बीमा सर्भेयर : निर्जीवन बीमा क्षेत्रकाे उदीयमान सम्भावना, कसरी बन्ने ?

काठमाडौ । बीमा बजारमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको पाईन्छ । सर्भेयरले स्वतन्त्र रुपमा निरीक्षण गरेर बीमित, बीमक, बीमा कम्पनी तथा बीमा समितिलाई काम गर्न सहज बनाउने गर्छ । बीमा बजारमा सबैको आफ्नै किसिमको महत्व हुने भएपनि आज हामीले सर्भेयरको सन्दर्भमा चर्चा गरेका छौं । बीमा विज्ञ भोजराज शर्मा भन्छन् – ‘बीमा क्षेत्रमा सर्भेयरको आफ्नै किसिमको भूमिका हुनेगर्छ, मध्यस्तकर्ताको रुपमा उनीहरुले गर्ने अनुसन्धानका कारण नै सम्बन्धित कम्पनी, बीमक, बीमित तथा नियामक सबैको सहयोगी बन्ने गरेको पाईन्छ ।’ सर्भेयर भन्नाले के बुझिन्छ ? निर्जीवन बीमामा मध्यस्तकर्ताको रुपमा हामीले सर्भेयरलाई बुझ्ने गरेका छौं । सर्भेयरको काम जीवन बीमाका लागि भने होइन । सर्भेयरले के काम गर्छन् ? दुर्घटना लगायतका बीमामा दाबी परेपछि सर्भेयरले त्यसको कारणको खोजी गर्ने तथा पत्ता लगाउने कार्य गर्दछन् । सर्भेयरले क्षति कहिले भएको समेत पत्ता लगाउने गर्छन् । उनीहरुले क्षतिको प्रकृति हेरेर कारण तथा दाबीका विषयमा निर्णय दिने गर्छन् । कति छन् नेपालमा सर्भेयर ? नेपालमा पछिल्लो समय सर्भेयरमा पेसामा जोडिन चाहनेको संख्या बढिरहेको पाईन्छ । अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा नेपालमा ३ सयको हाराहारीमा सर्भेयर खटेको पाइन्छ । कसरी बन्न सकिन्छ सर्भेयर ? सर्भेयर बन्नलाई इन्जिनियरिङ पढेको विद्यार्थी भए सहज हुन्छ । कुनै किसिमको इन्जिनियरिङ पढेको व्यक्ति यस पेशामा सहज जोडिन सक्छन् । यस्तै, यदि तपाईमा १० बर्ष बीमा क्षेत्रमा काम गरेको अनुभव छ भने पनि सर्भेयर बन्न सकिन्छ । साथै सीए पढेकालाई पनि यसमा अवसर रहेको छ । पछिल्लो समय डक्टर समेत सर्भेयर बन्न सक्ने भएपनि अहिलेसम्म यस्को सुरुवात भईसकेको छैन । सर्भेयरले गरेको अनुसन्धानको शुल्क कस्ले तोक्ने गरेको छ? सर्भेयर बन्न तपाईमा केही क्षमताको विकास हुनु जरुरी छ । पहिले तपाई प्रविधिक दक्षता हासिल गरेको व्यक्ति हुनु जरुरी छ । यसरी नै तपाईले बीमा समितिले दिने गरेको तालिम लिएको हुनुपर्ने छ । यस्ता प्रक्रिया पूरा गरेपछि तपाई सर्भेयर बन्न सक्नुहुन्छ । साथै स्वतन्त्र रुपमा निरीक्षण गर्ने अधिकार प्राप्त गर्नु हुुनेछ । यस किसिमको योग्यता पाएपछि तपाई इन्स्योरेन्स एशोसियसनले तोकेको शुल्क पाउन योग्य हुनु हुन्छ । यसरी तपाईले गरेको अनुसन्धानका लागि शुल्क समेत पाउने व्यवस्था रहेको छ । के हुन सक्छ सर्भेयरले भोग्ने गरेको समस्या ? अन्य पेशामा जस्तै यसमा समेत अवसर र चुनौती दुवै रहेका छन् । सर्भेयरले कम्पनीले खटाएको ठाउँमा जानैपर्ने हुन्छ । अझ सकेसम्म चाँडै जान पर्ने पनि हुन्छ । सर्भेयरले टाढा समेत गएर आफ्नो कायै गर्ने गर्छन् । यसरी सर्भेयरलाई पठाइने गन्तव्य भने दुर्गम ठाउँ समेत हुने गरेको पाइन्छ । यस्ता ठाउँमा जादा उनीहरुले आफ्नै किसिमको समस्या भोग्ने गरेको पाइन्छ । नयाँ पार्टी अर्थात् घटनासँग सम्बन्धित नौला व्यक्तिसँग गर्नैपर्ने सम्झौता नै सर्भेयरका समस्याका रुपमा पाइने गरेको छ । सर्भेयरलाई चैं कस्ले अनुगमन गर्छन् त ? सर्भेयर आफैंले अर्काका गल्ती पत्ता लगाउने काम गर्ने हो । यसो भन्दैमा सर्भेयरले गल्ती गर्दैनन् भन्न खोजेको भने होइन । यसरी काम गरेको बेलामा केही शंका आएमा नियामकले नै खोजी गर्ने गरेको पाइन्छ । तर, यसरी शक्तिको दुरुपयोग भने हजारौंमा एकले गर्लान् किनकी उनीहरुको मुख्य पेशा नै अनियमितता कम गर्न सघाउने नै हो । सर्भेयरले कसरी अनियमितता हटाउन सघाउने  ? अनियमितता हटाउन सघाउने काम सर्भेयरले गर्ने गर्छ । यस्तो हिसाबमा बीमा फछ्र्यौट गर्ने अंग भएकाले सर्भेयरबाट बीमा बजारमा सकारात्मक अपेक्षा रहने गर्छ । अग्नि बीमा गरेकाहरुले आगो लाग्दा दाबी माग गर्नु स्वभाविक हो । यसरी बीमाको दाबी हुदा सर्भेयरले आगलागी भएको हो कि होइन हेर्ने गर्छन् । यस्तो अवस्थामा आगलागीको प्रकृति समेत हेर्ने गरिन्छ । जस्तै, आगो घर भान्साको काम गर्दा लागेमा त्यसमा सहजै पैसा पाइने भयो । तर, यदि आतंक फैलाउने उद्देश्यसहित कसैले जानी जानी लगाइएको आगोको भने दाबी गरेको पैसा पाइँदैन । यसरी नै आगो कसैले हुलदंगा गर्दा लगाईएमा पनि पैसा पाइँदैन । यस्ता कुराको निरीक्षण गर्न सर्भेयरेको आवश्यकता पर्छ । यसरी क्षतिको कारण पत्ता लगाउन सर्भेयरले अनुसन्धान गर्ने गर्छन् । अनुसन्धानको आवश्यकता सदैव हुने भएकाले सर्भेयर आवश्यक मानिन्छन् । सर्भेयरको लाइसेन्स कति अवधिको लागि मान्य हुन्छ ? सर्भेयरले पाएको लाइसेन्स एक बर्षको अवधिको लागि हुन्छ । यसरी पाएको लाइसेन्सको वार्षीक रुपमा नवीकरण गर्नु पर्ने हुन्छ । सो नवीकरण गरेपछि सोही सर्वेयरले आगामी १ बर्षको लागि काम गर्ने गर्छन् । यसरी नै प्रत्येक वर्ष नवीकरण गर्दै सर्वेयरले आफ्नो कार्य गर्दै आएको पाइन्छ । सर्भेयरले गरेको अनुसन्धान कस्लाई बुझाउने गरिन्छ ? सर्भेयरले आफूले गरेको अनुसन्धान सम्बन्धित कम्पनीमा पठाउने गर्छन् । यसरी सम्बन्धित कम्पनीमा अनुसन्धानको विवरण पठाएपछि कम्पनी तथा बीमित, बीमक सबैलाई बीमा फर्छौट गर्न सहज हुने गरेको पाइन्छ ।

नेपाल इन्स्योरेन्स आक्रामक बजार विस्तारमा, ५०% प्रिमियमसहित बीमा लेख संख्या १३६ %ले बढ्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा आक्रामक बजार विस्तार गरेको छ । सरकारी स्वामित्व समेत रहेको नेपालकै सबैभन्दा पुरानो इन्स्योरेन्स कम्पनीको रुपमा रहेको इन्स्योरेन्सले यो आर्थिक वर्षको पहिलो छ महिनामा कुल बीमालेख संख्या अघिल्लो आर्थिक बर्षको सोही समयको तुलनामा १३६ प्रतिशतले बढाएर ७१ हजार पुर्याउँदा खुद बीमाशुल्कमा करिब ५० प्रतिशतको वृद्धि हासिल गरेको छ । इन्स्योरेन्सले उक्त अवधिमा २४ करोड १ लाख रुपैंया खुद प्रिमियम संकलन गरेको हो । उक्त अवधिमा नेपाल इन्स्योरेन्सले पुनर्बीमा कमिसनबापत ८ करोड १९ लाख रुपैंया आर्जन गरेको छ भने अन्य लगानीबाट ३ करोड ८४ लाख रुपैंया आर्जन गरेको छ । ६१ करोड ७६ लाख चुक्ता पुँजी रहेको नेपाल इन्स्योरेन्सले तीन महिनाको अवधिमा जगेडा कोषमा करिब १ करोड र बीमाकोषमा करिब साढे २ करोड रुपैंया बढाएर क्रमशः २७ करोड ३६ लाख र २३ करोड १४ लाख रुपैंया पुर्याउएको छ । ६ महिनासम्मको अवधिमा कम्पनीले ९२८ ओटा दाबी भुक्तानी गर्दा कुल १७ करोड २३ लाख रुपैंया भुक्तानी गरेको छ । कम्पनीकाे खुद नाफा भने ६ महिनामा ७ करोड कायम भएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब ७१ प्रतिशतले बढी हो । तत्कालिक प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समालेपछि खस्कदै गएकाे याे कम्पनीकाे व्यवस्थापकिय नेतृत्व  विजयबहादुर शाहले लिएपछि व्यवसाय विस्तारमा उल्लेख्य वृद्धि अाएकाे छ । नेपाल बैंककाे स्वामित्वमा रहेकाे सेयर लिलामी पछि कम्पनीकाे सेयर संरचना र बाेर्ड संरचनामा पनि परिवर्तन भएकाे छ ।

आरएमडीसीको कर्जा बिश्लेषण तालिम सम्पन्न

काठमाडौं। आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखाकार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी ३ दिने तालिमगोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका ३२ वटा सहकारी संस्थाका ३२ जना ऋण हेर्ने कर्मचारी तथा ऋण समितीको संयोजकहरुको सहभागीता रहेको थियो। उक्त तालिम कार्यक्रमको संचालन शाखाका कर्मचारी दिनेश सिरुवालले गरेका थिए भने कार्यक्रमको संयोजकत्व आरएमडीसी ईटहरीका शाखा प्रबन्धक गोविन्द प्रसाद पौडेलले गरेका थिए। उक्त तालिममा प्रशिक्षकको रुपमा आरएमडीसीका प्रबन्धक श्री भोलानाथ रेग्मी र ईटहरी शाखाका शाखा प्रबन्धक श्री गोबिन्द प्रसाद पौडेलले भुमिका निर्वाह गरेका थिए। उनिहरुले कुनै पनि बित्तीय संस्थाको मुख्य आम्दानी भनेको ऋण लगानीबाट प्राप्तहुने ब्याज रहेको हुदा संस्थाले ऋण लगानी गर्दा बिशेष ध्यानदिनु पर्ने कुरा दर्शाएका थिए। प्रशिक्षकहरुले ऋण लगानीका सिद्धान्तहरु, प्रकृया तथा ऋण बिश्लेषणका ५ अवधारणा, भाका नाघेको असर तथा त्यसको ब्यवस्थापन, नगद प्रवाह विवरणको फिल्डमा गै अभ्यास गरिनुका साथै ऋण बिश्लेषण फारम, ऋणका गुण स्तरका साथै बित्तीय सुचकहरुका बारेमाजानकारी दिदै ऋण उप–समिती र ऋण अधिकृतको जिम्मेवारी,ज्ञान,सिपका बारेमासमेत प्रशिक्षण दिएका थिए। प्रशिक्षकहरुले तालिमलाई सहभागीता मुलक बनाउन बिभिन्न विषयमा समूह कार्य पनि गराएका थिए।