दशैंमा पैसा पठाउनेलाई नगददेखि घरसम्मको योजना, विदेशबाट पैसा पठाउने ग्राहक तान्दै रेमिट्यान्स कम्पनी

काठमाडौं १९, असोज । चाडपर्वलाई लक्षित गर्दै रेमिटेन्स प्रदायक कम्पनीहरुले उपहार योजना सर्वजनिक गरेका छन्। दशैंतिहार र छठ पर्वको अवसर पारेर सेवा प्रदायक कम्पनीले काठमाडौंमा घरघडेरीदेखि मोटरसाइलक, स्कुटर, घरायसी, स्मार्ट फोन लगायतका उपहार ल्याएको समाचार बुधबारको अन्नपूर्ण पोष्टमा छापिएको छ। सेवाप्रदायक कम्पनीले ग्राहक आकषिर्त गर्न उपहारदेखि भ्रमणसमेतका योजना सार्वजनिक गरेका छन्। असोजको सुरुदेखि छठसम्म रेमिटेन्स पठाउनलेले यो उपहार पाउनेछन् । अन्य समयभन्दा चाढपर्वमा रेमिटेन्स धेरै भित्रिने भएकाले दशैंलाई लक्षित गरी प्रायः सबै रेमिटेन्स कम्पनीले उपहार योजना ल्याउने गरेका हुन् । वैधानिक माध्यमबाट नेपालमा रेमिटेन्स भित्र्याउन ग्राहकलाई प्रोत्साहन गर्ने उदेश्यलेघडेरी उपहार घोषणा गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रमुख प्रशासन अधिकृत कृष्णराज पौडेलले बताए ।

नयाँ नोट पाउनै सास्ती, सर्वधारणले विहानैदेखि लाइनमा

काठमाडौं १८, असोज । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको नयाँ नोट सहटीका लागि सहज व्यवस्था नगर्दा सर्वसाधारणले ठूलै सास्ती बोहोर्नुपरेको छ । घण्टौसम्म लाइनमा बस्दा पनि नयाँ नोट साट्न मुस्किल भएको छ । सर्वसाधारण नयाँ नोट साट्नकै लागि विहान पाँचै बजेबाट लाइनमा बस्न थालेका छन् । अन्य वैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट नपाएपछि राष्ट्र बैंकमा भिड बढ्न थालेको छ । राष्ट्र बैंकले आइतबार र सोमबार मात्रै करिब ७० अर्ब रुपैयाँ नयाा नोट साटेको छ । मंगलबार पनि विहानैदेखि सर्वसाधारणको लाइन लागेको छ ।

बैंकले नोट नसाटेपछि राष्ट्र बैंकमा तनाब, अनुमगमनमै जान सकेनन गभर्नर

काठमाडौं १८, असोज । आइतबार साँझसम्म राष्ट्र बैंकमा सर्वसाधारणको निकै लामो लाइन थियो । नयाँ नोट साट्न विहानैदेखि लाइनमा उभिएका झण्डै चार सय जनाले राष्ट्र बैंकको काउन्टरमा प्रवेश पाएका थिएनन् । एकाएक त्यहाँको सुरक्षामा खटिएका नेपाली सेनाका क्याप्टेनले लाइनमा अगाडि बढ्न रोकिदिए । दिनभर लाइनमा उभिएर बस्दा थाकेकी एक महिलालो ती सैनिकको कठालो समाइन र भनिन् । ‘म बिहानैदेखि लाइनमा बसेको छु, दिनभर लाइनमा बसेको मलाई रोक्न खोज्ने त को हो ?’ उनको यो हर्कतलाई राष्ट्रबैंकका सुरक्षा गार्डले नरोकेका भएन तत्कालै हवाई फायर गर्ने अवस्थामा ति सैनिक पुगेको समाचार मंगलबारको नयाँ पत्रिकाले छापेको छ । मंगलबार नै विदेश उड्न लागेको गर्भनर चिरन्जिवी नेपाल सोमबार थापाथलि मुद्रा व्यवस्थापन विभागको अनुमगमना जाने कार्यक्रम थियो । यो तनावले गर्भनर पूर्व निर्धारित समय अनुसार अनुमगनमा जान सकेनन् । गर्भनरले आफू जान नसक्ने भएपनि डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीलाइ पठाए । दसैको अवसरमा आम सर्वसाधारणले पैसा साटन् नपाएपछि सर्वसाधारण आक्रोशित हुन थालेको राष्ट्र बैंकको भनाइ छ ।