एक मिलियन वृक्षरोपण अभियानका लागि सन नेपाल लाइफ र लुम्बिनी वर्ल्ड पीस फोरमबीच सम्झौता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दीर्घकालीन सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ सञ्चालन गर्न औपचारिक सम्झौता गरेको छ । प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारलाई मुख्य उद्देश्य बनाइएको यो अभियानले देशभरका समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार एक मिलियन रूख रोप्ने यस अभियानले जलवायु परिवर्तनका चुनौतीहरू न्यूनीकरण गर्न, कार्बन उत्सर्जन घटाउन र देशभर हरियाली वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । वातावरणीय सन्तुलन कायम गर्दै भविष्यका पुस्तालाई सुरक्षित र स्वस्थ वातावरण प्रदान गर्नु यस अभियानको मूल लक्ष्य हो । सहकार्यपछि कम्पनीले सबै प्रदेशमा शाखामार्फत अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १४८ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गर्दै आएको छ ।
एनएफआरएस–१७ अनुसार त्रैमासिक विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स
काठमाडौं । शिखर इन्स्योरेन्सले नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस- १७) अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण सार्वजनिक गर्ने पहिलाे बीमा कम्पनी बनेकाे छ । नेपाल लेखामान बोर्डले चालु आर्थिक वर्षदेखि लागू हुने गरी जारी गरेको एनएफआरएस- १७ पूर्ण रूपमा अपनाउने देशको पहिलो कम्पनी बन्न सफल भएको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणको वित्तीय विवरणसम्बन्धी निर्देशिका अनुसारको नियमित त्रैमासिक विवरणसँगै एनएफआरएस–१७ बमोजिमको विशेष संरचित विवरण समेत एकैसाथ प्रकाशन गरेको हो । विश्वव्यापी रूपमा प्रयोग हुने वित्तीय प्रतिवेदनका मापदण्डहरूसँग तालमेल मिलाउने यो कदमले कम्पनीको सुशासन, जोखिम व्यवस्थापन र दीर्घकालीन पारदर्शितामा महत्त्वपूर्ण फड्को मार्ने कम्पनीले जनाएकाे छ । यो उपलब्धीसँगै शिखर इन्स्योरेन्स नेपाली बीमा बजारमा गुणस्तरीय वित्तीय प्रतिवेदन र अन्तर्राष्ट्रिय मानकको प्रयोगमा अग्रणी संस्थाको रूपमा स्थापित भएको छ । शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ७ लाख, यस्ता छन् अन्य सूचक
एनपीएल सिजन २ का लागि काठमाडौं गोर्खाजसँग फोनपे प्लाटिनम प्रायोजक
काठमाडौं । फोनपेले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि काठमाडौं गोर्खाजसँग प्लाटिनम प्रायोजकको रूपमा सहकार्य गरेको घोषणा गरेको छ । यस साझेदारीमार्फत फोनपेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभा विकास र समुदायस्तरमा सहभागिता वृद्धि गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोहोर्याएको छ । फोनपेका अनुसार यो प्रायोजन युवालाई सशक्त बनाउने, खेलकुदमार्फत एकता र अनुशासनको संस्कृति विस्तार गर्ने, तथा राष्ट्रव्यापी डिजिटल भुक्तानीको प्रयोगलाई अझ प्रोत्साहित गर्ने उद्देश्यसहित अघि बढाइएको हो । फोनपे नेपालका सीईओ दिवासकुमारले सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, 'हामी एनपीएल सिजन २ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौँ । फोनपेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने, र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको छ । खेलकुद मानिसहरूलाई एकत्रित गर्ने माध्यम हो, र त्यही भावना बोकेको टोलीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ ।' काठमाडौं गोर्खाजले पनि फोनपेले प्रदान गरेको समर्थनप्रति आभार व्यक्त गर्दै आगामी सिजनमा यो सहकार्यले टोलीलाई थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने प्रतिक्रिया दिएको छ । एनपीएल सिजन २ का लागि भएको यो प्रायोजनले देशमा खेलकुदको विकास र व्यावसायिक क्रिकेटको उचाइ बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।