नाइमाको प्रर्दशनी अब ८ बजेसम्म चल्ने, ७ बजेसम्म टिकट पाइने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिन १५ हजारभन्दा बढी दर्शकको आगमनले प्रदर्शनी स्थलमा दिनभरि उत्सवको माहोल छायो ।  उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरूको उपस्थितिमा उद्घाटन सम्पन्न भएपछि सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो ।  उद्घाटन समारोहका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री माननीय श्री विष्णु प्रसाद पौडेलले नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमूख शिरीष कुमार मुरारकाले पनि मन्तव्य दिँदै नेपालको अर्थतन्त्रमा अटो मोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्त्वमाथि प्रकाश पारिन् । पहिलो दिनको उत्साहजनक उपस्थितिपश्चात नाइमाले प्रदर्शनी ८ बजेसम्म खुला रहने र सात बजेसम्म टिकट पाइने जनाएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  ब्रान्डहरू सहभागी छन् ।  ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ । 

याडियाको ‘भेलाक्स सिरिज’ इलेक्ट्रिक स्कुटर बजारमा, मूल्य २ लाख ८५ हजारदेखि सुरु

काठमाडौं । याडिया ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरू अब नेपाली बजारमा सार्वजनिक भएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’को अवसरमा याडियाले ‘भेलाक्स सिरिज’का तीन नयाँ मोडल नेपाली बजारमा भित्र्याएको हो । याडियाका लागि नेपालमा आधिकारिक वितरक कुजु नेपाल प्रालिले स्कुटर सिरिज सार्वजनिक गरेको हो । ‘भेलाक्स फास्ट चार्जिङ’, ‘भेलाक्स यु’ र ‘भेलाक्स एच’ नामका ती मोडलहरू आ–आफ्नै विशेषता बोकेका छन् । भेलाक्स फास्ट चार्जिङ मोडल व्यस्त जीवनशैली अपनाउनेहरूका लागि लक्षित गरिएको छ । ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्रीसहितको यो स्कुटरले ११० किमी सम्म रेन्ज दिन सक्छ । यसले २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्दछ । ३२०० वाटको मोटर, ६२ किमी प्रतिघण्टा टप स्पिड र १७२ एनएम टर्क यसमा उपलब्ध छन् । भेलाक्स यु मोडल डुअल ७४ भोल्ट २० एएच ब्याट्री प्रणालीमा आधारित छ र एक पटकको चार्जमा १४० किमी रेन्ज प्रदान गर्छ । यो मोडलमा ४९०० वाटको शक्तिशाली मोटर, ८० किमी प्रतिघण्टा गति र १७६ एनएम टर्क रहेको कम्पनीले जनाएको छ । भेलाक्स एच मोडल दैनिक प्रयोगकर्तालाई ध्यानमा राखी सुलभ मूल्यमा डिजाइन गरिएको हो। यसमा ७२ भोल्ट ३० एएच ब्याट्री, १०० किमी रेन्ज, ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा गति र १७२ एनएम टर्क प्रदान गर्ने क्षमता रहेको छ। 'एचु' को अर्थ ‘हाई परफमेन्स’ रहेको कम्पनीको भनाइ छ । तीनै मोडलमा क्रुज कन्ट्रोल, रिभर्स मोड, किलेस स्टार्ट, स्मार्ट अनलक, मोबाइल एप इन्टिग्रेसन, रिजेनेरेटिभ ब्रेकिङ, यूएसबी चार्जिङ पोर्ट, एलईडी लाइट र फुल्ली डिजिटल ड्यासबोर्डजस्ता अत्याधुनिक फिचरहरू समावेश छन् । भेलाक्स सिरिजको मूल्य २ लाख ८५ हजार रुपैयाँदेखि सुरु हुन्छ । स्कुटरहरूमा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी पनि प्रदान गरिनेछ । देशभर रहेका १२ भन्दा बढी आधिकारिक डिलरमार्फत टेस्ट राइड, प्रि–बुकिङ र फाइनान्सिङ सुविधा उपलब्ध गराइसकिएको कम्पनीले जनाएको छ ।

फोटोन टोटल केयरको मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरू हुँदै

काठमाडौं । फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ । एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहल अन्तर्गत फोटोन सवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरू समेत पाउन सक्नेछन् । मनसुनको वर्षा नजिकिँदै गर्दा अचानक तपाईंको गाडी बिग्रेर हैरानी बेहोर्नुपर्ने अवस्था नआओस् भन्नका लागि मेगा मनसुन सर्भिस क्याम्पले सवारीधनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने र उपलब्ध विशेष छुट तथा सुविधाहरूको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मेगा मनसुन सर्भिस क्याम्पको मुख्य आकर्षण फोटोन सवारीहरूमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क चेकजाँच हो । यो बम्परदेखि बम्परसम्मको चेकजाँचले सबै फोटोन सवारीधनीहरूलाई फाइदा पुर्‍याउँछ, किनभने यसमार्फत गाडीको सम्पूर्ण अवस्था परीक्षण गरिन्छ । यस अन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागहरूको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्छ । त्यसैगरी, ग्राहकहरूले निःशुल्क वास र ग्रिजीङ सेवा पनि प्राप्त गर्नेछन्, जसले मनसुनको मौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागहरूको दीर्घायु र दक्षता कायम राख्न मद्दत पुर्‍याउँछ । साथै, यस मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशत छुट पनि उपलब्ध छ । ग्राहकहरूले यी अफरहरूको लाभ उठाएर आफ्नो गाडीको लामो आयु बढाउन सक्नेछन् र अकस्मात बिग्रने सम्भावना घटाउनेछन्, जसले यात्रालाई अझ सुरक्षित र ढुक्क बनाउँछ । यो सर्भिस क्याम्प नेपालभरि फोटोनका ट्रक, भ्यान र अन्य कमर्सियल गाडीहरूका लागि मात्र उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा फोन गरेर अग्रिम बुकिङ गर्न सक्नुहुन्छ जसले गर्दा धेरैबेर नपर्खी प्राथमिकता अनुसार सर्भिसको सुविधा पाउन सकिन्छ ।