राष्ट्रिय बीमा कम्पनीको नाफा ५५ करोड, लगानीकर्ताले कति पाउदैछन लाभांश ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७४/०७५ मा ५५ करोड रुपैयाँ नाफा गरको छ । समीक्षा अवधिमा कम्पनीले ९३ करोड ८८ लाख रुपैयाँ बराबरको निर्जीवन बीमा शुल्क आर्जन गरेको छ । यस्तै लगानी तथा कर्जाबाट ७४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेपछि नाफा बढेको कम्पनीले जनाएको छ । गत वर्ष सबैभन्दा बढी बोनस सेयर दिएको कम्पनीको नाफा बढेकाले यो वर्ष पनि लगानीकर्ताले राम्रो प्रतिफल पाउने भएका छन् । गत आर्थिक वर्षमा लगानीकर्तालाई कम्पनीले १५ प्रतिशत बोनस सेयर दिएको छ । गत वर्ष १४ करोड २२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो । कम्पनी ५ औं वर्षमा प्रवेश गरेको अवसरमा सार्वजनिक गरिएको विवरणमा बीमा व्यवसायमा आम्दानी र नाफा दुबै बढेको छ । गत असारसम्म कम्पनीको वाणिज्य र विकास बैंकमा गरी ३ अर्ब ३५ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी रहेको जानकारी दिएको छ । कम्पनीको नाफा वर्षेनी बढ्दै गएको छ । कम्पनीले नविल बैंकको ७७ लाख ७८ हजार ५१६ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ३२ लाख २६ हजार १७९ र नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको १९ लाख ३२ हजार ५२२ कित्ता सेयर खरिद गरेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गरिरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीमा सरकारको ४१, कर्मचारी संचय कोषको १९.३७, नेपाल बैंकको ९.६० र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व छ ।
एनआईसी एशियाका ग्राहकले सिटिजन लाईफ इन्स्योरेन्सको बीमा पोलिसीहरु किन्न पाउने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने भएका छन् । बैंकले बिहीबार इन्स्योरेन्ससँग गरेको बैंकास्योरेन्स सम्झौता पश्चात अब यस बैंकका ग्राहकहरुले कम्पनीको जुनसुकै शाखाहरुबाट उक्त पोलिसीहरु गरिद गर्न पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् । बैंकले हाल २३३ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
स्वाभिमान माइक्रोफाइनान्सको नाफा २ लाख ५५ हजार, यसै वर्ष आईपीओ जारी गर्ने
काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आ.ब. २०७४/७५ मा २ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस वित्तीय संस्थाले स्थापनाको करीव १३ महिनामा नै संचालन मुनाफा आर्जन गर्न सफल भएको हाे । संस्थाले सो अवधिमा ४३ करोड १९ लाख लगानीमा रहेको कर्जा र ११ करोड ८३ लाख बचत संकलन गरेका छ । आ.व. २०७४।७५ सम्म यस कम्पनीको निष्क्रिय कर्जा शून्य रहेको छ । यस संस्थाले गत आवमा थप ४ वटा शाखा कार्यालय स्थापना गरी कुल १४ वटा शाखा कार्यालयबाट कारोबार शुरु गरेको छ । संस्थाले रुपन्देही जिल्लामा ८ वटा, नवलपरासी जिल्लामा ३ वटा, तथा कपिलवस्तु, पाल्पा र स्याङ्गजा जिल्लामा १/१ वटा गरी कुल १४ वटा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम संचालन गरेको छ । साथै, सोही शाखाबाट ग्रामिण विपन्न परिवारलाई लघुकर्जा, बचत, लघुबीमा र रेमिटान्स सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले चालू आव २०७५।०७६ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त बाँकी ५ जिल्लाका कार्यक्षेत्रहरुमा कम्तीमा पनि ७ वटा शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । साथै, यही वर्ष सर्वसाधारणमा साधारण सेयर(आईपीओ) जारी गर्ने प्रकृयामा रहेको संस्थाले जनाएको छ ।