सूर्यज्योति लाइफको नाफा ३५.२ कराेड रुपैयाँ, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । सूर्यज्योति लाइफको नाफा गत आर्थिक वर्ष २०८१/८२ मा १.४५ प्रतिशतले बढेर ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३४ करोड ५२ लाख रुपैयाँ नाफा संकलन गरेको थियो । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले गत आर्थिक वर्षमा ११ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ९ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन १९.८५ प्रतिशतले बढेको छ । त्यस्तै समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.८३ प्रतिशतले बढेर ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले  ९ अर्ब १० करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको रिटेन्ड अर्निङमा ४७ करोड २० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ५ लाख रुपैयाँ थियो । त्यस्तै गत आवमा कम्पनीको महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा ३७ लाख ७१ हजार रुपैयाँ थियो ।  गत आवमा कम्पनीको शेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६.९९ रुपैयाँ रहेको छ । त्यस्तै पीई रेसियो ६३.९१, प्रतिशेयर नेटवर्थ १२६.८५ रुपैयाँ रहेको छ ।   

गार्डियन माइक्रो लाइफको कुल बीमाशुल्क ९८५ प्रतिशतले बढ्यो

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१ /८२ मा  ४५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले संकलन गरेको कुल बीमा शुल्क अघिल्लो आवको तुलनामा ९८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले सार्वजनिक गरेको चौंथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमा शुल्क पनि बढेको छ । कम्पनीले समिक्षा वर्षमा ३९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९८२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । गत आवमा कम्पनीको खुद नाफा पनि बढेको छ । कम्पनीले समिक्षा वर्षमा ६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा कम्पनीले २२ लाख २९ हजार रुपैयाँ नाफा गरेको थियो ।  समिक्षा वर्षम कम्पनीको रिडेन्ड अर्निङमा ४ करोड ८१ लख ५७ हजार रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा ६२ लाख ११ हजार रुपैयाँ रहेको छ । 

दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । दरमखोला हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा गोलाप्रथाद्वारा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो । कम्पनीको आईपीओमा आवेदन दिने दुई लाख ४२ हजार ३१८ जनाले प्रत्येकलाई १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । तीमध्ये ५ जनाले थप एक कित्ता पाई ११ कित्ता सेयर पाएका छन् । कुल २२ लाख ९६ हजार ४६५ आवेदनमध्ये २२ लाख ८३ हजार २२६ आवेदन सदर भएका छन् भने १३ हजार २३९ आवेदन बदर भएका छन् । कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्काशन गरेको थियो । आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।