित गरेर कम्पनीले आफ्नो बीमितले पाउने रकमको योजना तय गरेको छ । १२ वर्षे १२ वर्षको बीमांक अधिमा चैथो वर्षमा बीमांकको २५ प्रतिशत रकम बीमितले पाउन सक्नेछन् । सोही योजनामा ८ वर्षमा फेरी बीमांकको २५ प्रतिशत र १२ वर्षमा बीमांकको ५० प्रतिशत रकम र बोनस प्राप्त गर्न सक्ने छन् । कम्पनीका अनुसार कम्पनीले दिएको उक्त चौथो र आठौं वर्षको रकममा समेत बोनस कायम हुनेछ । १५ वर्षे १५ वर्ष अवधिको बीमा गर्दा बीमितले ५ औं वर्षमा बीमांकको २५ प्रतिशत रकम र बोनस, १० औं वर्षमा बीमांको २५ प्रतिशत र बोनस तथा १५ औं वर्षमा बीमांकको ५० प्रतिशत रकम र बोसन पाइने व्यवस्था गरिएको छ । २० वर्षे २० वर्ष अवधिको बीमामा बीमितले ५ औं वर्षमा २० प्रतिशत, १० औं वर्षमा २० प्रतिशत, १५ वर्षमा २० प्रतिशत र २० औं वर्षमा बीमांको ४० प्रतिशत रकम र बोनस दिइने छ । बीमितलाई रहेक पटक बीमांको जति प्रतिशत बराबर रकम दिए पनि उनलाई सोही बेलामा बीमितले पाउने निश्चित बोनस समेत दिइने जनाइएको हो । साथै,धनपति बीमा योजना खरिद गर्नका लागि बीमितको प्रवेश उमेर १८ तथा अधिकतम ५० वर्ष तोकिएको छ । त्यस्तै, बीमांक रकम ५० हजार रुपैयाँदेखि असिमितसम्म राखिएको छ । यता, अधिकतम बीमा सामाप्ती उमेर वर्ष भने ६२,६५ र ७० तोकिएको छ । सोही बेलामा बीमा अवधि भने १२ वर्ष १५ वर्ष र २० वर्ष तोकिएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जनाएको छ ।
‘सी स्ट्राइक्स’ महिला क्रिकेटमा सानिमा रिलायन्स विजयी, सूर्य नेपाल पराजित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स’ कर्पोरेट महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा सानिमाले सूर्य नेपाललाई २८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो । मुलकोटस्थित एक रिसोर्टमा सम्पन्न फाइनल खेलमा, सानिमा रिलायन्सले पहिले ब्याटिङ गर्दै ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै ५ ओभरमा १ विकेट गुमाउँदै ३२ रन मात्र बनाउन सक्यो । सानिमा रिलायन्सको जितमा कप्तान स्वस्तिका कार्कीको विशेष भूमिका रह्यो । उनले फाइनल खेलमा प्लेयर अफ दि म्याच तथा सम्पूर्ण प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट बन्ने गौरव हासिल गरिन् । कार्कीले प्रतियोगिताभर तीन खेलमा प्लेयर अफ दि म्याच उपाधि जितेकी हुन् । रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दि म्याच पुरस्कार हात पारिन् भने सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको रुपमा पनि स्वस्तिका कार्की नै घोषित भइन् । एन इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिता वैशाख १२ र १३ गते सञ्चालन भएको थियो । प्रतियोगितामा कुल ९ टिम सहभागी थिए र प्रत्येक पारी ५ ओभरको खेलाइएको थियो ।