चिनियाँ अटो उद्योगले विद्युतीय बजारमा नयाँ कीर्तिमान राख्दै

काठमाडौं । चिनियाँ अटो निर्माता विश्वव्यापी शून्य उत्सर्जन सवारीसाधन (जेडईभी) बजारमा तीव्र गतिमा अग्रस्थानमा पुगिरहेका छन् । अन्तर्राष्ट्रिय क्लिन ट्रान्सपोर्टेसन काउन्सिल (आईसीसीटी) ले गरेको अनुसन्धानले यस्तो देखाएको हो ।  हाल विश्वव्यापी विद्युतीय सवारीसाधन बजारमा प्रमुख खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । आईसीसीटीको प्रतिवेदनअनुसार चीनले विद्युतीय सवारीसाधन रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ, किनभने चीनमा वार्षिक १ करोड १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री भइरहेका छन्, जुन विश्वव्यापी विद्युतीय सवारीसाधन बिक्रीको आधाभन्दा बढी हो । यस वर्ष पहिलो पटक चीनमा एक महिनामा नै १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री भएका छन्, जुन घरेलु माग र चिनियाँ निर्माताहरूको लक्षित निर्यात प्रयासका कारण सम्भव भएको अनुसन्धान संस्था रो मोसनले बताएको छ । चीनमा आधारित अटो निर्माताहरूले जेडईभी क्षेत्र कभरेजमा शीर्ष ५ स्थान ओगटेका छन् र विद्युतीय सवारीसाधन बिक्री सेयरमा शीर्ष ६ मध्ये ५ स्थान ओगटेका छन् । जीली र एसएआईसीजस्ता कम्पनीहरूले पहिले नै आफ्नो २०२५ को लक्ष्यभन्दा एक वर्ष अघि नै ५० प्रतिशत ईभी बिक्री सेयर पुरा गरिसकेका छन् । बीवाईडीले २०२४ मा पहिलो पटक विश्वव्यापी ब्याट्री विद्युतीय सवारीसाधन ९बीईभी० बिक्रीमा टेस्लालाई उछिनेको छ । बीवाईडीको बीईभी बिक्रीमा २५ प्रतिशत वृद्धि र बीईभी तथा प्लग(इन हाइब्रिड विद्युतीय सवारीसाधन (पीएचईभी) संयुक्त बिक्रीमा ४७ प्रतिशतले वृद्धि भएको अनुसन्धानले जनाएको छ । दुबै कम्पनीहरू आईसीसीटीको रेटिङमा ‘लीडर्सको श्रेणीमा पर्छन् । ‘चीनमा आधारित अटो निर्माता विश्वव्यापी रूपमा विस्तार भइरहँदा अन्य अग्रणी विश्वव्यापी निर्माताहरूले पनि आफ्नो रूपान्तरण प्रक्रिया छिटो गर्न दबाब महसुस गरिरहेका छन्, नत्र प्रतिस्पर्धात्मक स्थान गुमाउने जोखिम छ,’ आईसीसीटीका अध्यक्ष तथा सीईओ ड्र्यु कोडज्याकले भने । ‘पूरै विश्व अटो उद्योगका लागि अब यो केवल भविष्यका लक्ष्य पूरा गर्ने कुरा होइन- यो अहिलेको बजारमा प्रतिस्पर्धी रहने कुरा हो,’ उनले थपे । सेयरधनीको आलोचनाबीच टोयोटा मोटरको नेतृत्वमा पुनः टोयोडा

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता

काठमाडौं । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा अब्बल दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तगर्त दिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन । यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ । ग्राहकले ६ महिनाको मासिक किस्ता निशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निशुल्क अटो प्लस इन्स्योरेन्स, निशुल्क ७ किलोवाट वालचार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२/८३ सालको निशुल्क सडक कर पनि पाउनेछन् ।  यो योजना दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ मा नेपालभरका दिपल सोरुममा उपलब्ध हुनेछ । एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल विक्री भइसकेको कम्पनीले जनाएको छ ।  जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयुडी लगायत १० भन्दा बढी इन्डस्ट्रि फस्ट फिचरहरू छन् जसले दिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी इभी बनाएको छ । 

नाडा अटो शो २०२५ को उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले आउँदो भाद्र ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटनका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई औपचारिक निमन्त्रणा दिएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग शिष्टाचार भेट गरी कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भई उद्घाटन गर्न आग्रह गरेको हो । भेटघाटका क्रममा अध्यक्ष चौधरीले लामो समयपछि आएको बजेट निजी क्षेत्रमैत्री भएको भन्दै त्यसले अटोमोबाइल क्षेत्रलाई आशावादी बनाएको उल्लेख गरे । उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमै पहिलो पटक सिमरामा सवारीसाधन निर्माण उद्योग खोल्ने तयारी भइरहेको जानकारी गराउँदै त्यस्ता उद्योगलाई प्रोत्साहन हुने नीतिगत व्यवस्था आवश्यक रहेको धारणा राखे । छलफलमा अर्थमन्त्री पौडेलले नाडाको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै अटोमोबाइल व्यवसायीहरूबाट सरकारलाई अझ बढी राजस्व योगदानको अपेक्षा राखेको बताए । प्रतिनिधिमण्डलमा महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानको सहभागिता थियो ।